Home Candidate दिपक थापा (मगर)

विक्रम पाण्डेको साथ पाउने विश्वास

चितवन - ३ उम्मेदवार

दिपक थापा (मगर)

राष्ट्रिय प्रजातन्त्र पार्टी
पुरुष , ४७ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

पार्टीको कमजोर जनधार भए पनि पटक-पटक जित निकाल्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डे यसपटक चितवन- ३ मा उम्मेदवार छैनन् । २०७४ मा नेपाली कांग्रेससँग मिल्दासमेत जित निकाल्न नसकेको पाण्डेले २०७९ मा एक्लै निर्वाचन लडेर जित निकाले ।

माडीसहितको भूभाग समेटिएको यो क्षेत्रलाई राप्रपाले आफ्नो आधार क्षेत्र मान्दै आएको छ । पाण्डेले यो क्षेत्रमा केही सरकारी ठेक्कामा त, केही आफ्नो पहलमा विकासका काम गरेका छन् । उनले यसलाई विकासका लागि विक्रम पाण्डे भनेर ब्रान्डिङ गरेर राजनीतिक लाभसमेत उठाएका छन् । यही क्षेत्रबाट जितेर मन्त्रीसमेत बनेका पाण्डे यसपटक अप्रत्यासित रूपमा चुनावबाट पछाडि हटे ।

काठमाडौंबाट भरतपुर आउँदासमेत उम्मेदवार हुने भनेर दरिएका पाण्डे एकाएक उम्मेदवारी छाड्ने अवस्थामा कसरी पुगे भन्ने विषयलाई धेरैले आश्चार्य मानेका छन् ।

अघिल्लो निर्वाचनमा भारी मतान्तरसहित जितेका पाण्डेका लागि यसपटक यो क्षेत्र त्यति सहज पक्कै थिएन । २०७९ मा एमाले र कांग्रेस जस्ता ठूला पार्टीबाट उम्मेदवार नहुनु पाण्डेको राजनीतिक भाग्य खुल्नु थियो ।

कांग्रेसले तत्कालीन नेकपा माओवादी केन्द्र र एमालेले कांग्रेसका विद्रोही बागी दिनेश कोइरालालाई समर्थन गर्दा तरल बनेका मत पाण्डेले पाए । उनले आफूले मात्रै जितेनन् चितवन क्षेत्र नं. ३ को प्रदेश क्षेत्र (क) मा कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार प्रा.डा. सूर्यकान्त घिमिरेलाई राप्रपाका एक सामान्य उम्मेदवारले हराइदिए । यसलाई धेरैले अप्रत्यासित रूपमा लिएका छन् । यसपटक पाण्डेले काँध फेरेर राप्रपा भरतपुर महानगरपालिकाका अध्यक्ष दिपक थापा मगरलाई उम्मेदवार बनाएका छन् ।

२०३५ सालमा पश्चिम चितवनको मेघौलीमा जन्मिएका मगर २०५३ सालदेखि राप्रपामा आवद्ध भएर सक्रिय राजनीति लागे । प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका उनले साविक मेघौली गाविसमा राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन गाविस उपाध्यक्ष, साविक क्षेत्र नं. ५ को अध्यक्ष, राप्रपाको गाविस सचिव बनेर काम गरिसकेका छन् ।

२०७४ सालमा राप्रपाको भरतपुर महानगरपालिका अध्यक्ष बनेका उनी २०७९ को निर्वाचन चितवन–३ (१) बाट राप्रपाको उम्मेदवार थिए । पहिलोपटक संसदीय चुनाव लड्न लागेका थापा राप्रपाले विगतमा जितेको चितवन–३ बाट पुनः प्रतिनिधित्व गर्ने आशमा उम्मेदवार बनेका हुन् ।

विगतमा पाएको भोटलाई जोगाउने चुनौती उनका सामू छ । माडी नगरपालिकाका केही वडा र भरतपुरको वडा नं. २६, २७, २८ तिर राप्रपाको राम्रो मत छ ।

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

दिपक थापा (मगर) को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित