ह्याट्रिकको विरासत जोगाउने चाहना
Battleground Analysis
अनुकूलता
- अपराजित जस्तै विरासत
- बलियो सांगठनिक आधार
- विपक्षीको मत विभाजन
प्रतिकूलता
- नयाँ अनुहारहरूको चुनौती
- लामो समय एउटै व्यक्ति पदमा रहँदा मतदातामा देखिने असन्तुष्टि
- स्थानीय प्रभाव भएका प्रतिस्पर्धी
राजनीतिक स्वभाव र शैली
एक्सन ओरिएन्टेड
भाषणमा भन्दा काममा विश्वास गर्ने स्वभाव। ऊर्जा मन्त्री हुँदा विद्युत महसुल नतिर्ने ठूला घरानाको लाइन काटेर र श्रम मन्त्री हुँदा वैदेशिक रोजगारका सिन्डिकेट तोडेर आफूलाई 'एक्सन' लिने नेताको रूपमा चिनाए ।
विकासप्रेमी
जनतामाझ उनको छवि विकासप्रेमी नेताको छ। गुल्मी जिल्लामा व्यक्तिगत भोट बैंक बलियो हुनुको कारण उनको निरन्तरको जिल्ला दौडाहा र विकास निर्माणमा प्रत्यक्ष संलग्नता हो।
पार्टीमा प्रश्न
पार्टीभित्र आन्तरिक लोकतन्त्रका लागि प्रश्न गर्ने नेताको छवि उनले बनाएका छन् । पार्टीमा विद्रोही खेमामा उभिएर पनि लोकप्रिय मत ल्याएर उनले सर्वस्वीकार्य व्यक्तित्व बनाएका छन् ।
सादा जीवन
मन्त्री हुँदा सरकारी क्वार्टरको साटो सामान्य डेरामा बस्ने, तामझाम कम रुचाउने र कार्यकर्तासँग सिधा सम्पर्कमा रहने शैलीले उनलाई भुइँमान्छेहरूसँग जोडेको छ।
संगठक
विद्यार्थी राजनीतिदेखि नै संगठन विभागमा बसेर काम गरेको अनुभवले उनलाई पार्टी संयन्त्र परिचालन गर्न खप्पिस मानिन्छ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०५६ | गुल्मी-३ | त्रैलोक्य प्रताप सेन | १५७६४ | १८०२० | २,२५६ |
|
| २०६४ | गुल्मी-३ | चन्द्रबहादुर थापा सागर | १६,५८१ | १४,५४३ | २,०३८ | पराजित |
| २०७० | गुल्मी-३ | त्रैलोक्य प्रताप सेन | ८,७४५ | १५,०१२ | ६२६७ |
|
| २०७४ | गुल्मी-२ | चन्द्रबहादुर केसी | २०१५७ | ३४६१७ | १४४६१ |
|
| २०७९ | गुल्मी-२ | रामकुमारी झाँक्री | २६४४१ | २८४७६ | २०३५ |
|
राजनीतिक टाइमलाइन
विद्यार्थी राजनीति सुरु
विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश।
पार्टी राजनीति सुरु
पार्टीको संगठित सदस्यता प्राप्त।
प्ररायुसंघको नेतृत्व
प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (प्ररायुसं) को अध्यक्ष निर्वाचित (दुई कार्यकाल नेतृत्व)।
एमालेको पदाधिकारी
नेकपा एमालेको ९ औँ र १० औँ महाधिवेशनमा सचिवमा निर्वाचित । १०औँ महाधिवेशनमा सर्वाधिक मत ल्याएर सचिवमा निर्वाचित ।
एमाले उपाध्यक्ष
नेकपा एमालेको उपाध्यक्षमा निर्वाचित ।
गोकर्णराज विष्टको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?








