पूर्णबहादुर खड्का नेपाली कांग्रेस, सुर्खेत - १ पुरुष , ६६ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का बहुदल पुनस्र्थापना भएपछि २०४८, २०५१ र २०५६ सालको आम निर्वाचन जितेर लगातार सांसद, मन्त्री भए ।

नेकपा (माओवादी)को लहर चलेको २०६४ मा भने खड्काले संविधानसभामा पुग्ने समानुपातिकको बाटो रोजे । माओवादीको प्रभाव घटेको २०७० सालमा फेरि प्रत्यक्ष निर्वाचन जितेरै दोस्रो संविधानसभामा पुगे उनी ।

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि संघीय नेपालको पहिलो आमनिर्वाचन (२०७४)मा भने उनले हारको पहिलो चोट खेपे, नेकपा ((एमाले)का ध्रुवकुमार शाहीबाट । त्यो बेला वाम गठबन्धनका उम्मेदवार शाहीले खड्कालाई ३ हजार ३८२ मतले पराजित गरेका थिए ।

पूर्वगृहमन्त्री समेत रहेका खड्का चुनावमा उठ्ने भनेको सुर्खेत क्षेत्र नं. १ बाटै हो ।  आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी यहींबाट छैटौं पटक उम्मेदवार बनेका छन् । सुर्खेतमा जन्मिएका ६७ वर्षीय खड्का अर्थशास्त्रमा स्नातकोत्तर हुन् ।

२०३१ सालबाट राजनीतिमा आएका खड्का २४ वर्षको उमेरमा २०३४ सालमा नेपाली कांग्रेसको सुर्खेत जिल्ला सभापति भएका थिए । जनमत संग्रहमा बहुदलको हारपछि २०३७ सालमा भएको पंचायती चुनावमा वीरेन्द्रनगर नगरपंचायतको प्रधानपञ्च जितेका खड्का निर्दलीय व्यवस्था स्वीकार्न नमान्दा ६ महिनामै अपदस्थ भए ।

पंचायती व्यवस्था विरुद्धको आन्दोलनको क्रममा पटक–पटक समातिएर करिब ५ महिना हिरासतमा बिताएका खड्का बहुदल पुनस्र्थापनापछि कांग्रेसभित्रको राजनीतिमा कृष्णप्रसाद भट्टराई नजिक भए । २०४८ पछि उनी दुईपटक गृहमन्त्री, दुईपटक युवा तथा खेलकुद मन्त्री, एक–एक पटक सञ्चार र उद्योग तथा वाणिज्य मन्त्री भए ।   

कांग्रेसको १०औं महाधिवेशनसम्म मध्यपश्चिमबाट एक जना मात्र केन्द्रीय सदस्य हुने व्यवस्था थियो । १०औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उठेर सुशील कोइरालासँग पराजित भएका खड्का पार्टी फुटेर प्रजातान्त्रिक कांग्रेस बनेपछि केन्द्रीय सदस्य भए । १३औं महाधिवेशनमा महामन्त्री बनेका उनी १४औं महाधिवेशनमा पार्टी उपसभापतिमा विजयी भए ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्रमध्येका एक खड्का कर्णालीबाट कांग्रेस पदाधिकारी बन्ने पहिलो नेता हुन् ।  

अनुकूलता–प्रतिकूलता

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार ध्रुवकुमार शाहीले ३६ हजार ७५९ मत ल्याउँदा कांग्रेसका खड्काले ३३ हजार ३७७ मत पाएका थिए ।

यो पटक खड्का पाँचदलीय सत्ता गठबन्धनका साझा उम्मेदवार छन् । उनीसँग एमालेका उनै शाही प्रतिस्पर्धा गर्दैछन्, तर एकल बलमा ।

पूर्वी सुर्खेतका ५ पालिकासहित वीरेन्द्रनगरका २ वडा रहेको सुर्खेत १ मा गत ३० वैशाखको स्थानीय निर्वाचनमा कांग्रेसले २ र एमालेले ३ पालिका जितेका छन् । वीरेन्द्रनगरका दुईमध्ये एक वडामा एमाले र अर्कोमा कांग्रेसले जितेको छ ।

सुर्खेत–१ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा कांग्रेस अगाडि छ । कांग्रेसले ३५ हजार ८५६, एमालेले ३३ हजार ९०५, नेकपा (माओवादी केन्द्र)ले ५ हजार ५ र स्वतन्त्र उम्मेदवारहरूले १ हजार २७९ मत पाएका छन् ।

स्थानीय तहको यो चुनावी नतिजाले आउँदो ४ मंसिरको निर्वाचनबाट एमालेका शाहीलाई दोस्रो पटक सांसद बन्नभन्दा कांग्रेसका खड्कालाई छैटौं पटक सांसद हुन सहज रहेको देखाउँछ । उनले गठबन्धनको मत जोगाए पुग्ने देखिन्छ ।

Full Read

सुर्खेत - १ का उम्मेदवारहरु

२०७९ २०७४
पूर्णबहादुर खड्का
सुर्खेत, सुर्खेत - १
बर्ष: ६६, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी ४२६०७
ध्रुवकुमार शाही
सुर्खेत, सुर्खेत - १
बर्ष: ५२, पुरुष
गठबन्धन: एमाले गठबन्धन
३०९८८
मोहम्मद हसरत अली
सुर्खेत, सुर्खेत - १
बर्ष: ३२, पुरुष
गठबन्धन:
८९७
छत्रपति थापा क्षेत्री
सुर्खेत, सुर्खेत - १
बर्ष: ६७, पुरुष
गठबन्धन:
६५३
कर्ण बहादुर थापा
सुर्खेत, सुर्खेत - १
बर्ष: ६१, पुरुष
गठबन्धन:
३५०
प्रेम कुमार थापा
सुर्खेत, सुर्खेत - १
बर्ष: ४६, पुरुष
गठबन्धन:
५९
जिवन चन्द
सुर्खेत, सुर्खेत - १
बर्ष: ३३, पुरुष
गठबन्धन:
३२
शेर वहादुर घर्तीमगर
सुर्खेत, सुर्खेत - १
बर्ष: ४८, पुरुष
गठबन्धन:
२९
ध्रुवकुमार शाही
सुर्खेत , सुर्खेत - १
बर्ष: ४७ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी ३६७५९ मत
पूर्ण बहादुर खड्का
सुर्खेत , सुर्खेत - १
बर्ष: ६१ , पुरुष
गठबन्धन:
धन विर कामी
सुर्खेत , सुर्खेत - १
बर्ष: ५० , पुरुष
गठबन्धन:
रेशम कुमार राना
सुर्खेत , सुर्खेत - १
बर्ष: ३९ , पुरुष
गठबन्धन:
रम्मा आचार्य
सुर्खेत , सुर्खेत - १
बर्ष: २७ , महिला
गठबन्धन:

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >