Home Candidate डा शेखर कोइराला

परिचित नाम, बदलिँदो माहोल

मोरङ - ६ उम्मेदवार

डा शेखर कोइराला

नेपाली कांग्रेस
पुरुष , ७५ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile Political Nature Election History Timeline

लगातार चुनावी उतार–चढावपछि मोरङ–६ मा डा. शेखर कोइरालाका लागि यो चुनाव विश्वास जोगाउने परीक्षा बनेको छ ।

०००

नेपाली राजनीतिमा डा. शेखर कोइराला कुनै नौलो नाम होइन । कोइराला परिवारको राजनीतिक विरासत बोकेका उनी मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका रूपमा उम्मेदवार बनेका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका कोइराला त्यसबेला पार्टी सभापति र प्रधानमन्त्री बन्ने एजेन्डासहित मतदाताको घरदैलोमा पुगेका थिए ।

तर यसपटकको निर्वाचन उनका लागि सहज देखिँदैन । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षमा उभिएका कोइरालाले यसपालि पार्टी सभापति वा प्रधानमन्त्री बन्ने एजेन्डा अघि सारेका छैनन् । विशेष महाधिवेशनबाट गगन थापा कांग्रेस सभापति बनेपछि कांग्रेसले थापालाई नै भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ ।

यसबीच, राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव र निर्वाचित भएपछि अपेक्षित काम गर्न नसकेको आरोपका कारण कोइरालामाथि जनस्तरमा आक्रोशसमेत देखिन थालेको छ । यही कारण मोरङ–६ मा यसपटकको चुनाव उनीका लागि चुनौतीपूर्ण बनेको छ ।

राजनीतिक यात्रातर्फ फर्किँदा, कोइराला २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकका उम्मेदवार विजयकुमार गच्छदारसँग पराजित भएका थिए । मोरङ र सुनसरी दुवै क्षेत्रबाट निर्वाचित गच्छदारले मोरङ–६ छाडेपछि २०६५ सालको उपनिर्वाचनमा कोइरालाले फोरम लोकतान्त्रिककै उम्मेदवारलाई पराजित गर्दै संविधानसभा सदस्यमा विजयी भए । उक्त उपनिर्वाचनमा एमालेका उम्मेदवार विनोद ढकाल तेस्रो स्थानमा रहेका थिए ।

७५ वर्षीय कोइरालाले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारलाई पराजित गरेका थिए । तर २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी एमाले उम्मेदवार लालबाबु पण्डितसँग ६ सय ७५ मतको अन्तरले पराजित भए । त्यसपछि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मतदाताले पुनः कोइरालालाई विजयी गराए ।

२०६४ सालको संविधानसभा निर्वाचनयता यो उनको छैटौँ निर्वाचन प्रतिस्पर्धा हो । त्यतिबेला हालको मोरङ–६ क्षेत्र मोरङ क्षेत्र नम्बर ७ का रूपमा चिनिन्थ्यो ।

अनुकूलता

  • कोइराला परिवारको राजनीतिक विरासत र परिचित नाम
  • लामो संसदीय अनुभव र क्षेत्रको निरन्तर प्रतिनिधित्व
  • कांग्रेसको परम्परागत मत आधार

प्रतिकूलता

  • निर्वाचित भएर पनि अपेक्षित काम नगरेको आरोप
  • राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव
  • यसपटक स्पष्ट नेतृत्व वा प्रधानमन्त्री एजेन्डाको अभाव

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • विरासत र ब्राण्ड: कोइराला परिवारको उद्गम स्थल विराटनगरमा "कोइराला" नामको भावनात्मक भोट बैंक अझै सुरक्षित छ।
  • संगठन: कांग्रेसको परम्परागत संगठन र २०७९ को फराकिलो जितको मनोबल।
  • अनुभव: लामो संसदीय अनुभव र क्षेत्रको निरन्तर प्रतिनिधित्व (जित्दा वा हार्दा पनि क्षेत्र नछोडेको)।

प्रतिकूलता

  • एजेन्डाको अभाव: अघिल्लो पटक "म प्रधानमन्त्री बन्छु" भन्दा आएको भोट यसपटक पार्टी नेतृत्व (गगन थापा) अर्कै भएकाले 'प्रधानमन्त्री' को कार्ड खेल्न नपाउँदा घट्न सक्छ।
  • रास्वपाको प्रभाव: सहरी क्षेत्र (विराटनगर) मा राष्ट्रिय स्वतन्त्र पार्टीले युवाको भोट काट्ने उच्च जोखिम।
  • एन्टी-इन्कम्बेन्सी: जितेर गएपछि खासै ठूलो काम गर्न नसकेको जनगुनासो र आक्रोश।
  • विशेष महाधिवेशनको तुष: विशेष महाधिवेशनमा देउवा पक्षलाई सघाउँदा उनको "विद्रोही/परिवर्तनकारी" छविमा दाग लागेको छ, जसले तटस्थ मत बिच्काउन सक्छ।
शिक्षा
एमएस/एमडी
संसदीय अनुभव
३ पटक सांसद निर्वाचित
२०७९ को मतान्तर
३५२१३
हालको दल
नेपाली कांग्रेस
सरकारको अनुभव

राजनीतिक स्वभाव र शैली

विरासत र जिम्मेवारी

बीपी र गिरिजाप्रसाद कोइरालाको राजनीतिक लिगेसी बोक्ने मुख्य पात्र। विराटनगरको 'कोइराला निवास' लाई केन्द्रबिन्दु बनाएर राजनीति सञ्चालन गर्ने शैली।

बौद्धिक र शालीन

चिकित्सा पेसा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति (भीसी) भएर काम गरेको अनुभवले उनको प्रस्तुति तार्किक र संयमित हुन्छ ।

परिस्थितिजन्य सम्झौता

विगतमा पार्टीभित्रको 'विद्रोही' धारको नेतृत्व गरे पनि पछिल्लो विशेष महाधिवेशनमा तत्कालीन संस्थापन (देउवा) पक्षमा उभिएर उनले आफ्नो रणनीतिक र व्यावहारिक रूप देखाए ।

एजेन्डाविहीनताको सकस

२०७९ मा भावी प्रधानमन्त्रीको एजेन्डा लिएर गएका कोइराला यसपटक पार्टी नेतृत्व (गगन थापा) अर्को पुस्तामा गएपछि रक्षात्मक अवस्थामा देखिए ।

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०६४ साल मोरङ-७ विजयकुमार गच्छदार १८४१६ १३२६१ ५१५५ पराजित
२०६५ (उपनिर्वाचन) मोरङ-७ विजयी
२०७० साल मोरङ-७ विजयकुमार गच्छदार विजयी
२०७४ साल मोरङ-६ लालबाबु पण्डित ३३९४१ ३३२६६ ६७५ पराजित
२०७९ साल मोरङ-६ लालबाबु पण्डित २२९४६ ३५२१३ १२२६७ विजयी

राजनीतिक टाइमलाइन

२०४६ साल

पेशागत जीवन

लामो समय चिकित्सा क्षेत्रमा सक्रिय। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपति (भीसी) को जिम्मेवारी बहन। बहुदलपछि राजनीतिमा सक्रिय । त्यसअघि पनि पारिवारिक विरासतका कारण राजनीतिमा क्रियाशील ।

२०६४ (संविधानसभा-१)

सभासद

मोरङ–७ (साविक) बाट पहिलो पटक उम्मेदवार। मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का विजयकुमार गच्छदारसँग पराजित।

२०६५ साल

उपनिर्वाचनबाट संसदमा

२०६५ (उपनिर्वाचन): गच्छदारले दुई क्षेत्र जितेर मोरङ छाडेपछि भएको उपनिर्वाचनमा फोरम लोकतान्त्रिककै उम्मेदवारलाई हराउँदै पहिलो पटक सांसद निर्वाचित।

२०७० (संविधानसभा-२)

दोस्रो विजय

विजयकुमार गच्छदारलाई पराजित गर्दै दोस्रो पटक विजयी।

२०७४-२०७९

२०७४ (प्रतिनिधिसभा): एमालेका लालबाबु पण्डितसँग झिनो मतान्तर (६७५ मत) ले पराजित। २०७९ (प्रतिनिधिसभा): लालबाबु पण्डितलाई १२ हजारभन्दा बढी मतान्तरले हराउँदै शानदार जित। (एजेन्डा: भावी प्रधानमन्त्री/सभापति)।

२०७८ साल

सभापतिमा उम्मेदवारी

कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिए तर, शेरबहादुर देउवासँग पराजित बने ।

२०८२ साल

नयाँ संस्थापनबाट उम्मदेवार

पार्टीभित्रको बदलिँदो समीकरण (गगन थापा सभापति) बीच मोरङ–६ बाट छैटौं पटक चुनावी प्रतिस्पर्धामा। विशेष महाधिवेशनको विपक्षमा उभिए पनि उनी नयाँ परिणाम स्वीकारेर चुनावी मैदानमा गएका छन् ।

डा शेखर कोइराला को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित