Home Candidate देव प्रसाद तिमलसेना

चौथो पटक उम्मेदवारी, तेस्रो जितको खोजी

रौतहट - ४ उम्मेदवार

देव प्रसाद तिमलसेना

नेपाली कांग्रेस
पुरुष , ५५ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

२०४८ सालयता यस क्षेत्रमा कुनै पनि उम्मेदवारले दोहोर्‍याएर चुनाव जितेका थिएनन् । तिमिल्सिनाले भने २०७४ र २०७९ मा विजयी हुँदै कीर्तिमान बनाए ।

०००

नेपाली कांग्रेसले रौतहट क्षेत्र नम्बर ४ मा साविक विजेता देवप्रसाद तिमिल्सिनालाई यस पटक पनि प्रतिनिधिसभा सदस्यका लागि मैदानमा उतारेको छ ।

२०७९ सालको निर्वाचनमा सो क्षेत्रमा उनले सानदार जित निकालेका थिए । कूल ३४ हजार १६१ भोट प्राप्त गरी विजयी भएका उनको निकटतम प्रतिद्वनन्द्वी नेकपा एमालेका उद्धवप्रसाद रेग्मीले २६ हजार ५५९ मत पाएका थिए ।

 यद्दपि, अघिल्लो निर्वाचनमा कांग्रेसलाई तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीले समेत समर्थन गरेका थिए । २०७४ मा भने उनले एक्लै चुनाव लडेर वाम उम्मेदवारलाई हराएका थिए । सोही कारण यो क्षेत्रमा उनी तुलनात्मक रूपमा बलिया उम्मेदवार मानिन्छन् ।

रौतहट-४ मा गत निर्वाचनमा उनले रेकर्ड नै बनाएका थिए । २०४८ सालयता यस क्षेत्रमा कुनै पनि उम्मेदवारले दोहोर्‍याएर चुनाव जितेका थिएनन् । २०७४ र २०७९ मा विजयी हुँदै उनले कीर्तिमान बनाएका हुन् ।

१५ असोज २०२७ मा रौतहट चन्द्रपुर नगरपालिका चेतनगरमा जन्मिएका तिमिल्सिनाको प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् ।

तिमिल्सिना विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका हुन् । नेपाल विद्यार्थी संघबाट कांग्रेस गाउँ सचिव, क्षेत्रीय सभापति हुँदै उनी पटक पटक महाधिवेशन प्रतिनिधि बनेका थिए ।

दोस्रो संविधानसभा निर्वाचनमा भने उनी सोही क्षेत्रबाट पराजित भएका थिए । कांग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनका दौरान उनले गगन थापालाई समर्थन गरे । र, कांग्रेसको खुला केन्द्रीय सदस्यमा निर्वाचित भए ।

 

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • दुई पटक लगातार जित 
  • स्थानीय संगठन र कार्यकर्तामा राम्रो पकड
  • बलिया र चिनिएका उम्मेदवारको छवि

प्रतिकूलता

  • अघिल्लो जितमा गठबन्धनको सहयोग
  • लामो समयदेखि एउटै अनुहार प्रतिकूल बन्न सक्ने
  • विपक्षीको कडा घेराबन्दी
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

देव प्रसाद तिमलसेना को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित