Home Candidate बदन कुमार भण्डारी

समाजसेवा, उद्यम र पारदर्शिताको एजेन्डा बोकेर प्रतिस्पर्धामा

काभ्रे - २ उम्मेदवार

बदन कुमार भण्डारी

राष्ट्रिय स्वतन्त्र पार्टी
पुरुष , ३३ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

संघर्षबाट उठेका युवा व्यवसायी तथा सामाजिक अभियन्ता बदन भण्डारी रास्वपाबाट काभ्रे-२ मा पारदर्शी र जनमुखी राजनीतिका एजेन्डासहित चुनावी प्रतिस्पर्धामा छन् ।

०००

राष्ट्रिय स्वतन्त्र पार्टीबाट काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार हुन् बदन भण्डारी । भुम्लु गाउँपालिका-२, सिम्थलीमा पिता चुराबहादुर भण्डारी र माता चमेली भण्डारीको कोखमा जन्मिएका बदन निम्नवर्गीय परिवारबाट संघर्ष गर्दै अघि बढिरहेका छन् ।

संघर्ष, मिहिनेत र आत्मविश्वासका साथ अघि बढिरहेका भण्डारी इ-कमर्स व्यवसायी तथा अनुभवी मिडियाकर्मीका रूपमा परिचित छन् । कैलासकुट बहुमुखी क्याम्पस, मित्रपार्क (काठमाडौं) बाट स्नातक (बीए) उत्तीर्ण गरेका भण्डारी २०४९ सालमा जन्मिएका हुन् ।

उनको राजनीतिक यात्रा नेकपा एमालेको विद्यार्थी संगठनबाट सुरु भएको हो । पछि माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएपछि उनी सो पार्टीको काभ्रेपलाञ्चोक विद्यार्थी संयोजक बने  ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र उनकी पत्नी निकितासँग व्यावसायिक सम्बन्ध जोडिएपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका हुन् । हाल उनी पार्टीको केन्द्रीय सार्वजनिक मामिला विभाग सचिवको जिम्मेवारीमा छन् ।

सामाजिक सेवामा पनि सक्रिय भण्डारी लायन्स क्लबमार्फत २०७२ सालको भूकम्प, कोरोना महामारी, बाढीपहिरोलगायत विपद्का समयमा राहत सामग्री वितरणमा अग्रपंक्तिमा खटिएका थिए ।

जनताको पीडामा साथ दिने व्यावहारिक नेतृत्व, सेवा, पारदर्शिता र उत्तरदायित्वमा आधारित राजनीति, सामाजिक न्याय, अवसरको समानता र समावेशी विकासमा उनी दृढ विश्वास राख्छन् ।  

युवा, श्रमिक वर्ग र उपेक्षित समुदायको आवाज बुलन्द गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनी जनमुखी, उत्तरदायी र पारदर्शी शासन प्रणाली आवश्यक रहेको बताउँछन् ।

स्थानीय आवश्यकताअनुसार विकास, रोजगारी सिर्जना, युवालाई उद्यमशिलता र अवसरसँग जोड्ने नीति तथा समाजका सबै वर्गका लागि न्याय र सम्मान सुनिश्चित गर्ने राजनीतिमा आफू लाग्ने उनको भनाइ छ ।

अनुकूलता

  • संघर्षबाट उठेको पृष्ठभूमि र युवा पुस्तासँग नजिकको सम्बन्ध
  • व्यवसाय, मिडिया र सामाजिक सेवाको व्यावहारिक अनुभव
  • वैकल्पिक राजनीतिप्रति आकर्षण बढ्दो दलको प्रतिनिधित्व

प्रतिकूलता

  • प्रतिनिधिसभा निर्वाचनको पहिलो अनुभव
  • परम्परागत दलहरूसँग संगठनात्मक प्रतिस्पर्धा
  • सीमित समयमै पार्टी विस्तार र परिचयको चुनौती
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

बदन कुमार भण्डारी को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित