Home Candidate रामप्रसाद सापकोटा

जनयुद्धको पृष्ठभूमिबाट संसदीय राजनीतिमा

भक्तपुर - २ उम्मेदवार

रामप्रसाद सापकोटा

नेपाली कम्युनिस्ट पार्टी
पुरुष , ४५ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

शान्ति प्रक्रियापछि सापकोटाको भूमिका युवा संगठनतर्फ केन्द्रित भयो । २०६४ सालमा युवा कम्युनिस्ट लिग (वाीएल) भक्तपुर जिल्ला अध्यक्ष बनेका उनी २०६६ मा केन्द्रीय समिति सदस्य, २०७३ मा महासचिव र २०७४ मा राष्ट्रिय अध्यक्षमा निर्वाचित भए ।

०००

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रामप्रसाद सापकोटा ‘दीपशिखा’ लाई उम्मेदवार बनाएको छ । विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा जनयुद्ध, संगठन निर्माण, युवा नेतृत्व र अहिले संसदीय राजनीतिसम्म मोडिएको हो ।

सिन्धुपाल्चोकमा जन्मिएका सापकोटाले २०४७ सालमा अनेरास्ववियुको विद्यालय समिति अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका थिए । उनी तत्कालीन नेकपा (एमाले) मा सक्रिय थिए ।

क्षेत्रीय समिति सचिव र सदस्य हुँदै संगठन विस्तारमा संलग्न रहँदै आएका उनी २०५३ सालमा पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरी जनयुद्धमा सहभागी भए ।

२०५४ सालदेखि पूर्णकालीन रूपमा जनयुद्धमा होमिएका सापकोटाले माओवादी पार्टीको सदस्यता प्राप्त गरे ।

दोलखामा पहिलो गुरिल्ला तालिम लिएका उनी सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा पार्टी समिति सदस्यको जिम्मेवारीमा रहेर काम गरे ।

गुरिल्ला टास्कफोर्स सदस्य, जनमुक्ति सेनाको प्लाटुन कमान्डरदेखि काठमाडौं स्टेसन टास्कफोर्सको बटालियन कमान्डरसम्मको जिम्मेवारी उनले सम्हालेका छन् ।

२०५८ सालमा दोलखाको चारिकोटबाट गिरफ्तार भएका सापकोटा २०५९ सालको पहिलो युद्धबिरामपछि रिहा भए । त्यसपछि पुनः संगठन र कमान्ड दुवै तहमा सक्रिय रहँदै सिन्धुपाल्चोक जिल्ला समिति सचिव तथा ताम्सालिङ उपक्षेत्रीय ब्युरो सदस्य बने ।

शान्ति प्रक्रियापछि सापकोटाको भूमिका युवा संगठनतर्फ केन्द्रित भयो । २०६४ सालमा युवा कम्युनिस्ट लिग (वाईसीएल) भक्तपुर जिल्ला अध्यक्ष बनेका उनी २०६६ मा केन्द्रीय समिति सदस्य, २०७३ मा महासचिव र २०७४ मा राष्ट्रिय अध्यक्षमा निर्वाचित भए ।

२०७३ सालमै नेकपा (माओवादी) को केन्द्रीय समिति सदस्यमा मनोनयन भएका सापकोटा, माओवादी र एमाले एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति सदस्य बने ।

२०७६ सालमा पार्टीको युवा संगठन संयोजकको जिम्मेवारी सम्हाल्दै आएका उनी हाल वाईसीएल इन्चार्जसमेत छन् ।

राजनीतिसँगै बौद्धिक र सिर्जनात्मक क्षेत्रमा पनि सक्रिय सापकोटा २०६४ देखि २०७० सालसम्म ‘लालरक्षक’ मासिकका प्रधान सम्पादक र २०६९–२०७० मा ‘समाचार दैनिक’ का प्रधान सम्पादक रहेका थिए ।

उनै दीपशिखाले भक्तपुर–२ बाट उम्मेदवारी दर्ता गरेपछि शिक्षा, स्वास्थ्य, रोजगारी र सांस्कृतिक संरक्षणलाई प्राथमिकतामा राख्दै स्थानीय पहिचानलाई केन्द्रमा राखेर विकास योजना अघि बढाइने बताएका छन् ।

भक्तपुरलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु र ठिमीलाई कला तथा संस्कृतिको शहरका रूपमा स्थापित गर्नु उनका प्रमुख एजेन्डा छन् ।

भक्तपुरका परम्परागत सिप, विशेषगरी विश्वमै दुर्लभ मानिने माटोका भाँडा बनाउने पेसालाई प्रविधिसँग जोडेर आत्मनिर्भर बनाउने योजना उनको छ । ‘जहाँ मतदाताको समस्या छ, त्यहीँ म उभिन्छु,’ उनले भने ।

२०७९ प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर–२ बाट नेपाली कांग्रेसका दुर्लभ थापाले २४,२३९ मत प्राप्त गर्दै विजयी भएका थिए भने नेकपा (एमाले)का महेश बस्नेतले २३,२८२ मतसहित दोस्रो स्थान हासिल गरेका थिए ।  

अनुकूलता

  • जनयुद्धदेखि शान्ति प्रक्रिया, वाईसीएल राष्ट्रिय नेतृत्वसम्मको लामो राजनीतिक यात्रा
  • युवा संगठन इन्चार्ज, सडकदेखि सदनसम्म परिचालन क्षमता
  • रोजगारी, संस्कृति संरक्षण, पर्यटन र परम्परागत सिप प्रवर्द्धनमा केन्द्रित कार्यक्रम

प्रतिकूलता

  • जनयुद्ध पृष्ठभूमिप्रति मिश्रित धारणा: मध्यमवर्ग र नयाँ मतदातामाझ फरक बुझाइ हुनसक्छ
  • बाहिरी जिल्लाबाट आएको उम्मेदवार भन्ने ट्याग
  • वाम मत विभाजनको जोखिम, विगतमा एमालेले जितेको क्षेत्र
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

रामप्रसाद सापकोटा को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित