Home Candidate प्रदिप कुमार ज्ञवाली

११ वर्ष भूमिगत, पाँच प्रतिस्पर्धामा तीन जित

गुल्मी - १ उम्मेदवार

प्रदिप कुमार ज्ञवाली

नेकपा एमाले
पुरुष , ६४ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

नेकपा (एमाले)को ११औं महाधिवेशनबाट सर्वाधिक मत पाएर केन्द्रीय सदस्यमा निर्वाचित प्रदीप ज्ञवाली बौद्धिक नेताको रूपमा परिचित छन् । उनी २०१९ सालमा बलेटक्सारमा जन्मिएका हुन् ।

राजनीतिक वातावरणमा हुर्किएका ज्ञवालीको औपचारिक राजनीति २०३० सालमा अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संघको प्रारम्भिक कमिटीबाट शुरू भयो । २०३४ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिए । राजनीतिक आन्दोलनका क्रममा ११ वर्ष भूमिगत भए ।

१५ वर्षको उमेरदेखि भूमिगत राजनीतिमा संलग्न भए । २०३४ सालमा नेकपा (माले)को गुल्मी–पाल्पा जिल्ला कमिटीको सदस्य, २०४६ मा गुल्मी–अर्घाखाँची जिल्ला कमिटी सचिव र त्यसको पाँच वर्षपछि लुम्बिनी अञ्चल कमिटी सदस्यको जिम्मेवारी पाए ।

२०५४ मा नेपालगन्जमा सम्पन्न छैटौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका ज्ञवाली आठौं महाधिवेशनपछि पोलिटव्यूरो सदस्य बने । २०७१ मा सम्पन्न नवौं महाधिवेशनबाट सचिव र दशौं महाधिवेशनबाट उपमहासचिव बने । एघारौं महाधिवेशनमा महासचिवको उम्मेदवार बन्ने चाहना आन्तरिक समीकरणले गर्दा पूरा हुन सकेन, केन्द्रीय सदस्यमा उठेर विजयी भए ।

दुई वर्ष शिक्षण पेशा अँगालेका ज्ञवाली २०६३ सालमा पर्यटन र २०७४ मा परराष्ट्र मन्त्री बने । उनका उपन्यास, कथा संग्रह, कविता संग्रह, निबन्ध, समालोचना प्रकाशित छन् ।

संसदीय निर्वाचनमा उनको लामो अनुभव छ । २०५६, २०६४, २०७०, २०७४ र २०७९ का आम निर्वाचनहरूमा गुल्मी क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिए । त्यसमध्ये २०५६, २०६४ र २०७४ को चुनाव उनले जिते । २०६४ र २०७४ मा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डा. चन्द्र भण्डारी थिए ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७९ को संसदीय निर्वाचनमा तिनै डा. भण्डारीसँग पराजित भए । २०७९ मा भण्डारीले ३३ हजार ७४४ मत पाउँदा ज्ञवालीले ३२ हजार १५२ ल्याएका थिए ।

ज्ञवालीले यसपटक कांग्रेसका डा. चन्द्र भण्डारी, नेपाली कम्युनिष्ट पार्टीका सुदर्शन बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल लगायतसँग प्रतिस्पर्धा गर्दैछन् ।

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
३२१५२
हालको दल
सरकारको अनुभव

प्रदिप कुमार ज्ञवाली को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित