निर्माण व्यवसायको अनुभव लिएर राजनीतिक मैदानमा
पर्सा क्षेत्र नम्बर–३ मा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रामाकान्तप्रसाद चौरसियालाई उम्मेदवार बनाएको छ।
५७ वर्षका चौरसीया वीरगन्ज महानगरपालिका, वर्वागोग का स्थानीय हुन् र एलएसएलसीसम्मको अध्ययन पूरा गरेका छन्।
पूर्वमा लामो समय नेपाली कांग्रेस मा सक्रिय रहेका चौरसिया हाल रास्वपा प्रवेश गरेका छन् । कांग्रेस छोडे लगत्तै उनलाई पार्टीले टिकट दिएको हो। पेशागत रूपमा उनी निर्माण व्यवसायी हुन् र नेपाल निर्माण व्यवसायी संघ, पर्सा को नेतृत्व अनुभवसमेत राख्छन्।
संसदीय निर्वाचनमा चौरसिया पहिलो पटक मैदानमा उत्रिएका हुन् । उनी आफ्नो स्थानीय परिचय र व्यापारिक प्रभावलाई आधार बनाएर मतदातामाझ समर्थन जुटाउने प्रयासमा छन् ।
चौरसिया कांग्रेसका मतदातालाई पनि आफ्नो पक्षमा ल्याउन सक्रिय छन्, जसले उनको प्रतिस्पर्धात्मक शक्ति बढाउने आशा गरिएको छ।
अघिल्लो निर्वाचनमा रास्वपा पर्सा–३ मा प्रभावकारी नभएको थियो; २०७९ मा अशोक कँडेलले केवल ९२३ मत प्राप्त गरेका थिए। तर यसपटक राष्ट्रिय स्तरमा रास्वपाको देशव्यापी माहोलको फाइदा चौरसियालाई हुनसक्ने विश्लेषकहरूको अनुमान छ।
उनको चुनावी रणनीति स्थानीय राजनीतिक पकड, व्यापारिक प्रतिष्ठा र नयाँ पार्टीको ऊर्जामा केन्द्रित छ। तर, संसदीय अनुभवको अभाव र नयाँ मताधार निर्माण गर्नु पर्ने चुनौतीले उनलाई कठिनाइमा राख्न सक्छ।
अनुकूलता
• स्थानीय राजनीति र व्यापारिक समुदायमा परिचित
• वीरगन्ज–पर्सा क्षेत्रमा बलियो नेटवर्क
• रास्वपाको देशव्यापी माहोलको फाइदा
प्रतिकूलता
• संसदीय निर्वाचनमा पहिलो पटक भाग लिँदै
• नयाँ जनमत निर्माण गर्नु पर्ने चुनौती
• प्रतिस्पर्धी राष्ट्रियस्तरका अनुभवी नेताहरू
रामाकान्त प्रसाद चौरसीया को उम्मेदवारि कस्तो लागयो ?


