वडाअध्यक्ष त्यागेर संघीय सांसद बन्ने दौड
राष्ट्रिय स्वतन्त्र पार्टीले पर्सा क्षेत्र–२ बाट सुशीलकुमार कानुलाई उम्मेदवार बनाएको छ। ३६ वर्षिय कानु वीरगन्ज महानगरपालिका, घडिअर्वा क्षेत्रका स्थानीय हुन्। त्रिभुवन विश्वविद्यालयबाट प्लस–टू उत्तीर्ण गरेका उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा जसपाबाट वीरगन्ज महानगरपालिका–१० का वडाध्यक्ष निर्वाचित भएका थिए।
यस पटक कानु पार्टी परिवर्तन गर्दै रास्वपाबाट संघीय निर्वाचनमा होमिएका छन् । त्यसका लागि उनले वडाध्यक्ष पदबाट राजीनामा दिएका थिए।
उनको राजनीतिक यात्रा तत्कालिन मधेशी जनअधिकार फोरमबाट सुरु भएको हो। २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उनी वडा–१० बाट उम्मेदवार भएका थिए र उपविजेता बनेका थिए। त्यसपछि वीरगन्ज महानगरपालिका कार्यपालिका सदस्यमा विजयी भएर काम गरे।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पर्सा–२ मा रास्वपाको उपस्थिति कमजोर थियो । त्यतिबेला रास्वपाबाट उम्मेदवार बनेका दिपराज पटेलले ९७१ मत मात्र पाएका थिए ।
स्थानीय तह निर्वाचनमा विजयी भइसकेका उम्मेदवारलाई मैदानमा उतार्दै रास्वपाले ठूलो र स्थापित दलविरुद्ध बलियो दावेदारी पेश गरेको छ ।
कानु २०६२/६३ देखि राजनीतिक आन्दोलनमा सक्रिय छन् र मधेश आन्दोलनमा समेत सहभागी थिए। अहिले उनी मधेश केन्द्रित राजनीतिबाट राष्ट्रिय अभियानमा जोडिएका छन्।
अनुकूलता
• स्थानीय चुनाव जित्ने अनुभव
• वीरगन्ज महानगरपालिका–१० वडाध्यक्ष र कार्यपालिका सदस्य भएर निर्वाचित
• २०६२/६३ को जनआन्दोलनदेखि मधेश आन्दोलनसम्म सक्रिय, राजनीतिक संघर्षमा अनुभव
प्रतिकूलता
• पार्टी परिवर्तनको असर
• मधेशी जनअधिकार फोरम/संघीय समाजवादी–जसपाबाट रास्वपामा आएका, स्थिरता र विश्वासको प्रश्न
• संघीय अनुभवको कमी
• संघीय तहको विधायकी, कानुन निर्माण र राष्ट्रिय नीतिगत बहसमा प्रत्यक्ष अनुभव कम
सुशीलकुमार कानु को उम्मेदवारि कस्तो लागयो ?




