Home Candidate मनोजकुमार चौधरी

स्थानीयस्तरमा भिजेका नेता

पर्सा - २ उम्मेदवार

मनोजकुमार चौधरी

नेपाली कम्युनिस्ट पार्टी
पुरुष , ४६ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

नेपाली कम्युनिष्ट पार्टीले पर्सा क्षेत्र–२ बाट मनोजकुमार चौधरीलाई उम्मेदवार बनाएको छ। ४६ वर्षिय चौधरी पर्सा, वीरगन्ज महानगरपालिका, अलौका क्षेत्रका स्थानीय हुन्। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनले विद्यार्थी कालदेखि नै राजनीति र सामाजिक सेवामा सक्रिय रहेका छन्।

स्थानीय स्तरमा चौधरीको परिचय लाभको पद नलिई जनताको सेवा र संगठनमा सक्रिय रहने नेता को रूपमा रहेको छ ।

उनी नेकपा पार्टी गठन हुनु अघि नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य थिए र सहसंयोजक माधवकुमार नेपाल निकट रहेर पार्टीमा योगदान गरेका थिए ।

त्यसैगरी उनीसँग वीरगन्ज महानगरपालिकाको अध्यक्ष र मधेस प्रदेश सचिवालय सदस्यको भूमिका निर्वाह गर्ने अनुभव पनि छ।

पर्सा–२ मा गत निर्वाचनमा कांग्रेसका अजयकुमार चौरसिया विजयी भएका थिए। तत्कालीन माओवादी र कांग्रेसबीचको गठबन्धनले चौधरीको उम्मेदवारीलाई चुनौतीपूर्ण बनाएको थियो । यस पटक एक्लै मैदानमा उत्रिएर उनले नेकपाको नयाँ पहिचान यस क्षेत्रमा स्थापित गर्ने जिम्मेवारी लिएका छन्।

अनुकूलता
• स्थानीय स्तरमा भिजेको नेता
• वर्षौंदेखि सामाजिक सेवा र संगठनमा सक्रिय, स्थानीय वडाहरुमा पहुँच
• वैचारिक स्पष्टता र संगठन क्षमता

प्रतिकूलता
• संघीय चुनावमा पहिलो अनुभव
• स्थानीय निर्वाचनमा कमजोर मत–आकंलन
• बलिया प्रतिस्पर्धीहरू

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

मनोजकुमार चौधरी को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित