पालिकाको अनुभवलाई योग्यता मानेर सांदद बन्ने दौडमा
भौतिक पूर्वाधारतर्फ रणनीतिक सडकहरूको कालोपत्रे, कृषि एम्बुलेन्स र रैथाने बजार मार्फत कृषकको उत्पादन बजारसम्म पुर्याउने पहल गरेको उनको प्रचारमा समावेश छ ।
०००
सोलुखुम्बुबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४२ वर्षीय असिम राई एक बलिया प्रतिश्पर्धीका रूपमा मैदान उत्रिएका छन् ।
थुलुङ दूधकोशी गाउँपालिका–३, पञ्चनमा जन्मिएका राईलाई नेपाली कम्युनिस्ट पार्टीले उनको प्रभाव र पृष्ठभूमिकै आधारमा उम्मेदवार बनाएको बुझ्न गाह्रो पर्दैन । बीबीएस र एमए अध्ययन गरेका राईले जिल्लामा तार्किक वक्ता, अध्ययनशील र योजनाकार नेताको छवि बनाएका छन् ।
२०६४ सालदेखि राजनीतिक यात्रामा रहेका राई तत्कालीन माओवादी केन्द्रमा जिल्ला सदस्य, सचिव हुँदै जिल्ला अध्यक्ष बने । हाल, नेपाली कम्युनिस्ट पार्टीको प्रदेश सचिवालय सदस्य तथा सोलुखुम्बु जिल्ला सहइन्चार्ज रहेका उनी यो चुनावमा आफूले विगतमा गरेका कामहरूलाई देखाएर मत मागिरहेका छन् ।
दूधकोशी गाउँपालिकामा दुई कार्यकाल अध्यक्ष जितेर काम गर्दा आफूले अगाडि बढाएका र सम्पन्न गरेका परियोजनाहरूलाई आफ्नो प्रमुख योग्यताका रूपमा प्रचार गर्दैछन् ।
राई पालिका अध्यक्ष हुँदा पहिलो कार्यकालमै प्रशासनिक भवन निर्माण गरी सेवा प्रवाह सुरु गरेका थिए । त्यसबेला भवन उद्घाटन गर्न पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जिल्ला ल्याएका थिए ।
स्वास्थ्य र शिक्षामा उनले उल्लेखनीय काम गरेका छन् । गाउँपालिका केन्द्रमै ५० शय्याको अस्पताल स्थापना गरी शल्यक्रिया सहितको सेवा सुरु गरेको जस उनी यो चुनावमा लिन चाहन्छन् ।
उनको कार्यकालमा मातृ मृत्युदर घटाउन सुत्केरी प्रोत्साहन भत्ता वितरण, सिभिल इन्जिनियरिङ बहुप्राविधिक शिक्षालय र बाली विज्ञान कक्षा सञ्चालन सुरु भएको छ ।
भौतिक पूर्वाधारतर्फ रणनीतिक सडकहरूको कालोपत्रे, कृषि एम्बुलेन्स र रैथाने बजार मार्फत कृषकको उत्पादन बजारसम्म पुर्याउने पहल गरेको उनको प्रचारमा समावेश छ ।
अन्तर्राष्ट्रिय भ्रमण मार्फत विकास मोडेल भित्र्याउने प्रयास गरेको र प्राकृतिक विपद्का बेला नागरिकको जीवन रक्षामा साथमा दिएकाले मत पाउने आशमा छन्, उनी ।
यद्दपि उनलाई चुनाव जित्न सजिलो पनि देखिँदैन । मुख्यकुरा यसपटक उनको चुनाव चिह्न फेरिएको छ । विभिन्न २२ घटकसँग एकता गर्दै बनेको नेकपाको तारा उनले आफ्ना पुराना समर्थकहरूलाई चिनाउनुपर्नेछ ।
आफ्नो पालिका जितेपनि समग्र जिल्लामा नेकपाको संगठनात्मक ठिकठिकै मात्र छ । विगतका चुनावहरुमा कांग्रेस र एमालेसँग चुनावी तालमेल हुने भएकाले पार्टीको वास्तविक शक्त पूर्वानुमान गर्न सकिने स्थिति छैन ।
अनुकूलता
- स्थानीय शासनको अनुभव र कामको
- दीर्घ राजनीतिक सक्रियता र संगठनात्मक
प्रतिकूलता
- पार्टीको सीमित संगठनात्मक
- चुनाव चिह्न परिवर्तनको असर
अशिम राई को उम्मेदवारि कस्तो लागयो ?


