Home Candidate अनिल कुमार झा

सद्भावना छोडेर कांग्रेसको उम्मेदवार

रौतहट - १ उम्मेदवार

अनिल कुमार झा

नेपाली कांग्रेस
पुरुष , ५८ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile Political Nature Election History Timeline

सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा नेपाली काङ्ग्रेस प्रवेश गरी प्रतिनिधिसभा निर्वाचन लड्दैछन् । उनको प्रतिस्पर्धा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसँग हुनेछ ।

०००

रौतहट क्षेत्र नम्बर १ मा सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा नेपाली काङ्ग्रेस प्रवेश गरी प्रतिनिधिसभा निर्वाचन लड्दैछन् । उनको प्रतिस्पर्धा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसँग हुनेछ ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचन (२०७९)मा काङ्ग्रेस समेतको गठबन्धन बनाएर झा धनुषा-३ मा उठेका थिए । तर उनी एमालेकी जुली महतोसँग पराजित भए । उनै झा यस पटक भने काङ्ग्रेसको टिकट लिएर नेपाललाई चुनौती दिन उत्रिएका छन् । 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उनी रौतहट-१ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट निर्वाचित भएका थिए । सो निर्वाचनमा नेपालले रौतहट छाडेका थिए ।

१५ असोज २०२४ मा रौतहटमा जन्मिएका उनको राजनीतिक यात्रासमेत उचारचढावयुक्त रहेको छ । तराईका नेता गजेन्द्रनारायण सिंहले गठन गरेको नेपाल सद्भावना पार्टीका अध्यक्षसमेत रहेका झा २०४५ पछि राजनीतिमा सक्रिय भएका हुन् ।

पछिल्लो समय गत जेठमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल छाडेर सद्भावना पुनर्गठन गरेका उनी काङ्ग्रेसबाट टिकट लिएर उठ्दा भने सद्भावना नै काङ्ग्रेसमा विलय गराएको आरोप उनीमाथि लागेको छ । उनी स्वयं भने सो पार्टी अस्तित्व मै रहेको बताउँछन् ।

२०७४ सालमा मधेश केन्द्रित दलहरूले राष्ट्रिय जनता पार्टी नेपाल दल गठन गरे । जसमा सद्भावनासमेत थियो । जब राजपा गठन भयो, त्यसपछि रामकुमार महतोले सदभावना पार्टी आफ्नो नाममा दर्ता गराएका थिए ।

पछिल्लो समय महतोलाई पाखा लगाउँदै झा सो पार्टीको अध्यक्ष बनेका हुन् । उनले गजेन्द्रनारायणको नेतृत्वमा रहेको सद्भावनामा भने २०४७ सालबाटै विद्यार्थी राजनीतिका रूपमा यात्रा थालेका थिए । २०६४ सालमा राजेन्द्र महतोले नेपाल सद्भावना पार्टी फुटाएपछि झा उनकै साथमा ‘सद्भावना पार्टी’मा सक्रिय भएका थिए ।  

२०६८ सालमा पुनः उनी त्यहाँबाट पनि चोइटिए र आफ्नो नेतृत्वमा संघीय सदभावना पार्टी बनाए । सो पार्टी २०७० सालमा संविधानसभा निर्वाचनमा भाग लिएको थियो ।

त्यसपछि २०७१ सालमा सरिता गिरी नेतृत्वको नेपाल सद्भावना र संघीय सदभावनाबीच पार्टी एकता भयो । एकीकृत पार्टीको अध्यक्ष झा बने । २०७४ सालमा राजपा बन्यो । त्यसपछि उनी सो दलमा सक्रिय भए । पछि यो दलसमेत उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टीमा एकता गर्‍यो ।

सो दलमा पनि लामो समयसम्म एकता टिक्न सकेन । महत्व ठाकुर नेतृत्वमा लोसपा बन्यो । झा सो दलमा लागे । २०७९ को चुनाव धनुषाबाट लड्दा उनी सोही पार्टीमा थिए । अहिले भने सद्भावनाको अध्यक्षका रूपमा उनले काङ्ग्रेसको टिकट लिएर लड्न लागेका हुन् । 

झा २०७८ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा खानेपानी मन्त्री बनेका थिए । त्यसअघि डा. बाबुराम भट्टराईको सरकारमा उद्योग मन्त्री बनेका थिए । 

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • मधेश राजनीतिमा लामो समयदेखि सक्रिय
  • कांग्रेसको बलियो सांगठनिक संरचना
  •  राष्ट्रिय राजनीतिमा पहिचान, अनुभवी उम्मेदवारको छवि

प्रतिकूलता

  • दल फेर्ने आरोप र विश्वसनीयतामा प्रश्न
  • राष्ट्रिय स्तरका नेतासँग प्रतिस्पर्धा
  •  कांग्रेसको टिकट लिँदा सद्भावना विलय गराएको आरोप
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

राजनीतिक स्वभाव र शैली

गजेन्द्रनारायण सिंहका अनुयायी

मधेश राजनीतिका शिखर पुरुष गजेन्द्रनारायण सिंहको सानिध्यमा हुर्केकाले झामा सद्भावना पार्टीको 'अहिंसात्मक र गान्धीवादी' विचारको प्रभाव देखिन्छ ।

मधेश मुद्दाका व्याख्याता

उनी मधेशका मुद्दाहरूलाई तार्किक र बौद्धिक रूपमा प्रस्तुत गर्न सक्ने नेता मानिन्छन्। हिन्दी र नेपाली दुवै भाषामा प्रखर वक्ता हुन् ।

सत्ता र संघर्षको सन्तुलन

मधेश आन्दोलनको नेतृत्व र विभिन्न कालखण्डमा मन्त्री भएर सत्ताको अनुभव दुवै उनीसँग छ।

दल बदल र एकता

सद्भावना पार्टीको नेतृत्वदेखि राजपा निर्माण हुँदै अहिले नेपाली कांग्रेससम्म आइपुग्दा उनले धेरै पटक पार्टी एकता र विभाजनको साक्षी बनेका छन् ।

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०६४ साल समानुपातिक
२०७० साल रौतहट-१ माधव कुमार नेपाल ८३६१ ४२३४ ४१२७ पराजित
२०७४ साल रौतहट-१ कृष्णप्रसाद यादव १६४८१ २१४७२ ४९९१ विजयी
२०७९ साल धनुषा-३ जुलीकुमारी महतो ३३३८८ २३६८६ ९७०२व पराजित

राजनीतिक टाइमलाइन

२०४० साल

विद्यार्थी राजनीति

वि.सं. २०४० को दशकमा नेपाल सद्भावना पार्टी निकट विद्यार्थी मञ्चबाट राजनीति सुरु।

२०४७ साल

सद्भावनाको राजनीति

गजेन्द्रनारायण सिंहको नेतृत्वमा नेपाल सद्भावना पार्टी स्थापना हुँदा संस्थापक युवा नेता।

२०६३

पुनर्स्थापित संसद

जनआन्दोलनको रापतापपछि पुनर्स्थापित संसदमा सांसद मनोनीत।

२०६४ साल

विधायक

समानुपातिक तर्फबाट सभासद्।

२०६६ - २०६८

उद्योग मन्त्री

उद्योग मन्त्री (माधव नेपाल सरकार) र अन्य विभिन्न मन्त्रालयको जिम्मेवारी।

२०७० (संविधानसभा-२)

प्रत्यक्षमा पराजित

रौतहट–१ बाट प्रत्यक्ष उम्मेदवार, तर पराजित (माधव नेपालसँग)।

२०७४ साल

प्रत्यक्षमा विजयी

वाम गठबन्धन र कांग्रेसका बीच रौतहट–१ बाट राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार बन्दै विजयी।

२०७९ साल

क्षेत्र परिवर्तन तर पराजय

पार्टीको आन्तरिक समीकरण र गठबन्धनका कारण क्षेत्र परिवर्तन गरी धनुषा–३ बाट उम्मेदवार, तर पराजित।

अनिल कुमार झा को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित