तेस्रो पटक संसद् पुग्ने चाहना
२०७९ मंसिरमा प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेको केही महिनामै डा. चन्द्रकान्त भण्डारी ठूलो दुर्घटनामा परे । काठमाडौं, बुद्धनगरस्थित निवासमा ग्यास लिक भएर आगलागी हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भए । आमाको उपचारको क्रममा निधन भयो । भारतमा लामो उपचारपछि भण्डारी फर्किए ।
गुल्मीको छत्रकोट, हुँगा गाउँमा २०१८ सालमा जन्मिएका डा. भण्डारी किशोरावस्थामै नेपाली कांग्रेसप्रति आकर्षित भए । उनी २०३३ बाट कांग्रेसको गतिविधिमा सक्रिय हुन थाले ।
पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा पक्राउ परेर पाँच वर्ष जेल जीवन बिताएका उनी २०३६ र २०४६ को आन्दोलनमा सहभागी थिए ।
२०४८ सालमा नेपाल विद्यार्थी संघको महामन्त्रीको जिम्मेवारीमा पुगेका भण्डारी २०६७ पछि निरन्तर पार्टीको केन्द्रीय सदस्य छन् । उनी २०७८ मंसिरमा सम्पन्न १४औं महाधिवेशनमा उप–सभापतिमा उठेर पराजित भएका थिए ।
भण्डारीले २०६४, २०७०, २०७४ र २०७९ राष्ट्रिय निर्वाचनमा उम्मेदवारी दिए । २०६४ र २०७४ मा एमालेका प्रदीप ज्ञवालीसँग पराजित भए । २०७० र २०७९ मा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तिनै ज्ञवाली थिए ।
२०७९ मा भण्डारीले माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ पाएका थिए । त्यतिबेला ३३ हजार ७४४ मत पाएर उनी विजयी हुँदा ज्ञवालीले ३२ हजार १५२ भोट ल्याएका थिए ।
भण्डारीले एमालेका ज्ञवालीसँग पाँचौं पटक प्रतिस्पर्धा गर्दैछन् । नेपाली कम्युनिष्ट पार्टीबाट सुदर्शन बराल र रास्वपाबाट सागर ढकाल उठेका छन् ।
राजनीतिक स्वभाव र शैली
स्पष्ट वक्ता
उनी पार्टी नेतृत्वको आलोचना गर्न नडराउने र संसदमा राष्ट्रियता, जनजीविका र भ्रष्टाचारका विषयमा खरो उत्रने नेता मानिन्छन् ।
बौद्धिक पृष्ठभूमि
समाजशास्त्र/मानवशास्त्रमा विद्यावारिधि गरेका भण्डारी भाषणमा इतिहास र दर्शनको गहिरो सन्दर्भ जोड्न रुचाउँछन् ।
संघर्षशील
पञ्चायतकालमा ५ वर्ष जेल जीवन बिताएको र नेविसंघको महामन्त्री भएर विद्यार्थी आन्दोलन हाँकेको इतिहास।
जीवन संघर्ष
२०७९ मा ग्यास लिक भएर आगलागीमा परी आमा गुमाएको र आफैं मृत्युको मुखबाट फर्किएको घटनाले उनको जीवनप्रतिको दृष्टिकोण अझ परिपक्व र जनताप्रति समर्पित बनाएको छ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०६४ साल | गुल्मी-२ | प्रदीप ज्ञवाली | २३२५३ | २११०१ | २१५२ | पराजित |
| २०७० साल | गुल्मी-२ | प्रदीप ज्ञवाली | १८६८१ | २११८९ | २५०८ |
|
| २०७४ साल | गुल्मी-१ | प्रदीप ज्ञवाली | ३७८१४ | ३०२५६ | ७५५८ | पराजित |
| २०७९ साल | गुल्मी-१ | प्रदीप ज्ञवाली | ३२१५२ | ३३७४४ | १५९२ |
|
राजनीतिक टाइमलाइन
किशोरावस्थामै जेल
कांग्रेस राजनीतिमा सक्रिय (किशोरावस्थादेखि नै)। २०३६/२०४६: लोकतान्त्रिक आन्दोलनमा सक्रिय सहभागिता। पञ्चायत विरुद्ध लड्दा ५ वर्ष जेल।
विद्यार्थी राजनीतिको नेतृत्व
नेपाल विद्यार्थी संघ (नेविसंघ) को महामन्त्री।
गुल्मीबाट उम्मेदवार, तर एमालेका प्रदीप ज्ञवालीसँग पराजित।
पार्टी केन्द्रमा इन्ट्री
नेपाली कांग्रेसको केन्द्रीय सदस्य (निरन्तर)।
हार-जित
२०६४ (संविधानसभा-१) : गुल्मीबाट प्रदीप ज्ञवालीलाई हराउँदै विजयी। २०७० (संविधानसभा-२): वाम गठबन्धनका प्रदीप ज्ञवालीसँग पराजित।
चुनावी जय-पराजय
२०७४ : वाम गठबन्धनका प्रदीप ज्ञवालीसँग पराजित। २०७९ : गुल्मी–१ बाट प्रदीप ज्ञवालीलाई हराउँदै विजयी।
पार्टीमा पनि पराजित
कांग्रेसको १४औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी, तर पराजित।
चन्द्रकान्त भण्डारी को उम्मेदवारि कस्तो लागयो ?


