Home Candidate रामअशिष राय यादव

स्थानीय राजनीतिबाट उदाएका उम्मेदवार

रौतहट - २ उम्मेदवार

रामअशिष राय यादव

जनता समाजवादी पार्टी, नेपाल
पुरुष , ५१ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

एकल सिफारिस भएर उम्मेदवार चयन भएका उनी लामो समयदेखि जसपा नेपालको पार्टी संगठन निर्माण, जनसम्पर्क तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन् ।
०००
रौतहटको देवाही गोनाही नगरपालिकाका स्थानीय रामअशिष यादवलाई जसपा नेपालले रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधसभा सदस्यको उम्मेदवार बनाएको छ । जिल्ला समन्वय समिति रौतहटका पूर्वउपसभापति यादव स्थानीय स्तरमा चिनिएका नेता हुन् ।

उनी सो क्षेत्रमा पार्टीबाट उम्मेदवारका लागि एकल सिफारिस भएका थिए । यादव लामो समयदेखि जसपा नेपालको पार्टी संगठन निर्माण, जनसम्पर्क तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनदेखि नै उनी पार्टीको काममा सक्रिय हुँदै आएका छन् ।

यसअघि यो निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टीले शैलेन्द्र साहलाई उम्मेदवार बनाएको थियो । त्यतिबेला उनी तेस्रो भएका थिए ।
२०७७ सालमा जसपाबाट एमाले प्रवेश गरेका किरणकुमार साह सो निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।

किरणकुमार यसपटक पनि उम्मेदवार बनेका छन् । तर यसपटक जसपा नेपाल तथा तराई मधेश लोकतान्त्रिक पार्टीबीच एकता भएकाले जसपा नेपाल पनि एउटा बलियो प्रतिस्पर्धी बनेको छ ।

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • स्थानीय पहिचान र संगठनात्मक अनुभव
  • लामो राजनीतिक सक्रियता
  • पार्टी एकताको फाइदा

प्रतिकूलता

  • सत्तारूढ दलका बलिया उम्मेदवारसँग प्रतिस्पर्धा
  • अघिल्लो चुनावको कमजोर नतिजाको मनोवैज्ञानिक असर
  • क्षेत्रीय राजनीतिक ध्रुवीकरण
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

रामअशिष राय यादव को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित