Home Candidate राजेन्द्र प्रसाद लिङ्देन

कमजोर चुनावी गणितबीच ह्याट्रिकको रहर

झापा - ३ उम्मेदवार

राजेन्द्र प्रसाद लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी
पुरुष , ६० बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको मुख्य एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाट ‘ह्याट्रिक’ गर्ने दाउमा चौथो पटक चुनावी मैदानमा छन्।

भदौ २०२२ मा पाँचथरमा जन्मिएका लिङ्देनको स्थायी बसोबास झापाको हल्दीबारी–१ मा छ।

विद्यार्थी राजनीति (२०३६ सालको राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल) बाट यात्रा सुरु गरेका लिङ्देन पञ्चायतकालमै गोलधाप गाउँपालिकाको वडाध्यक्ष र २०६१–०६३ मा झापा जिविस सभापति बनेका थिए। २०७८ को महाधिवेशनमा कमल थापालाई पराजित गर्दै अध्यक्ष बनेपछि उनले पार्टीमा ‘पुस्तान्तरण’ को नेतृत्व गरेका छन्।

चुनावी गणितमा लिङ्देन

२०७० सालको संविधान सभा निर्वाचनमा कांग्रेसका कृष्णप्रसाद सिटौलासँग पराजित भएपनि त्यसपछिका दुवै आम निर्वाचनमा लिङ्देनले जित हासिल गरेका छन्। 

यसपटक लिङ्देनको चुनावी समीकरण फेरिएको छ। लिङ्देनका मुख्य प्रतिस्पर्धीहरूमा नेपाली कांग्रेसका राजेन्द्र कुमार घिमिरे, नेकपा एमालेका हरि बहादुर राजवंशी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक र नेकपाबाट डिल्लीराम घिमिरे रहेका छन्।

अघिल्ला दुई निर्वाचन (२०७४ र २०७९) मा नेकपा एमालेको बलियो समर्थनमा जितेका लिङ्देन यसपटक एक्लै मैदानमा छन्।  

लिङ्देनका परम्परागत र बलिया प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला यसपटक उम्मेदवार सूचीमा छैनन्। यसको फाइदा लिङ्देनलाई पुग्न सक्छ।

झापा–३ मा सडक, पुल निर्माण र विशेषगरी जंगली हात्ती नियन्त्रणमा सोलार फेन्सिङको सफल प्रयोगले उनको लोकप्रियता तल्लो तहसम्म छ। साथै, राष्ट्रिय राजनीतिमा भ्रष्टाचारविरुद्धको खरो आवाज (सांसद हुँदाको भूमिका) र पार्टी अध्यक्षको हैसियतले उनको कद अग्लो छ।

कमल थापा नेतृत्वको राप्रपा नेपालसँगको एकताले फुटको जोखिम टरेको छ र पुराना कार्यकर्ता एक ठाउँमा उभिएका छन्। स्थानीय तहको गणित हेर्दा, हल्दिबारी गाउँपालिकामा राप्रपाले नै जितेको हुनाले त्यहाँको ‘कोर भोट’ सुरक्षित देखिन्छ।

लिङ्देन स्वयं आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्छन् र झापा–३ मा आदिवासी/जनजाति बाहुल्यता रहेकोले उनलाई जातीय सेन्टिमेन्टको पनि लाभ मिल्ने देखिन्छ।

२०७४ मा १३ हजारको मतान्तर २०७९ मा एमालेको साथ हुँदाहुँदै पनि ३ हजारमा झरेको थियो। यसपटक एमालेले लिङ्देनलाई समर्थन नगरी आफ्नै उम्मेदवार हरि बहादुर राजवंशी उठाएको छ। एमालेको परम्परागत मत (जुन विगतमा लिङ्देनलाई आउथ्यो) अब एमाले उम्मेदवारतिर जाँदा लिङ्देन थप कमजोर हुनसक्छन् । 

एमालेले उठाएका उम्मेदवार हरि बहादुर राजवंशी स्थानीय राजवंशी समुदायका हुन्। झापा–३ मा राजवंशी समुदायको बाक्लो बसोबास छ। एमालेको संगठन र जातीय भोट बैंक दुवै हरि बहादुर राजवंशीतिर सोझिँदा लिङ्देनको भोट बैंकमा उल्लेख्य क्षति पुग्ने सम्भावना छ।

सहरी र नयाँ मतदाताहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकर्षण छ। रास्वपाका उम्मेदवार प्रकाश पाठकले लिङ्देनले उठाउँदै आएको ‘भ्रष्टाचार विरोधी’ र ‘वैकल्पिक शक्ति’ को मत काट्न सक्छन्। लिङ्देनको ‘युवा र परिवर्तनकारी’ मत रास्वपातिर डाइभर्ट हुन सक्ने जोखिम छ।

भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिका (जुन यो क्षेत्रको ठूलो हिस्सा हो) मा स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेको छ। कृष्णप्रसाद सिटौला नउठे पनि कांग्रेसको तल्लो तहको संगठन यहाँ बलियो छ। बाह्रदशीमा एमालेले जितेको छ। यसर्थ, स्थानीय सरकारको नेतृत्व विपक्षी दलहरूसँग हुनु लिङ्देनका लागि अर्को चुनौती हो।

यसरी, कृष्णप्रसाद सिटौला नउठ्नु उनका लागि सबैभन्दा ठूलो राहत हो भने, एमालेले आदिवासी (राजवंशी) उम्मेदवार उठाउनु सबैभन्दा ठूलो चुनौती हो।

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • बलियो वैचारिक पहिचान र स्थिर एजेन्डा
  • पार्टी अध्यक्षको हैसियतले राष्ट्रिय कद
  • कृष्णप्रसाद सिटौला नउठ्नु ठूलो राहत
  • संगठनात्मक एकता

प्रतिकूलता

  • घट्दो मतान्तर ट्रेन्ड
  • रास्वपाबाट वैकल्पिक मत कटौती
  • कांग्रेसको स्थानीय संगठन बलियो हुनु
  • एमालेको समर्थन नहुनु
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
४०,६४८
हालको दल
सरकारको अनुभव

राजेन्द्र प्रसाद लिङ्देन को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित