Home Candidate बर्षमान पुन

ह्याट्रिक गर्ने लक्ष्य

रोल्पा - १ उम्मेदवार

बर्षमान पुन

नेपाली कम्युनिस्ट पार्टी
पुरुष , ५४ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

रोल्पामा २०६४ पछि लगातार माओवादी उम्मेदवारले जित्दै आएका छन् । २०७४ पछिका उम्मेदवार हुन्, पूर्व अर्थमन्त्री वर्षमान पुन ।

तेस्रो पटक उम्मेदवारी दिंदा पुनको पार्टीको नाम भने फेरिएको छ । माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार छन्, उनी ।

माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो संविधानसभा निर्वाचनमा पुन ललितपुर–१ बाट विजयी भएका थिए । दोस्रो संविधानसभामा मोरङ–९ बाट उम्मेदवारी दिएका उनी पराजित भए ।

पुन माओवादीबाट पटक–पटक अवसर पाउने नेता मध्येमा पर्छन् । २०६७ सालमा झलनाथ खनाल नेतृत्वको मन्त्रपरिषद्मा शान्ति तथा पुनर्निर्माण मन्त्री बनेका पुनले २०६८ मै बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थ मन्त्रालय सम्हाले । २०७४ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री भएर काम गरे ।

रोल्पा नगरपालिका–७, माडीचौरका स्थायी बासिन्दा पुन निम्न मध्यमवर्गीय परिवारमा २०२८ सालमा जन्मिएका थिए । आफैंलाई पढाएका शिक्षक कृष्णबहादुर महराको प्रेरणाले २०४२ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय उनी २०४८ सालदेखि नेकपा (एकता केन्द्र) र त्यसको वैधानिक मोर्चा संयुक्त जनमोर्चामा नेपालको पूर्णकालीन कार्यकर्ता बने ।

रोल्पाको जिल्ला सदरमुकाम लिवाङको बालकल्याण माविबाट २०४५ सालमा एसएलसी दिएका पुनले त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् । पुनले केही समय वकालत समेत गरेका थिए ।

माओवादीले सशस्त्र युद्ध शुरु गर्नुअघि रोल्पामा सञ्चालन गरेको ग्रामीण वर्ग संघर्षमा उनी सक्रिय सहभागी भएका थिए । २०५२ फागुन १ गते सशस्त्र युद्ध शुरु हुनुअघि नै प्रशासनले दर्जनौं मुद्दा लगाएपछि उनी भूमिगत भएका थिए ।

२०५५ सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य बनेका पुन त्यसपछि लामो समय पार्टीको स्थायी समिति सदस्य तथा सचिवालय सदस्य बने । सशस्त्र युद्धकालमा माओवादीले गठन गरेको ७ वटा सैन्य डिभिजनमध्ये पुन पूर्वी क्षेत्रको कमाण्डर थिए ।

२०७९ सालमा पुनले एमालेबाट उठेका माओवादीका पूर्व लडाकू पूर्ण बुढा मगरलाई फराकिलो मतान्तरले पराजित गरेको थियो । कांग्रेस, एकीकृत समाजवादी र जनमोर्चा सम्मिलित गठबन्धनबाट उठेका पुनले ४१ हजार ७१४ मत ल्याएर विजयी हुँदा एमालेका पूर्ण बुढाले १६ हजार ४८५ मत पाएका थिए ।

पूर्व अर्थमन्त्री पुनले एमालेका पूर्णबहादुर घर्ती मगर, कांग्रेसका डा. सुदन ओली, एमालेका गोकुलप्रसाद घर्ती मगर, नेकपा (माओवादी)का चुडामणि ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका बालाराम थापा लगायतसँग प्रतिस्पर्धा गर्दैछन् ।

गत निर्वाचनको समानुपातिकतर्फको मत हेर्दा पुनको अवस्था बलियो देखिन्छ ।

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

बर्षमान पुन को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित