Home Candidate रामकृपाल प्रसाद यादव

शिक्षण क्षेत्रका अनुभवीलाई कांग्रेसको विश्वास

रौतहट - ३ उम्मेदवार

रामकृपाल प्रसाद यादव

नेपाली कांग्रेस
पुरुष , ४१ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

रौतहट-३ मा नेपाली कांग्रेसले रामकृपाल यादवलाई उम्मेदवारका रूपमा अघि सारेको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह यस क्षेत्रमा निरन्तर विजयी हुँदै आएका कारण रौतहट–३ सधैं चर्चामा रहने निर्वाचन क्षेत्र हो। यही चुनौतीपूर्ण क्षेत्रमा कांग्रेसले यसपटक युवा र बौद्धिक छवि बनाएका यादवलाई मैदानमा उतारेको हो।

रौतहटको फतुवा बिजयपुर नगरपालिकाका स्थानीय ४१ वर्षीय रामकृपाल यादवले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । पेशाले शिक्षक रहेका यादव बौद्धिक स्थानीय नेताका रूपमा चिनिन्छन् । उनी नेपाल शिक्षक महासंघ, रौतहट जिल्ला शाखाका अध्यक्षसमेत हुन्, जसले उनलाई शिक्षकमाझ मात्र होइन, समाजका विभिन्न वर्गमा पनि परिचित बनाएको छ।

गत निर्वाचनमा कांग्रेसले माओवादीसहितका दलसँग गठबन्धन गरेर चुनाव लडेका कारण रौतहट–३ मा कांग्रेसको आफ्नै उम्मेदवार थिएन । सो निर्वाचनमा प्रभु साह ३२ हजार ४३७ मतसहित विजयी भएका थिए भने स्वतन्त्र उम्मेदवार ओमप्रकाशले २५ हजार २०० मत ल्याएका थिए। नेपाल कम्युनिस्ट पार्टीका रविन्द्र पटेलले ८ हजार ५५८ मत प्राप्त गरेका थिए ।

यसपटक कांग्रेसले यादवलाई नयाँ उम्मेदवारका रूपमा मौका दिएको हो। कांग्रेस उम्मेदवार यादव आफ्नो प्राथमिकता आम जनतालाई अधिकारसँगै कर्तव्यको बोध गराउनु रहेको बताउँछन् ।

कांग्रेसको विशेष महाधिवेशन सफल बनाउन सक्रिय भूमिका खेलेका यादव परिवर्तित कांग्रेसको नेतृत्वप्रति भरोसा जित्न सफल भएका कारण टिकट पाएको कांग्रेस नेताहरू बताउँछन्। अब उनी कांग्रेसको पुरानो विरासत फर्काउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन्।

अनुकूलता

  • शिक्षण पेशा र अध्ययन
  • शिक्षक महासंघको जिल्ला नेतृत्व सम्हालेको सांगठनिक क्षमता
  • नयाँ र युवा उम्मेदवार

प्रतिकूलता

  • संसदीय वा कार्यकारी पदको अनुभव नभएको अवस्था
  • बलियो प्रतिस्पर्धी
  • अघिल्लो चुनावमा कांग्रेसको उम्मेदवार नहुँदाको संगठनात्मक चुनौती
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

रामकृपाल प्रसाद यादव को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित