डा.प्रणय शम्शेर राणा राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं - ५ पुरुष , ३८ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

डा. प्रणयशमशेर राणा राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । काठमाडौंमै जन्मे–हुर्केका उनी २०५८ सालमा सैनिक महाविद्यालयबाट कक्षा १२ सकेपछि नेपाली सेनामा भर्ती भएका थिए ।

माओवादी द्वन्द्वको समयमा राणा सेनाको १० नम्बर बाहिनी विशेष फौजमा थिए । अग्रपंक्तिमा खट्ने फौजमा सामेल उनी अर्घाखाँची, रोल्पा, जाजरकोट, कपिलवस्तु, नवलपरासीलगायत ठाउँमा भएका ठूल्ठूला भिडन्तमा परे ।

‘अहिले पनि हातखुट्टामा चोटका दागहरू छन्’ उनी भन्छन्, ‘भाग्यवश, योभन्दा बढी केही भएन ।’

त्यसपछि उनले सेना छाडेर द्वन्द्व व्यवस्थापनविज्ञ बन्ने बाटो रोजे । उनी अध्ययनका लागि राजिनामा गरेर अमेरिकाको सेन्टर अफ डिजिज् कन्ट्रोल (सीडीसी) पुगे ।

सीडीसीको अध्ययनलाई विश्वभरका मुलुकले महत्वपूर्ण मान्छन् । प्रतिकार्यको तयारी त्यसमै आधारित हुन्छ । त्यस्तो महत्वपूर्ण ठाउँमा काम पाएका राणा कोरोना महामारीका बेला नेपाल फर्किए ।

‘फेसबुक र समाचारहरूमा हरेक दिन आफ्नो देश कोभिडले आक्रान्त भएको देख्थें’ राणा सम्झन्छन्, ‘अनि अमेरिका बसिराख्न मन मानेन ।’

सीडीसीको कामले उनलाई अन्तर्राष्ट्रिय दातृ निकायहरूमा चिनाएको थियो । त्यसैले स्वदेश फर्केर सहयोग जुटाउन सक्छु भन्ने आँट भयो ।

नेपाल आएपछि उनले विभिन्न संस्थासँग जोडिएर सातवटै प्रदेशमा मास्क, पीपीई, भेन्टिलेटर, अक्सिजन सिलिण्डर वितरण गर्ने अभियान चलाए । त्यसबेला पैसा माग्दा पारदर्शितामा प्रश्न उठ्ला भनेर सामान नै मगाएको उनी बताउँछन् ।

कोरोनाको डेल्टा भेरियन्ट फैलिएर नेपालमा दैनिक २०० जनासम्मको ज्यान गइरहेको बेला उनले कोभिड कन्सल्टेन्सी चलाए । ‘प्रहरी, सेना र देश–विदेशका डाक्टरहरूको भाइबर ग्रुप बनाएर समस्यामा परेका जो कोहीलाई परामर्श दिने व्यवस्था गरें’, उनी भन्छन् ।

सीडीसीमा काम गर्दै स्नातकोत्तर सकेपछि उनले तत्कालीन राष्ट्रपति बाराक ओबामाले थालेको ‘ओबामा केयर’ र ‘शरणार्थी पुनर्वास कार्यक्रम’ मा पनि काम गर्न पाएका थिए । त्यही आधारमा उनले पुनर्वास परिमार्जनको विषयमा विद्यावारिधि गरे ।

नेपाल फर्किएपछि डा. राणाले नीति निर्माण तहमा योग्य मानिसको कमी देखे । ‘वागमती प्रदेशमा पाँच वर्षमा जम्मा ४५ वटा नीति बन्नु त्यसको एउटा उदाहरण हो’ उनी भन्छन्, ‘यो कारण पनि म संसदमा जान चाहेको हुँ ।’

उनी पढाइ र नीति निर्माणमा बाहिर गरेको कामको अनुभवलाई नेपालमा उपयोग गर्न चाहन्छन् ।

‘भर्खरै गरेको एउटा अनुसन्धानमा ¥यान्डम स्याम्पलिङ गरेर हेर्दा काठमाडौंका अधिकांश फार्मेसीमा लाइसेन्स नभएका फार्मेसिस्ट बस्ने गरेको देखियो’ डा. राणा भन्छन्, ‘उता स्वास्थ्य बीमाले सानो रोग र ठूलो रोग छुट्याएकै छैन । ठूलो रोगको उपचारमा १५–२० लाख खर्च लाग्छ । यस्ता नीतिगत विषयहरूमा आवाज उठाउन चाहन्छु ।’

चुनावी अंकगणित

गत स्थानीय निर्वाचनमा काठमाडौं–५ मा नेकपा (एमाले)का वडाअध्यक्षले १९ हजार २२९, नेपाली कांग्रेसले १४ हजार ५३२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २ हजार ७३९, नेकपा (एकीकृत समाजवादी)ले १ हजार ५५३ र नेकपा (माओवादी केन्द्र)ले १ हजार १३९ मत पाएका छन् ।

एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उठेका छन् । चुनावी चालका अनुभवी उनले २ हजार ७३९ मत भएको राप्रपालाई आफ्नो समर्थक बनाइसकेका छन् ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल चुनावी मैदानमा छन् । अघिल्लो स्थानीय तह चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा हारे पनि राम्रो मत पाएकी रञ्जु दर्शना पनि यसपटक यही क्षेत्रबाट प्रतिनिधिसभामा उठेकी छन् ।

यस हिसाबले हेर्दा डा. राणाको सांसद बन्ने सपना पूरा हुन त्यति सहज देखिंदैन ।  

Full Read

काठमाडौं - ५ का उम्मेदवारहरु

२०७९ २०७४
प्रदीप पौडेल
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४७, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी १५२६९
ईश्वर पोखरेल
काठमाडौं, काठमाडौं - ५
बर्ष: ६८, पुरुष
गठबन्धन: एमाले गठबन्धन
१०१९०
डा.प्रणय शम्शेर राणा
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३८, पुरुष
गठबन्धन:
५४७७
राम प्रसाद उप्रेती
काठमाडौं, काठमाडौं - ५
बर्ष: ६४, पुरुष
गठबन्धन:
३१६२
भिमबहादुर मगर
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४६, पुरुष
गठबन्धन:
१३१
दानिन्द्र जोशी
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४६, पुरुष
गठबन्धन:
३७
शैलेश डंगोल
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४०, पुरुष
गठबन्धन:
११२२
मधु सुदन पाठक
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३४, पुरुष
गठबन्धन:
३६४
राम कृष्ण परियार
काठमाडौं, काठमाडौं - ५
बर्ष: ५२, पुरुष
गठबन्धन:
३८
सागर ख्रडका
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३७, पुरुष
गठबन्धन:
११०
लवली थापा
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३८, महिला
गठबन्धन:
२९
राजु विष्ट
काठमाडौं, काठमाडौं - ५
बर्ष: ५४, पुरुष
गठबन्धन:
४८
श्रीराम गुरुङ
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३९, पुरुष
गठबन्धन:
२७६१
विनिता अर्याल
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३१, महिला
गठबन्धन:
२५
बाबु राम पोखरेल
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४५, पुरुष
गठबन्धन:
१२
गोपीलाल न्यौपाने
काठमाडौं, काठमाडौं - ५
बर्ष: ५७, पुरुष
गठबन्धन:
९३
सुशान्त श्रेष्ठ
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३३, पुरुष
गठबन्धन:
१९८
कृष्ण राज श्रेष्ठ
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४६, पुरुष
गठबन्धन:
बिजय कंडेल
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३८, पुरुष
गठबन्धन:
१६७
शान्तिराम पाण्डे
काठमाडौं, काठमाडौं - ५
बर्ष: ६१, पुरुष
गठबन्धन:
२०
कुमार कोइराला
काठमाडौं, काठमाडौं - ५
बर्ष: ५३, पुरुष
गठबन्धन:
नारायण प्रसाद दाहाल
काठमाडौं, काठमाडौं - ५
बर्ष: ६०, पुरुष
गठबन्धन:
रन्‍जु दर्शना
काठमाडौं, काठमाडौं - ५
बर्ष: २७, महिला
गठबन्धन:
शैलेन्द्र बस्नेत
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४०, पुरुष
गठबन्धन:
८२
हेमराज थापा
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३०, पुरुष
गठबन्धन:
२४४६
रमेश केसी
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४४, पुरुष
गठबन्धन:
२१६
टिक माया गुरुङ्ग
काठमाडौं, काठमाडौं - ५
बर्ष: ५७, महिला
गठबन्धन:
८५
दिपक सिंह
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४६, पुरुष
गठबन्धन:
३९
इश्वर पोखरेल
काठमाडौं , काठमाडौं - ५
बर्ष: ६३ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी २३०२९ मत
प्रकाश शरण महत
काठमाडौं , काठमाडौं - ५
बर्ष: ५८ , पुरुष
गठबन्धन:
उज्वल बहादुर थापा
काठमाडौं , काठमाडौं - ५
बर्ष: ४० , पुरुष
गठबन्धन:
शारदा मल्ल राजभण्डारी
काठमाडौं , काठमाडौं - ५
बर्ष: ५७ , महिला
गठबन्धन:
लक्ष्मी राई
काठमाडौं , काठमाडौं - ५
बर्ष: ५० , महिला
गठबन्धन:
रमा विष्‍ट
काठमाडौं , काठमाडौं - ५
बर्ष: ५२ , महिला
गठबन्धन:
गीता भट्टराई
काठमाडौं , काठमाडौं - ५
बर्ष: ५३ , महिला
गठबन्धन:
भरत कुमार राई
काठमाडौं , काठमाडौं - ५
बर्ष: ३२ , पुरुष
गठबन्धन:

चुनावी समाचार