गाउँपालिका अध्यक्षहुँदै प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी
२०४९ देखि एमालेको सक्रिय राजनीतिक शुरू गरेका रामप्रसाद पाण्डेले स्नातकोत्तर गरेका छन् । २०३१ मंसिरमा जन्मिएका उनी नवलपरासीको सुस्ता गाउँपालिका–२, महलबारीका स्थायी बासिन्दा हुन् ।
गाउँ कमिटीको क्षेत्रीय कार्यवाहक अध्यक्षहुँदै नवलपरासी–१, प्रदेश सभा ‘ख’ को पार्टी इन्चार्ज छन् । पार्टीको जिल्ला सचिवालय सदस्य समेत रहेका पाण्डेले एमालेबाट सुस्ता गाउँपालिकाको अध्यक्ष पदमा दुई पटक उम्मेदवारी दिए ।
२०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसका हसमुद्दिन शेखलाई ५४३ मतले पछि पार्दै गाउँपालिकामा अध्यक्षमा विजयी भए । गाउँपालिका अध्यक्षमा दोहोरिने चाहना भने पूरा भएन ।
२०७९ मा कांग्रेसका टेकनारायण उपाध्यायसँग झिनो मतान्तरले पराजित भए । पाण्डेले ५ हजार ९९८ मत ल्याउँदा उपाध्याय ६ हजार २७० मत ल्याएर निर्वाचित भए ।
स्थानीय निर्वाचनका अनुभवी पाण्डे पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन् । पाण्डेले पूर्व सहकर्मी सिन्धु जलेसा बुढाथोकी, कांग्रेसका विनोद चौधरी, रास्वपाका विक्रम खनाल, जनमत पार्टीका गणेशबहादुर चौधरी, राप्रपाका नवनितकुमार मिश्र लगायतसँग प्रतिस्पर्धा गर्दैछन् ।
२०७९ मा हृदयेश त्रिपाठीलाई समर्थन गरेकाले यो क्षेत्रमा एमालेको उम्मेदवार थिएन । समानुपातिकमा कांग्रेसले २३ हजार ५१५ मत पाउँदा एमालेले १७ हजार १७२ मत ल्याएको थियो ।
रामप्रसाद पाण्डेय को उम्मेदवारि कस्तो लागयो ?
