कार्यकर्ताको मन जिते, जनमत जित्ने चाहना
Battleground Analysis
अनुकूलता
- एक्लाएक्लै प्रतिस्पर्धा: यसपटक कांग्रेस र माओवादीको गठबन्धन नरहँदा एमालेको 'कोर भोट' (२३ हजार+) ले जित्न सहज हुने गणित।
- सहानुभूति: अघिल्लो पटक १९३ मतले हारेको हुनाले मतदातामा "यसपटक जिताउनुपर्छ" भन्ने सहानुभूति देखिन सक्छ ।
- विकास: मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेश र दाङमा गरेका ठूला पूर्वाधार विकास।
प्रतिकूलता
- रास्वपा फ्याक्टर: २०७९ मा रास्वपाले १५,८६१ मत ल्याएको थियो। यसपटक पनि रास्वपाका विपिनकुमार आचार्यले एमालेको 'फ्लोटिङ भोट' काट्न सक्छन्।
- जनसम्पर्क: 'काठमाडौं केन्द्रित' नेता भन्ने आरोप र कार्यकर्तासँगको दूरी।
- विरासतको लडाइँ: विगतमा उनलाई हराउने कृष्णकिशोर घिमिरेकै परिवार/नातेदार (किरणकिशोर) सँगको प्रतिस्पर्धा मनोवैज्ञानिक रूपमा भारी पर्न सक्छ।
राजनीतिक स्वभाव र शैली
विचारक
जनताको बहुदलीय जनवाद (जबज) को व्याख्याता र मदन भण्डारीका निकट सहयोगी। पार्टीको दस्तावेज लेखन र नीति निर्माणमा उहाँको भूमिका प्रमुख रहन्छ।
संगठनात्मक पकड
पार्टीको १०औं र ११औं महाधिवेशनबाट लगातार महासचिवमा निर्विरोध/निर्वाचित हुनुले उgको पार्टी संगठनमा एकछत्र पकड रहेको पुष्टि गर्छ।
विकास योजनाकार
लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री हुँदा स्थायी राजधानी (देउखुरी) तोक्ने साहसिक निर्णय र प्रदेशको संस्थागत संरचना निर्माणमा उनले 'स्टेटम्यानसिप' देखाएका थिए ।
जनमतका लागि संघर्ष
पार्टीभित्र जति शक्तिशाली छन्, संसदीय चुनावमा उनलाई जनताको मत जित्न सधैं संघर्ष गर्नुपरेको छ। जित र हारको 'अनिश्चितता' उनको चुनावी करियरको विशेषता हो।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०५१ | दाङ-२ |
|
||||
| २०५६ | दाङ-२ | कृष्णकिशोर घिमिरे | पराजय | |||
| २०६४ | समानुपातिक |
|
||||
| २०७० | दाङ-४ | बुद्धिराम भण्डारी | १४५०३ | ११८०६ | २६९७ | पराजय |
| २०७४ | दाङ-२ (क) | कमलकिशोर घिमिरे | १११२२ | २०७२३ | ९६०१ |
|
| २०७९ | दाङ-२ | रेखा शर्मा | २६८८० | २६६८७ | १९३ | पराजय |
राजनीतिक टाइमलाइन
संघर्ष डोर्यायो राजनीतिक बाटोमा
तुलसीपुरको महेन्द्र हाईस्कूलमा नेविसंघसँगको संघर्षबाट राजनीति सुरु। अध्ययनकाल: भारतको बनारस बस्दा अखिल भारतीय नेपाली स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष। पछि नेपाल फर्केर त्रिवि स्ववियु सभापति।
प्रचार विभागको नेतृत्व
एमालेको प्रचार विभाग प्रमुख र 'नवयुग' को प्रधान सम्पादक।
चुनावी जय-पराजय
२०५१: दाङ–२ बाट सांसद निर्वाचित (३२ वर्षको उमेरमा पहिलो जित)। २०५६: दाङ–२ मा कांग्रेससँग पराजित।
समानुपातिकबाट संविधानसभा सदस्य
२०६४ (संविधानसभा-१): समानुपातिक सभासद्। सूचना तथा सञ्चार मन्त्री। २०७० (संविधानसभा-२): दाङ–४ मा कांग्रेससँग पराजित।
वाम गठबन्धनको बलमा मुख्यमन्त्री
२०७४: वाम गठबन्धनबाट दाङ–२ (क) मा प्रदेश सभा सदस्य निर्वाचित। २०७४ (फागुन) - २०७८ (साउन): लुम्बिनी प्रदेशको मुख्यमन्त्री।
पार्टीमा जय, चुनावमा पराजय
२०७८: एमालेको १०औं महाधिवेशनबाट महासचिव। २०७९ (मंसिर): दाङ–२ मा १९३ मतको झिनो अन्तरले पराजित।
महासचिवमा दोस्रो कार्यकाल
२०८२: एमालेको ११औं महाधिवेशनबाट पुनः महासचिव निर्वाचित र दाङ–२ बाट उम्मेदवार।
शंकर पोख्रेलको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?









