Home Candidate प्रताप गुरुङ

संसदीय निर्वाचनमा पहिलो प्रयास

चितवन - २ उम्मेदवार

प्रताप गुरुङ

नेपाली कम्युनिस्ट पार्टी
पुरुष , ४४ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

चितवन–२ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार रहेका प्रताप गुरुङ पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन् । उनी इच्छाकामना गाउँपालिका–३, फिस्लिङका बासिन्दा हुन् ।

यो क्षेत्रमा झण्डै १२ वर्षपछि पूर्व माओवादी केन्द्रले पहिलो पटक आफ्नै उम्मेदवार उठाएको छ । २०६४ सालको पहिलो संविधानसभामा नेकपा (माओवादी)का नारायणप्रसाद दाहालले यो क्षेत्रबाट निर्वाचन जितेका थिए ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा चितवन–३ अन्तर्गत रहेको यो क्षेत्र २०७४ को निर्वाचनमा चितवन–२ कायम भयो । २०७४ मा माओवादी केन्द्रले नेकपा (एमाले)का कृष्णभक्त पोखरेललाई सहयोग गरेको थियो ।

२०७९ को निर्वाचनमा नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई सघाएको कारण माओवादीको आफ्नै उम्मेदवार थिएन । लामो समयसम्म प्रत्यक्षमा उम्मेदवार नभएका कारणले साविक माओवादीको प्रभाव कमजोर भएको क्षेत्रको रूपमा लिने गरिएको छ । नेकपा युवा उम्मेदवार मार्फत जनमतको परीक्षण गर्ने तयारीमा देखिन्छ ।

२०५३ सालमा अखिल क्रान्तिकारीमा आवद्ध भएर माओवादी युद्धमा होमिएका गुरुङ २०५८ चैत १४ मा सेनाको गिरफ्तारीमा परे । सर्वोच्च अदालतको आदेशपछि २०६० असारमा रिहा भएका थिए ।

२०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा पक्राउ परेर १९ दिन हिरासतमा बसे । २०६० मा नेकपा (माओवादी)को जिल्ला कमिटी सदस्य, २०६५ सालमा वाईसिएल (योङ्ग कम्युनिष्ट लिग) केन्द्रीय सदस्य/उपत्यका मजदुर वाईसिएलको संयोजक हुँदै तत्कालीन नेवाः राज्य समिति वाईसिएलको कोषाध्यक्ष भएर काम गरे ।

नेकपा बागमती सचिवालय सदस्य, इच्छाकामना गाउँपालिका इन्चार्ज रहेका उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा इच्छाकामना गाउँपालिका अध्यक्षमा पराजित बनेका थिए । रास्वपाको प्रभाव क्षेत्र मानिने चितवन–२ मा उनले पार्टीका मतलाई बढाउने र जोगाउने प्रयास गर्नेछन् ।

२०७९ मा समानुपातिकमा ८ हजार ४०७ मत सहित माओवादी केन्द्र यो क्षेत्रमा चौथो बढी पाउने दल बनेको थियो । त्यतिबेला ६१६ मत पाएको नेकपा (एकीकृत समाजवादी) नेकपामै एकीकृत भएको छ ।

प्रस्तुतिः सुवास पण्डित

 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

प्रताप गुरुङ को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित