Home Candidate स्वर्णिम वाग्ले

उपनिर्वाचनको जित जोगाउने परीक्षा

तनहुँ - १ उम्मेदवार

स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी
पुरुष , ५१ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

अर्थ राजनीतिज्ञ वाग्लेले नेपाली उन्नतिको मार्गचित्र मतदाता सामु प्रस्तुत गरिरहेका छन् । संघीय सांसदको भूमिका नीति निर्माण तहमा हुने मतदातालाई जानकारी गराउँदै उनले मत मागिरहेका छन् ।

०००

२०८० साल वैशाखमा भएको तनहुँ–१ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले दोस्रोपटक प्रतिस्पर्धी हुँदै यही क्षेत्र रोजेका छन् ।

लन्डन स्कुल अफ इकोनमिक्स, हावर्ड विश्वविद्यालय र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट उच्च शिक्षा प्राप्त गरेका थिए । २०७१ सालमा नेपाल फर्केका उनी राष्ट्रिय योजना आयोगका सदस्य बने । २०१४ देखि २०१८ सालसम्म दुई कार्यकाल सदस्य र एक कार्यकाल उपाध्यक्ष भई काम गरेका थिए । एसिया प्रशान्तका विभिन्न देशहरूको आर्थिक नीति निर्माणमा समेत योगदान पुर्‍याएको वाग्ले यूनडीपी एसिया–प्रशान्तका प्रमुख आर्थिक सल्लाहकारका रूपमा समेत काम गरेका व्यक्ति हुन् ।

लामो समयसम्म कांग्रेसको शुभेच्छुक रहेका उनी २०७९ सालको चैतमा रास्वपा प्रवेश गरेका थिए । रास्वपाको साधारण सदस्य बनेर प्रवेश गरेका उनलाई रास्वपाको जलेश्वर बैठकमा सभापति रवि लामिछानेले उपसभापति बनाएका थिए । रास्वपाको अर्थ नीति विभाग प्रमुख समेत रहेका वाग्लेलाई पार्टीले चुनावी वाचापत्र लेख्नका लागि संयोजक तोकिएको छ ।

अर्थविद् समेत रहेका वाग्ले रास्वपाबाट उम्मेदवार हुँदा राष्ट्रपति रामचन्द्र पौडेलले जितेको क्षेत्र कांग्रेसले गुमाएको थियो । गोरखा बुंकोटमा २०३१ सालमा जन्मेका वाग्लेको परिवार बसाइँसराइ गरी चितवन झरेको थियो ।

नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको उक्त क्षेत्रमा उपनिर्वाचन हुँदा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई उनले हराएका थिए । उपचुनावमा ३४ हजार ९१९ मत प्राप्त गरी वाग्ले पराजित हुँदा दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार भट्टराई १४ हजार ७९७ मतले पछि परेका थिए । वाग्लेका लागि कांग्रेसले भट्टराईलाई नै उम्मेदवार बनाएको छ । नेकपा एमालेबाट भने उम्मेदवार परिवर्तन गरेर भगवती न्यौपाने छन् ।

दोस्रोपटक चुनावी मैदानमा रहेका वाग्ले तनहुँ–१ का मतदाता कहाँ पुगिरहेका छन् । अर्थ राजनीतिज्ञ वाग्लेले नेपाली उन्नतिको मार्गचित्र मतदाता सामु प्रस्तुत गरिरहेका छन् । संघीय सांसदको भूमिका नीति निर्माण तहमा हुने मतदातालाई जानकारी गराउँदै उनले मत मागिरहेका छन् ।

उपचुनावबाट मात्रै संसद्‍मा आएको हुँदा अन्य अन्य पूर्व सांसदको तुलनामा वाग्ले प्रतिनिधिसभा सदस्य बनेको अवधि कम रह्यो ।

अनुकूलता

  • उपनिर्वाचनमा फराकिलो मतान्तरसहितको जितले स्थापित जनाधार र पहिचान
  • अन्तर्राष्ट्रियस्तरको शैक्षिक तथा आर्थिक नीतिगत अनुभवले विश्वसनीय नेतृत्व छवि
  • रास्वपाको शीर्ष नेतृत्वमा भूमिका र स्पष्ट विकास–नीति एजेन्डा प्रस्तुत गर्ने क्षमता

प्रतिकूलता

  • कांग्रेस र एमालेका सशक्त उम्मेदवारसँग पुनः कडा प्रतिस्पर्धा
  • प्रतिनिधिसभामा छोटो कार्यकाल भएकाले उपलब्धि देखाउने समय सीमित
  • नयाँ दलको संगठनात्मक संरचना परम्परागत दलको तुलनामा कमजोर हुन सक्ने चुनौती
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

स्वर्णिम वाग्ले को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित