टेकबहादुर बस्नेत - सल्यान क्षेत्र नं. १

प्रदेश नं ६   दल: माओवादी केन्द्र   प्राप्त मत: कैफियत:  

०४० सालदेखि शिक्षण पेशामा आवद्ध टेकबहादुर बस्नेतले ०४३ सालदेखि माओवादी जनयुद्ध सुरु नहुनेबेलासम्म जेटिए भएर काम गरे । त्यसपश्चात उनी माओवादी युद्धमा आवद्ध भए ।

माओवादी केन्द्रका नेता बस्नेत हाल विनाविभागीय मन्त्री छन् । सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका बस्नेतलाई माओवादी-कांग्रेस गठबन्धन भत्किएपछि प्रधानमन्त्री देउवाले विना विभागीय बनाएका हुन् ।

माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका बस्नेत माओवादी संसदीय राजनीतिमा प्रवेश गरेसँगै पहिलो र दोस्रो दुईवटै संविधानसभाको चुनावमा विजयी भएका थिए ।

बस्नेतले ०६४ को चुनावमा सल्यान क्षेत्र नं. १ बाट एमाले नेता प्रकाश ज्वाला र कांग्रेसका ध्रुवराज पुरीलाई पराजित गरेका थिए । ०७० सालको चुनावमा एमालेका गुलाबजंग शाह र कांग्रेसका ध्रुवराज पुरीलाई उनले पराजित गरे ।

दुईवटा क्षेत्र रहेको सल्यानमा यसपटक एउटा मात्रै क्षेत्र निर्धारण भएको छ । बस्नेत एमाले र माओवादीको साझा उम्मेदवार बनेका छन् । तर, बस्नेत विरुद्ध माओवादीकै संस्थापक नेता हाल पोलिटव्यूरो सदस्य उमाकान्त शर्माले बागी उम्मेदवारी दिएका छन् ।

टेकबहादुरविरुद्ध बागी उम्मेदवारी दिने उमाकान्त शर्मा माओवादी केन्द्रका पुराना नेता हुन् । माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य समेत रहेका शर्मालाई पार्टीका आधिकारिक उम्मेदवार टेकबहादुर बस्नेतविरुद्ध उम्मेदवारी दिएको भन्दै माओवादीले कारवाही गरेको छ । बागी उम्मदेवार शर्मा ०६४ को संविधानसभा चुनावामा सल्यान-२ बाट प्रत्यक्षतर्फबाट सांसद निर्वाचित भएका थिए ।

यसरी बागीलाई छिचोल्दै कांग्रेसका राजेन्द्र शाहलाई जित्नुपर्ने चुनौतीमा छन् पूर्वमन्त्री बस्नेत ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

यज्ञबहादुर थापा

नेपाली कांग्रेस

गगनकुमार थापा

नेपाली कांग्रेस

कमलबहादुर गुरूङ

राष्ट्रिय जनता पार्टी

हितबहादुर तामाङ

माओवादी केन्द्र

हेमकुमार रार्इ

माओवादी केन्द्र

रविन्द्र मिश्र

विकेकशील साझा पार्टी