व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा
नेपालगञ्ज उपमहानगरपालिका–१, धम्बोझीका विवेककुमार श्रेष्ठ २०३८ सालमा जन्मिएका हुन् । वाणिज्य शास्त्रमा स्नातक गरेका उनी व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् ।
बेष्टर्न अटो, सिद्धार्थ लिंक लगायत व्यापारिक फर्मको प्रबन्ध निर्देशक भएर काम गरेका उनले नेपाल अटो मोबाइल एशोसिएसन लुम्बिनी प्रदेशको सचिव भएर काम गरेका छन् ।
स्थापनाकालदेखि नै रास्वपामा सक्रिय श्रेष्ठ नेपालगञ्जमा पार्टीको संगठन निर्माणमा निरन्तर क्रियाशील छन् । उनी बाँके–२ का रास्वपाको संस्थापक सभापति हुन् ।
२०७९ मा यो क्षेत्रमा एमाले–राप्रपा गठबन्धनका उम्मेदवार धवलशमशेर राणा २९ हजार ५७७ मत ल्याएर निर्वाचित हुँदा रास्वपाका विनोद अग्रहरीले १ हजार ३३३ मत प्राप्त गरेका थिए । समानुपातिकतर्फ रास्वपाले ४ हजार १०३ मत ल्याएको थियो ।
बाँके–२ मा १ लाख ८ हजार २९० मतदाता छन् । २१ फागुनको निर्वाचनका लागि एमालेले पूर्व मन्त्री इस्तियाक राई, नेपाली कांग्रेसले सुधान्सु कोइराला, नेपाली कम्युनिष्ट पार्टीले दिपेन्द्र श्रेष्ठ, राप्रपाले ऋषिराज देवकोटा, जनता समाजवादी पार्टी, नेपालले कमरुद्दीन राईलाई उम्मेदवार बनाएको छ ।
युवाहरू बीच लोकप्रिय तथा राम्रो सञ्चार कौशल भए पनि श्रेष्ठले जित निकाल्न भने फलामकै चिउरा चपाउनुपर्ने देखिन्छ ।
कृष्ण अधिकारी
विवेक कुमार श्रेष्ठ को उम्मेदवारि कस्तो लागयो ?



