Home Candidate रामजी साह सोनार

सुनचाँदी व्यवसायीबाट प्रतिनिधिसभामा उम्मेदवारी

रौतहट - ४ उम्मेदवार

रामजी साह सोनार

नेकपा एमाले
पुरुष , ४६ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

रौतहट क्षेत्र नम्बर २ मा नेकपा एमालेको तर्फबाट प्रतिस्पर्धामा उत्रिएका साह सुनचाँदी व्यवसायी संघ मधेश प्रदेश अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका व्यक्ति हुन् ।

०००

प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले)ले रौतहट क्षेत्र नम्बर ४ मा रामजी साह सोनारलाई मैदान उतारेको छ ।

साहको जन्म १२ भदौ २०३६ मा रौतहटको गरुडा नगरपालिका गरुडा वैरियामा भएको हो ।  उनले प्रवीणता प्रमाणपत्र तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा एमालेले उद्धवप्रसाद रेग्मीलाई टिकट दिएको थियो । तर उनी दोस्रो भएका थिए ।

कांग्रेसका देवप्रसाद तिमिल्सिनाले ३४ हजार १६१ भोट पाउँदा एमालेका रेग्मीले २६ हजार ५५९ मत पाएका थिए । गत निर्वाचनमा कांग्रेसलाई तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले समेत समर्थन गरेका थिए ।

यस पटक प्रतिस्पर्धा एकल हुनेछ । यसको लाभ एमालेलाई हुनसक्छ । यो क्षेत्रमा २०७० सालमा एमालेले चुनाव जितेको थियो । तर सो बेला चुनाव जितेका रामकुमार भट्टराई यस पटक नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट चुनाव लडेका छन् ।

साह पेसाले सुनचाँदी व्यवसायी हुन् । उनले यसअघि नेपाल सुनचाँदी व्यवसायी संघ मधेश प्रदेश अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • व्यावसायिक र संगठनात्मक पहिचान
  • कुनै पनि दलबीच गठबन्धन नहुँदाको फाइदा लिन सक्ने
  • मतदातासँग प्रत्यक्ष सम्बन्ध

प्रतिकूलता

  • अघिल्लो निर्वाचनको मनोवैज्ञानिक असर
  • प्रतिस्पर्धी उम्मेदवारको बलियो पकड
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

रामजी साह सोनार को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित