Home Candidate रवि लामिछाने

तेस्रो जितको खोजीमा

चितवन - २ उम्मेदवार

रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी
पुरुष , ५० बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन–२ बाट तेस्रो पटक उम्मेदवार बनेका छन् । उनले चितवनलाई आफ्नो पार्टीको आधार इलाका समेत मान्दै आएका छन् ।

२०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट पहिलो पटक निर्वाचित भएपछि लामिछाने नागरिकता विवादमा तानिए । यही विषयमा सर्वोच्च अदालतको आदेशपछि उनको पद खारेज भयो । पुनः नेपाली नागरिकता लिएर २०८० मा भएको उपनिर्वाचनमा उठेर लामिछाने विजयी भए ।

२०७९ असारमा पार्टी खोल्नु अगाडि लामिछाने एक टेलिभिजन प्रस्तोताको रूपमा परिचित थिए । ‘सिधा कुरा’ नामक कार्यक्रम चलाएका लामिछानेले जनजीविकाका सवाल उठाउँथे । सोही कार्यक्रमका सहकर्मी शालिकराम पुडासैनीले नारायणगढको एक होटलमा आत्महत्या गरेपछि लामिछानेमाथि आत्महत्या दुरुत्साहनको मुद्दा चलेको थियो । उनलाई हिरासतमा राखिएको बेला चितवनमा ठूल्ठूला प्रदर्शन भएकै कारण चितवनलाई उनले आफ्नो राजनीतिक आधार क्षेत्र मान्दै आएका छन् ।

सोही घटना र चितवनमा देखिएको अपार जनसमर्थनपछि उनी राजनीतिक दल खोल्न मोडिएका थिए । पार्टी खोलेर चुनाव जितेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री भए ।

दोहोरो राहदानी सम्बन्धी मुद्दा झेलेका लामिछानेले पछिल्लो समय सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा धरौटी तथा बिगो तिरेर रिहा भएका हुन् । यस पटकको निर्वाचनमा रास्वपालाई बहुमत दिलाउन भन्दै चुनावमा होमिएका लामिछानेका लागि चितवन २ बाट कस्तो मत आउला भन्ने आम चर्चा छ ।

लामिछानेको क्षेत्रमा कांग्रेसबाट मीना खरेल, एमालेबाट अस्मिन युवा उम्मेदवार भएकै कारणले रविको पहिले जस्तो जितको कीर्तिमान कायम हुन चुनौतीपूर्ण देखिन्छ ।

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

रवि लामिछाने को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित