शिक्षा, सामाजिक सेवा र संगठनबाट उदाएका नेता
नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि भैयाराम यादवलाई उम्मेदवार बनाएको छ। शिक्षा, सामाजिक सेवा र पार्टी संगठनमा लामो समयदेखि सक्रिय यादव यस पटक पहिलो पटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका हुन्।
बारा जिल्लाको महागढीमाई नगरपालिका–६, बेनौली स्थायी ठेगाना भएका यादवको जन्म वि.सं. २०३९ साल वैशाख १ गते भएको हो। रामगोविन्द राउत र लिखिया देवीका सुपुत्र यादवले स्नातक तहसम्मको अध्ययन गरेका छन्।
यादवले आफ्नो राजनीतिक यात्रा वि.सं. २०६२ सालमा वीरगञ्जस्थित ठाकुरराम क्याम्पसमा नेपाल विद्यार्थी संघको सचिवको जिम्मेवारी सम्हाल्दै सुरु गरेका थिए। २०६४ सालमा उनी नेविसंघ बारा जिल्ला समिति सदस्य बने । सोही वर्ष राष्ट्रिय रोजगार प्रवर्द्धन समितिको बारा जिल्ला सदस्य–सचिवको जिम्मेवारीसमेत उनले निर्वाह गरे।
पार्टी संगठनमा सक्रिय यादव २०७८ सालमा सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट बारा जिल्ला सचिवमा निर्वाचित भएका छन् ।
सामाजिक क्षेत्रमा पनि उनी निरन्तर सक्रिय रहँदै आएका छन्। २०६४ सालदेखि “जनजागरण युवा क्लब” नामक गैरसरकारी संस्थामार्फत सामाजिक चेतना अभिवृद्धिमा उनको योगदान रहँदै आएको छ।
व्यवसायिक जीवनमा शिक्षकसमेत रहेका यादवले २०७२ सालमा स्थायी शिक्षकका रूपमा सेवा सुरु गरेका थिए। २०७९ सालमा पूर्णकालीन रूपमा राजनीतिमा सक्रिय हुन शिक्षण पेशाबाट राजीनामा दिएका थिए।
यसअघि कुनै पनि संसदीय निर्वाचनमा उम्मेदवार नबनेका यादव यस पटक पहिलो पटक प्रतिनिधिसभा सदस्यका रूपमा उम्मेदवारी दिएका हुन्।
अनुकूलता
- शिक्षा र सामाजिक सेवाको अनुभव
- पार्टी संगठनमा बलियो भूमिका
- नयाँ सोच र ऊर्जा लिएर आएका उम्मेदवार
प्रतिकूलता
- प्रतिनिधिसभामा पहिलो पटक प्रतिस्पर्धा
- चुनावी परिचय विस्तारको आवश्यकता
- स्थापित र अनुभवी उम्मेदवारसँग प्रत्यक्ष भिडन्त
भैयाराम प्रसाद यादव को उम्मेदवारि कस्तो लागयो ?




