Home Candidate सुनिल के.सी.

सडकदेखि संसद्सम्मको दाबी

काठमाडौं - २ उम्मेदवार

सुनिल के.सी.

राष्ट्रिय स्वतन्त्र पार्टी
पुरुष , ४३ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

देशको अवस्था, समस्या, भ्रष्टाचार, बेथिति हटाउन उम्मेदवारी दिएको उनको दाबी छ ।

000

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं क्षेत्र नम्बर २ मा सुनिल केसीलाई उम्मेदवार बनाएको छ । राप्रपाका बागमती प्रदेश सभा सदस्य रहेका केसीलाई प्रदेशबाट राजीनामा दिन लगाएर प्रतिनिधिसभाको उम्मेदवार बनाएको हो ।

२०७९ को चुनावमा यो क्षेत्रबाट रास्वपाकी सोविता गौतम निर्वाचित भएकी थिइन् ।

सोविता चितवन गएपछि केसीलाई रास्वपाले उम्मेदवार बनाएको हो ।

रास्वपाको विचारसँग टाढा रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध केसीलाई पार्टीमा भित्राएका उम्मेवार हो ।

गत निर्वाचनमा प्रदेश सभामा राप्रपाबाट सदस्य बनेका केसी काठमाडौं–२ (क) बाट जितेका थिए । उनले टिकट पाउनुमा काठमाडौंका पूर्वमेयर बालेन शाहसँग निकट रहेकाले हो । 

४३ वर्षीय केसी कोटेश्वर निवासी हुन् । जनताका कामका लागि सडकमै ररिरहने व्यक्ति आफू भएको दाबी गर्दै केसीले त्यही कारण काठमाडौंका पूर्व मेयर बालेनसँग नजिकिएको प्रतिक्रिया दिए ।

जनताको समस्यामा हातेमालो गर्ने आफ्नो उद्देश्य रहेको उनले सुनाए । जनताको घरदैलोबाट कहिले पनि नहराउने उम्मेदवारको रुपमा आफूलाई दाबी गरे ।

‘म बोलेर देश बन्दैन । काम गरेर देश बनाउन सकिनेमा विश्वास गर्ने व्यक्ति हुँ,’ उनले भने ।

प्लस टुसम्म अध्ययन गरेका केसी फुटबल क्लब ‘सामाजिक युवा क्लब’ मा आवद्ध रहेर काम गरेका छन् ।  देशको अवस्था, समस्या, भ्रष्टाचार, विथिति हटाउन उम्मेदवारी दिएको उनको दाबी छ ।

काठमाडौं-२ मा एमालेका मणिराम फुँयाल, काग्रेसका कबिर शर्मा, रास्वपाका सुनिल केसी, राप्रपाकी कुन्तीदेवी पोखरेल लगायतका उम्मेदवार प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा ८८ हजार ७०८ मतदाता छन् ।

२०७९ को चुनावमा काठमाडौं-२ बाट रास्वपाकी सोविता गौतमले १५ हजार २३८ मत लयार विजयी भएकी थिइन् ।

एमालेका मणिराम फुँयालले ११ हजार ५६६, राप्रपाकी कुन्ती पोखरेलले ११ हजार २४ र तत्कालीन माओवादी केन्द्रकी ओनसरी घर्तीले ९ हजार ४५९ मत ल्याएकी थिइन् । 

अनुकूलता

  • क्षेत्रीय परिचय र सक्रियता
  • गत निर्वाचनको रास्वपा लहर
  • बालेन शाहसँगको निकटता

प्रतिकूलता

  • रास्वपाको विचारसँग टाढा रहेको राप्रपाबाट आएका उम्मेदवार
  • प्रदेशसभा सदस्य पद छोडेर संघीय चुनावमा आउनु अवसरवादको आरोप लाग्न सक्ने।
  • सीमित औपचारिक राजनीतिक अनुभव

 

 

 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

सुनिल के.सी. को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित