Home Candidate होमप्रसाद पोखरेल

व्यवसायी हुँदै संसदीय यात्रामा

महोत्तरी - १ उम्मेदवार

होमप्रसाद पोखरेल

राष्ट्रिय प्रजातन्त्र पार्टी
पुरुष , ४५ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

आध्यात्मिक चिन्तन सहितको राजनीति र सनातन धर्मको पक्षपोषण गर्दै आएका पोखरेलको सामाजिक क्षेत्रमा पनि उल्लेख्य योगदान रहेको छ ।

०००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बर्दिवास नगरपालिकाका स्थायी बासिन्दा होमप्रसाद पोखरेल (कमल)लाई महोत्तरी-१ को उम्मेदवार बनाएको छ ।

पोखरेल सामान्य किसान परिवारमा जन्मिएका हुन् । बाल्यकालदेखि करिब २० वर्षसम्म गाई गोठालो भएर संघर्षपूर्ण जीवन बिताएका उनले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् ।

२०५९ सालदेखि व्यावसायिक यात्रा सुरु गरेका पोखरेलको मुख्य पेसा कृषि र व्यवसाय हो । लामो समय सामाजिक सेवा र आध्यात्मिक चिन्तनमा सक्रिय रहेका उनी २०७८ सालमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनपछि पार्टीको विचार र सिद्धान्तबाट प्रभावित भई सक्रिय राजनीतिमा होमिएका हुन् ।

हाल उनी राप्रपाको महोत्तरी क्षेत्र नम्बर १ को क्षेत्रीय अध्यक्षको जिम्मेवारीमा छन् । २०८१ पुस ७ गते भएको अधिवेशनबाट उनी सर्वसम्मत रूपमा क्षेत्रीय अध्यक्षमा निर्वाचित भए ।

२०७९ को निर्वाचनमा राप्रपाको पक्षमा मतदान गर्दै निरन्तर पार्टी संगठनमा क्रियाशील पोखरेलले २०६२ सालपछिको राजनीतिक परिवर्तन र संविधानप्रति विमति राख्दै आएका छन् ।

हालको संविधानमा रहेको धर्म निरपेक्षता र जातीय विभाजनले देशको मौलिक पहिचान, इतिहास र गौरव मेटेको उनको ठहर छ । उनी आध्यात्मिक चिन्तन सहितको राजनीति र सनातन धर्मको पक्षपोषण गर्छन् ।

सामाजिक क्षेत्रमा पोखरेलको योगदान उल्लेख्य छ । उनी ‘मुलाधार’ आश्रमका संस्थापक संरक्षक हुन् । विभिन्न धर्मशाला, दुर्गा मन्दिर र विद्यालयका छात्रावास निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी मानव, जीव र प्रकृतिको सेवामा समर्पित रहेको बताउँछन् ।

महोत्तरी–१ लाई आफ्नो राजनीतिक कार्यक्षेत्र बनाएका पोखरेल यस क्षेत्रका ३० वटै वडाको विकासमा देखिएका अवरोध तोड्ने संकल्पका साथ अघि बढेका छन् ।

शिक्षा, स्वास्थ्य, रोजगारी तथा गाँस, बास र कपासको ग्यारेन्टी गर्ने र प्रविधिको विकासमार्फत सबै समुदायलाई जोड्ने उनको मुख्य एजेन्डा रहेको छ ।

राजनीतिलाई पेसाभन्दा पनि सेवा र अध्यात्मसँग जोड्ने पोखरेल गोठालो जीवनदेखि व्यवसायी हुँदै अब मुलुकको नीति निर्माण तहमा पुग्ने योजनामा छन् ।

अनुकूलता

  • संघर्षपूर्ण जीवन र जनजडान
  • सामाजिक सेवा र आध्यात्मिक छवि
  • स्पष्ट वैचारिक पहिचान र संगठनात्मक जिम्मेवारी

प्रतिकूलता

  • राप्रपाको सीमित संगठनात्मक प्रभाव
  • धर्म र संविधानसम्बन्धी धारणा विवादास्पद हुनसक्ने
  • राष्ट्रिय तहको राजनीतिक अनुभव सीमित

 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

होमप्रसाद पोखरेल को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित