Home Candidate कुलमान घिसिङ

लोडसेडिङ अन्त्यको जस लिँदै चुनावी परीक्षामा

काठमाडौं - ३ उम्मेदवार

कुलमान घिसिङ

उज्यालो नेपाल पार्टी
पुरुष , ५५ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile Political Nature Election History Timeline

कार्यकारी निर्देशक हुँदा तत्कालीन सरकासँग उनको विवाद चुलिएको थियो । उनलाई हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाइएको थियो ।

प्राविधिक दक्षता, व्यवस्थापकीय अनुभव र परिणाम देखाएर विश्वास जितेका घिसिङका लागि अब राजनीतिको अर्को परीक्षा बनेको छ ।

०००

काठमाडौं– ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । तीन दशकभन्दा बढी समय विद्युत् क्षेत्रमा बिताएका घिसिङ अहिले सक्रिय राजनीतिमा होमिएका छन् ।

रामेछाप जिल्लाको दुर्गम बेथान गाउँमा २०२७ मंसिर १० गते किसान परिवारमा जन्मिएका हुन्, उनी । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन पूरा गरेका घिसिङ हाल काठमाडौं महानगरपालिका बौद्धमा बसोबास गर्छन् । ‘२०औँ वर्ष भयो यही क्षेत्रमा बसोबास गरेको,’ उनले भने ।

लोडसेडिङ अन्त्य  भएपछि उनी चर्चामा आएका हुन् । उनी २०५१ सालमा नेपाल विद्युत् प्राधिकरणमा इन्जिनियरका रूपमा सेवा प्रवेश गरेका हुन् । प्राधिकरणमा ३० वर्षभन्दा बढी समय काम गरेका उनी दुई कार्यकाल कार्यकारी निर्देशक बने । चिलिमे जलविद्युत् कम्पनीको प्रबन्ध निर्देशकका रूपमा सफल भएका थिए, उनी ।

दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गर्दै उनले ‘उज्यालो नेपाल’ अभियानको नेतृत्व गरे । घाटामा रहेको प्राधिकरणलाई नाफामा पुर्‍याएको दाबी उनको छ । तर कतिपयले आलोचना पनि गरेका छन् ।

घिसिङ निवर्तमान ऊर्जा मन्त्री तथा उज्यालो पार्टीका अध्यक्ष हुन् । निर्वाचनमा सहभागी हुन उनले ऊर्जा मन्त्रीबाट राजीनामा दिएका हुन् । प्रशासनिक र प्राविधिक पृष्ठभूमिबाट आएका घिसिङ राजनीतिमा पनि परिणाममुखी नेतृत्व दिन सकिने दाबी गर्छन् ।

‘मेरो उम्मेदवारी सुशासन र सामाजिक न्यायको लागि हो । देशलाई समृद्ध बनाउन हो,’ उनी भन्छन्, ‘क्षेत्र नम्बर ३ लाई मैले बुझेको छु । यहाँको विकास गर्न मैले उम्मेदवारी दिएको हुँ।’

कार्यकारी निर्देशक हुँदा तत्कालीन सरकारसँग उनको विवाद चुलिएको थियो । उनलाई हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाइएको थियो ।

प्राविधिक दक्षता, व्यवस्थापकीय अनुभव र परिणाम देखाएर विश्वास जितेका घिसिङका लागि अब राजनीतिको अर्को परीक्षा बनेको छ ।

लोडसेडिङ अन्त्य गरेर आम नागरिकको जीवन उज्यालो बनाएका उनले राजनीतिमार्फत शासन प्रणाली पनि उज्यालो बनाउने सपना देखेका छन् । तर यसका लागि चुनाव जित्ने चुनौती छ । यो क्षेत्रमा २४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

२०७९ को चुनावमा काठमाडौं–३ मा कांग्रेसकै सन्तोष चालिसेले जित हात पारेका थिए । त्यसबेला चालिसेले १५ हजार १५८ मत ल्याएका थिए ।

त्यसैगरी, एमालेका तत्कालीन उम्मेदवार कृष्णबहादुर राईले ११ हजार १९६ र रास्वपाका दुर्गाविक्रम थापाले ५ हजार ८६५ मत ल्याएका थिए । राप्रपाका गणेश गिरीले २ हजार ५११ मत ल्याएका थिए । क्षेत्र नम्बर ३ मा ४८ हजार ४८९ जना मतदाता छन् । 

अनुकूलता

  • लोडसेडिङ अन्त्यको जस
  • प्राविधिक र व्यवस्थापकीय दक्षता
  • वैकल्पिक राजनीतिको लहर

प्रतिकूलता

  • प्रत्यक्ष चुनावी अनुभवको अभाव
  • पदमा हुँदा गरेका विवादित गतिविधि
  • कडा प्रतिस्पर्धा र मत विभाजन भइरहने क्षेत्र
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

राजनीतिक स्वभाव र शैली

नतिजामुखी

भाषण भन्दा काममा विश्वास गर्ने। १८ घण्टे लोडसेडिङ अन्त्य गरेर र घाटाको संस्थालाई नाफामा लगेर आफूलाई प्रमाणित गरिसकेका।

व्यवस्थापकीय कौशल

इन्जिनियरिङ र व्यवस्थापन दुवैको ज्ञान भएकाले उनको कार्यशैली 'सिस्टम' बसाल्ने खालको छ। चिलिमे जलविद्युत र प्राधिकरणमा उनको सफल व्यवस्थापन यसको उदाहरण हो।

लोकप्रियतावादी

जनताको सेन्टिमेन्ट (उज्यालो नेपाल) लाई क्यास गर्न सक्ने, तर त्यसलाई कामले पुष्टि पनि गर्ने।

विद्रोही स्वभाव

सरकारी सेवामा रहँदा पनि राजनीतिक नेतृत्व र ट्रेड युनियनसँग नडराई काम गरेको इतिहास। अहिले आफ्नै पार्टी खोलेर ठूला दललाई चुनौती दिनु यसैको निरन्तरता हो।

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०८२ साल काठमाडौं-३ पहिलो निर्वाचन

राजनीतिक टाइमलाइन

२०५१ साल

पेशागत यात्रा

नेपाल विद्युत प्राधिकरणमा सातौं तहको इन्जिनियरबाट सेवा प्रवेश। २०१० को दशक: चिलिमे जलविद्युत कम्पनीको प्रबन्ध निर्देशक। स्थानीयलाई सेयर दिएर र आयोजना समयमै सम्पन्न गरेर चर्चामा।

२०७३ (भदौ)

लोडसेडिङ अन्त्य

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त। तिहारको दिनबाट काठमाडौंमा लोडसेडिङ अन्त्यको घोषणा।

२०७७ साल

प्राधिकरणबाट बहिर्गमन

४ वर्षे कार्यकाल पूरा गरी बहिर्गमन। सरकारले पुन: नियुक्ति नगर्दा सडकमा प्रदर्शन। २०७८ (साउन): शेरबहादुर देउवा सरकारद्वारा पुनः कार्यकारी निर्देशकमा नियुक्ति।

२०८२ साल

प्रत्यक्ष राजनीतिमा

जेनजी विद्रोहपछि बनेको अन्तरिम सरकारको मन्त्री पदबाट राजीनामा दिई 'उज्यालो नेपाल पार्टी' गठन र काठमाडौं–३ बाट उम्मेदवारी।

कुलमान घिसिङ को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित