Home Candidate घनश्‍याम यादव अहिर

मदन भण्डारीको भाषणबाट प्रभावित नेता

रूपन्देही - १ उम्मेदवार

घनश्‍याम यादव अहिर

नेपाली कम्युनिस्ट पार्टी
पुरुष , ५६ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

मदन भण्डारीको भाषणबाट प्रभावित भएर नेकपा (एमाले) प्रवेश गरेका थिए, ५६ वर्षीय घनश्याम यादव अहिर । रूपन्देहीको रोहिणी–५, तरकुलहा निवासी उनले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट उम्मेदवारी दिएका छन् ।

परासीबाट एसएलसी उत्तीर्ण गरेका यादवले भारतमा आईएको अध्ययन शुरु गरे पनि पूरा गरेनन् । २०४२ सालमा नेकपा (मसाल)को भ्रातृ संगठन अखिल छैटौंमा जोडिएकै वर्ष पार्टीको जिल्ला सदस्य भए ।

२०४८ सालमा मसालले चुनाव बहिष्कार गर्ने क्रममा पक्राउ परेर जेल परे । त्यसको तीन वर्षपछि भने निर्वाचनमा भाग लिए । २०५१ को निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट नवलपरासीमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेर पराजित भए ।

महासचिव मदनकुमार भण्डारीको भाषणकला र नेतृत्व क्षमताबाट प्रभावित भएर यादव एमालेमा प्रवेश गरे । २०५६ मा एमालेबाट रूपन्देही–१ मा उम्मेदवार बने, नेपाली कांग्रेसका दुर्योधनसिंह चौधरीसँग झिनो मतान्तरले पराजित भए ।

२०५७ सालमा सशस्त्र विद्रोह गरिरहेको नेकपा (माओवादी) मा प्रवेश गरे । २०५९ सालमा पक्राउ परेर पोखरा जेलमा ६ महिना भन्दा बढी बसे । युद्धविरामका बेला जेलबाट छुटेर माओवादीको रूपन्देही जिल्ला सचिव भए ।

२०६४ को पहिलो संविधानसभा चुनावमा रूपन्देही–१ बाट निर्वाचित भए । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला स्थानीय विकास राज्यमन्त्री बने ।

२०७४ को चुनावमा नवलपरासी (पश्चिम) २ बाट उम्मेदवार बनेर पराजित भए । माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत मिलेर बनेको नेकपामा उनी केन्द्रीय सदस्य बने ।

पार्टीभित्र कुनै दाग नलागेका निष्ठावान् र इमानदार नेताको छवि बनाएका यादव लामो समयदेखि आफ्नो निर्वाचन क्षेत्रका मतदातामाझ परिचित र ठूला दलबाट मधेशी समुदायबाट उम्मेदवार नभएकाले उनले दक्षिणी क्षेत्रको मत तान्न सक्ने देखिन्छ । भाषणकला, कार्यकर्ता तथा आर्थिक परिचालनमा कमजोर मानिन्छन् ।

रूपन्देही–१ मा उनले एमालेका दधिराम न्यौपाने, नेपाली कांग्रेसका हिरा केसी, रास्वपाका सुनिल लम्साल, राप्रपाका प्रज्ज्वल बोहरा लगायतसँग प्रतिस्पर्धा गर्दैछन् ।

२०७९ को निर्वाचनमा एमालेका छविलाल विश्वकर्मा २४ हजार ८८२ मत पाएर विजयी हुँदा कांग्रेस र तत्कालीन माओवादी केन्द्रको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले २१ हजार ३१८ मत पाएका थिए ।

गत निर्वाचनमा समानुपातिकमा माओवादी केन्द्रले ३ हजार ७३ र एकीकृत समाजवादीले ८०३ मत ल्याएको थियो ।

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

घनश्‍याम यादव अहिर को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित