व्यवसायी सन्तोष संसदीय प्रतिस्पर्धामा
विभिन्न पेसा-व्यवसायमा लागेर काम गर्दै आएका विष्ट पहिलो पटक संसदीय चुनावमा उम्मेदवार बनेका छन् ।
सन्तोष विष्ट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । २०४२ साल वैशाख १४ गते मकवानपुरमा जन्मिएका विष्ट पहिलो पटक संसदीय चुनावमा उम्मेदवार बनेका हुन् ।
उनी थाहा नगरपालिका-३ का स्थायी बासिन्दा हुन् । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गरेका विष्ट २०५६ सालदेखि राजनीतिमा छन् । उनी माओवादी आन्दोलनमा संलग्न भएर राजनीतिमा जोडिएका हुन् ।
२०६१ सालमा उनी गिरफ्तारीमा परे । २०६३ सालको जनआन्दोलनपछि जेलबाट रिहा भए ।
२०६९ सालमा विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्ष भए । २०७० सालमा तत्कालीन माओवादी केन्द्रको केन्द्रीय सदस्य भएका विष्ट २०७३ सालमा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य भए । २०७८ मा तत्कालीन माओवादी केन्द्रको केन्द्रीय सदस्य भए ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरू मिलेर नेपाल कम्युनिस्ट पार्टी बनेपछि विष्ट त्यसमा सामेल भएनन् । उनी नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीमा आवद्ध भए र हाल नवगठित प्रलोपाको केन्द्रीय सदस्य छन् ।
राजनीति सँगसँगै विभिन्न पेसा-व्यवसायमा संलग्न रहँदै आएका उनले २०६५ सालमै समृद्धि ट्रेडर्स खोलेका थिए ।
उनले २०७१ सालमा पाठशाला प्रकाशन प्रालि गठन गरे । जसमार्फत शैक्षिकपत्र मासिक प्रकाशन गर्ने, अनलाइन पोर्टल चलाउने काम गर्दै आएका छन् ।
२०७४ सालमा गोरखनाथ बालुपा प्रशोधन केन्द्र प्रालि गठन गरे । जसमार्फत थाहा नगरपालिकामा वासिङ प्लान्ट राखेर बालुवा, माटो प्रशोधन र उत्पादन गर्दै आएका छन् । विष्टको रोडा-ढुंगा उद्योग पनि छ ।
देशका विभिन्न ठाउँमा खानीसम्बन्धी काम गर्नका लागि उनले इथोस माइनिङ इन्डस्ट्रिज खोलेका छन् । जसमार्फत टायल उद्योगमा कमेरो माटो आपूर्ति गर्दै आएका छन् ।
विभिन्न पेसा-व्यवसायमा लागेर काम गर्दै आएका उनै विष्ट अहिले मकवानपुर-२ बाट चुनावमा होमिएका छन् ।
अनुकूलता
· लामो राजनीतिक अनुभव
· स्थानीय जरा र पहिचान
· व्यावसायिक र व्यवस्थापकीय क्षमता
प्रतिकूलता
· नयाँ र सानो दलको उम्मेदवार
· पहिलो संसदीय चुनाव
· दल परिवर्तनको आलोचना
सन्तोष विष्ट को उम्मेदवारि कस्तो लागयो ?



