Home Candidate ईश्वर पोखरेल

हारको बदला लिन युवा मतदाता रिझाउने चुनौती

काठमाडौं - ५ उम्मेदवार

ईश्वर पोखरेल

नेकपा एमाले
पुरुष , ७२ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile Political Nature Election History Timeline

२० माघ २०१० मा ओखलढुंगामा जन्मिएका ईश्वर पोखरेल अहिले टोखा, काठमाडौंका स्थायी बासिन्दा हुन् । 

स्नातक तहसम्मको अध्ययन पूरा गरेका उनी २०२४ देखि राजनीतिमा छन् । उनले २०२७ सालमा १७ वर्षकै उमेरमा नेपाल कम्युनिस्ट पार्टी (पूर्व कोशी प्रान्तीय कमिटी)को सदस्यता पाएका थिए ।

२०३० सालबाट भूमिगत राजनीति सुरु गरेका पोखरेल २०३५ मा नेकपा (माले)को संस्थापक केन्द्रीय सदस्य बने । माले र नेकपा (मार्क्सवादी) मिलेर २०४७ मा बनेको नेकपा (एमाले)मा उनी पोलिटब्यूरो र स्थायी समिति सदस्य भए । उनी २०६५ र २०७० सालको पार्टी महाधिवेशनबाट महासचिवमा निर्वाचित भए ।  

२०५१ सालमा एमालेको अल्पमतको सरकार बन्दा प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकारको भूमिका निभाएका पोखरेलले राजनीतिक जीवनमा १५ वर्ष भूमिगत र पटक–पटक गरी दुई वर्ष जेल जीवन बिताए ।  

३ जेठ २०७५ एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय सदस्य पोखरेल पार्टी विभाजनपछि चितवनमा भएको एमालेको १०औं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए ।

पोखरेलको संसदीय यात्रा २०५४ मा राष्ट्रिय सभा सदस्यको रूपमा भएको थियो । २०५६ सालको संसदीय निर्वाचनमा उनी काठमाडौं–३ बाट निर्वाचित भए । उनी मन्त्री भने २०६१ मा मात्र बने, नेपाली कांग्रेसका शेरबहादुर देउवा नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ।

त्यसपछि उनी २०६९ जेठमा १३ दिन उपप्रधानसहित उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बने । 

२०७४ को निर्वाचनमा पोखरेल काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि २०७४ फागुनमा उपप्रधान एवं रक्षामन्त्री भए, २०७८ असारसम्म ।

पोखरेलका ‘माघ १९’ र ‘पूर्वको रातो तारा’ पुस्तक प्रकाशित छन् ।

प्रतिकूलता-अनुकूलता

एमालेको बलियो संगठन भएको र २०७४ सालमा चुनाव जितेपनि काठमाडौं–५ का मतदाताले पोखरेललाई विजयी गराएनन् । झन्डै ५ हजार मतान्तरले कांग्रेस नेता प्रदीप पौडेलले बाजी मारे ।  

 पार्टीभित्र सधैं संस्थापन बनेर नेतृत्व रिझाउँदै आएका पोखरेल यसपटक विद्रोही कित्तामा उभिए र केपी शर्मा ओलीसँग अध्यक्षमा पराजित भए । उनी यसपटक यही विद्रोही छवि बोकेर चुनावी मैदानमा छन् । विगतको ‘भर्चुअल पर्सेप्सन’ केही बदलेका पोखरेल यसपटक कांग्रेसका प्रदीप पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल, राप्रपाका कमल थापा, उज्यालो नेपालका श्री गुरुङ लगायतका उम्मेदवारसँग हुँदैछ ।  

जेनजी आन्दोलनपछि निर्वाचनमा पोखरेलका लागि पार्टीको छवि बोकेर युवा मतदाता रिझाउनु चुनौतीपूर्ण काम हुनेछ । तर गैरकम्युनिस्ट मत विभाजित हुने र कम्युनिस्ट मत जोगाउने खेल राम्ररी खेल्न सक्दा केही अनुकूलता सिर्जना गर्न सक्छन् । 

पोखरेलले हारको बदला लिन एमालेको पुरानो मत छरिन नदिई त्यसमा नयाँ मत जोड्नुपर्ने हुन्छ । पार्टी–संगठनको शक्ति र काठमाडौं–५ का जनतासँग चुनावअघिको उनको सम्पर्क–सम्बन्ध चाहिं सबल पक्ष छँदैछ ।  

Expand Reading..
शिक्षा
स्नातक
संसदीय अनुभव
२०७९ को मतान्तर
१०१७२
हालको दल
सरकारको अनुभव
उपप्रधानमन्त्री तथा रक्षा मन्त्री (२०७४-७८), उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री (२०६९), उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री (२०६१)

राजनीतिक स्वभाव र शैली

वैचारिक नेता

मालेकालीन नेता भएकाले उनको पृष्ठभूमि भूमिगत संघर्ष र मार्क्सवादी दर्शनमा आधारित छ। उनले पार्टीको विचार निर्माण (जनताको बहुदलीय जनवादको व्याख्या) मा लामो समय काम गरेका छन् ।

स्थापनदेखि विद्रोहीसम्म

लामो समय केपी शर्मा ओलीको 'दाहिने हात' (संस्थापन पक्ष) भएर काम गरे। तर, पछिल्लो महाधिवेशनमा ओलीसँगै अध्यक्षमा प्रतिस्पर्धा गरेर 'विद्रोही' छवि बनाए। यो 'यु-टर्न' उनको राजनीतिक जीवनको सबैभन्दा ठूलो जुवा हो।

प्रशासक र रणनीतिकार

मनमोहन अधिकारीको पालामा राजनीतिक सल्लाहकार र पछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को नेतृत्व गर्दा उनले आफ्नो प्रशासकीय र रणनीतिक क्षमता देखाए (यद्यपि केही विवाद पनि आए)।

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०५६ साल काठमाडौं-३ विजयी
२०६४ साल काठमाडौं-५ नरहरि आचार्य १३२४५ ९१२० ४१२५ पराजित
२०७० साल काठमाडौं-५ नरहरि आचार्य १५३६४ १४७२३ ६४१ पराजित
२०७४ साल काठमाडौं-५ डा. प्रकाशशरण महत १३१६९ २३०२९ ९८६० विजयी
२०७९ साल काठमाडौं-५ प्रदीप पौडेल १५२३७ १०१७२ ५०६५ पराजित

राजनीतिक टाइमलाइन

२०२४ साल

विद्यार्थी राजनीति

विद्यार्थी कालदेखि राजनीतिमा प्रवेश।

२०२७ साल

कम्युनिस्ट सदस्य

नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त (१७ वर्षको उमेरमा)।

२०३५ साल

केन्द्रीय नेता

नेकपा (माले) को संस्थापक केन्द्रीय सदस्य।

२०४७ साल

पार्टी पदाधिकारी

एमालेको पोलिटब्यूरो र स्थायी समिति सदस्य।

२०५१ साल

राजकाजमा प्रवेश

प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार।

२०५४ साल

पहिलो संसदीय अनुभव

राष्ट्रिय सभा सदस्य (पहिलो संसदीय अनुभव)।

२०५६ साल

पहिलो प्रत्यक्ष निर्वाचन

काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित।

२०६५ & २०७० साल

महासचिव निर्वाचित

एमालेको आठौं र नवौं महाधिवेशनबाट लगातार महासचिव निर्वाचित।

२०७४ साल

प्रत्यक्ष निर्वाचित

काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित।

२०७४ - २०७८ साल

राजकीय जिम्मेवारी

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री (र पछि प्रधानमन्त्री कार्यालयको जिम्मेवारी)।

२०७८ साल

वैकल्पिक नेतृत्व

एमालेको १०औं महाधिवेशन (चितवन) बाट वरिष्ठ उपाध्यक्ष निर्वाचित।

२०८२ साल

फेरि जनतामा

एमाले अध्यक्षमा केपी ओलीसँग प्रतिस्पर्धा र पराजयपछि 'विद्रोही' नेताका रूपमा काठमाडौं–५ बाट उम्मेदवार।

ईश्वर पोखरेल को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित