Home Candidate महावीर पुन

अचानक उम्मेदवार, अनौठो प्रचार

म्याग्दी - १ उम्मेदवार

महावीर पुन

स्वतन्त्र
पुरुष , ७१ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने मिति आउन दुई दिन बाँकी हुँदासम्म महावीर पुनले चुनाव उठ्ने सोच बनाएका रहेनछन्। माघ ४ गते निर्वाचन आयोगसँग प्रधानमन्त्री र मन्त्रीहरूको संयुक्त बैठक बस्यो। आयोगका पदाधिकारीहरूले निर्वाचन आचारसंहिता लागू भएपछि के-के गर्न पाइँदैन भन्ने ‘ब्रिफिङ’ गरे।

चुनावी सरकार नै भए पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पुनलाई शिक्षासम्बन्धी कानुन बनाउन सकिन्छ भन्ने लागेको रहेछ। तर भनेजसरी काम गर्न नपाएको भन्दै उनले म्याग्दी पुगेर उम्मेदवारी दिए।

२०११ सालमा म्याग्दीमा जन्मिएका पुनले १३ वर्ष शिक्षण पेसा अँगाले। पढाउन छाडेर अमेरिका पढ्न गए। युनिभर्सिटी अफ नेब्रास्का कर्नीबाट शिक्षाशास्त्रमा स्नातकोत्तर गरे।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ग्रामीण बस्तीहरूमा ताररहित इन्टरनेट सञ्जाल विस्तार गरेको दुई दशक भइसकेको छ। त्यतिबेला सुगम भनिने कतिपय सहरवासीले समेत इन्टरनेट सुविधा पाएका थिएनन्। विज्ञान र प्रविधि क्षेत्रमा योगदान पुर्‍याएबापत पुनले सन् २००७ मा प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्राप्त गरे।

आफ्नो आत्मकथासम्बन्धी पुस्तक बेचेर वीरगन्जस्थित कृषि औजार कारखानालाई सहयोग जुटाइरहेका पुन जेनजी आन्दोलनपछि मन्त्री बने। निर्वाचन गराउने म्यान्डेट लिएर गठन भएको सरकारको मन्त्री बनेका उनले निर्वाचन लड्न मन्त्रीबाट राजीनामा दिए।

२०७९ को निर्वाचनमा म्याग्दीबाट नेपाली कांग्रेसका खमबहादुर गर्बुजा निर्वाचित भएका थिए। उनलाई माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो।

गत निर्वाचनमा समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा थियो। त्यतिबेला एमालेले १८ हजार २७३, कांग्रेसले १३ हजार ६९३, माओवादी केन्द्रले ९ हजार ७०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३ हजार ५७९ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ हजार २५३ मत पाएको थियो।

एमालेबाट हरिकृष्ण श्रेष्ठ, कांग्रेसबाट कर्णबहादुर भण्डारी, रास्वपाबाट युवराज रोका, नेपाल कम्युनिष्ट पार्टीबाट अर्जुनबहादुर थापा, राप्रपाबाट डम्बरबहादुर सुवेदी, राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर विक र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देवेन्द्र कामीले उम्मेदवारी दिएका छन्।

निर्वाचन आचारसंहिता लाग्नुअघिसम्म पुस्तक बेच्दै भोट माग्दै गरेका पुनको प्रचार शैली चर्चामा छ। उनको शैली मतमा परिणत हुन्छ कि हुँदैन, थाहा पाउन २१ फागुन कुर्नैपर्छ।

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

महावीर पुन को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित