Home Candidate गौरव बोहरा

बुबाका अधुरा सपना पूरा गर्न राजनीतिमा

रूपन्देही - ३ उम्मेदवार

गौरव बोहरा

राष्ट्रिय प्रजातन्त्र पार्टी
पुरुष , ४९ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

गत कात्तिक १७ गतेका लागि घोषित उपनिर्वाचनमा रूपन्देही–३ बाट गौरव बोहराको नाम सिफारिश भएको थियो। त्यसक्षेत्रका प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि त्यहाँ उपनिर्वाचन हुन लागेको थियो। भदौको जेनजी अन्दोलनपछि उपनिर्वाचन भएन।

२०३३ सालमा भैरहवामा जन्मिएका गौरव स्व. दीपक बोहराका जेठा छोरा हुन्। भैरहवामै पढेका गौरवले एसएलसी भारतबाट गरे। भारतबाटै एभिएसन (उड्डयन) विषयमा पीपीएल पूरा गरे। त्यसपछि रूस गएर एभिएसनकै सीपीएल तहको अध्ययन र हेलिकोप्टर उडाउने तालिम पूरा गरे। सन् १९९७ मा एटीपीएल कोर्स पढ्न अमेरिका पुगे।

कोर्स पूरा गरेर काठमाडौं फर्केका उनले बुद्ध एअरमा पाइलटको जागिर शुरु गरे। जुनियर को–पाइलटबाट करिअर शुरू गरेका उनी सिनियर पाइलट (क्याप्टेन) हुँदै प्रशिक्षक (इन्स्ट्रक्टर) पाइलट बने।

आफ्नो पेशा पाइलट भए पनि बुबा दीपक बोहरालाई चुनाव र अन्य खास–खास समयमा गौरवले सघाउँथे। २०७९ को चुनावमा स्वास्थ्यका कारण बोल्न नमिल्ने अवस्थामा पुगेका बेला पनि दीपक बोहराले चुनाव जितेका थिए।

त्यतिबेला राप्रपालाई एमालेले साथ दिएको थियो। बुबाको निधनपछि गौरव बुबाको अधुरा सपना पूरा गर्ने अठोट लिएर राजनीतिमा होमिएका छन्। आफ्नो बुबाको निधनपछि त्यहाँका मतदाता र पार्टी कार्यकर्ताले ‘हामी टुहुरो भयौं, तपाईं बुबाको उत्तराधिकारी भएर हाम्रो अभिभावक बन्नुपर्छ’ भनेपछि राजनीतिमा आएको गौरवको भनाइ छ।

रूपन्देही–३ मा गौरवले एमालेका वासुदेव घिमिरे, नेपाली कांग्रेसका सुशील गुरुङ, नेपाली कम्युनिष्ट पार्टीका फैज अहमद खान लगायत उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्दैछन्।

१ लाख ४० हजार ३५ मतदाता रहेको यो क्षेत्रमा २०७९ सालको चुनावमा ९० हजार मत खसेको थियो। जसमा समानुपातिकतर्फ कांग्रेसले २० हजार २७८, एमालेले १६ हजार ९८६, रास्वपाले १४ हजार १५४ र राप्रपाले ९ हजार १८३ मत पाएको थियो।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार १० र जसपा नेपालले ५ हजार २९१ मत, लोकतान्त्रिक समाजवादी पार्टीले ५ हजार ५३ र जनमत पार्टीले ३ हजार ७३२ मत पाएका थिए। माओवादी केन्द्रले २ हजार ६३७, जनमुक्तिले १ हजार ९२७, हाम्रो नेपाली पार्टी (लौरो)ले १ हजार ३४७ र नेकपा (एकीकृत समाजवादी)ले ७८१ मत ल्याएका थिए।

२०७९ मा एमालेसँगको गठबन्धनबाट राप्रपाका दीपक बोहरा ३६ हजार ७१७ मत पाएर विजयी हुँदा बहालवाला गृहमन्त्री बालकृष्ण खाँण २ हजार ६८१ मतले पराजित भएका थिए। कांग्रेसले माओवादी केन्द्र, जनमुक्ति, एकीकृत समाजवादी र जनमोर्चाको साथ पाएको थियो।

–टोपराज शर्मा  

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

गौरव बोहरा को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित