Home Candidate ज्ञानबहादुर शाही

२०७९ कै नतिजा दोहोर्‍याउने प्रयासमा ज्ञानेन्द्र

जुम्ला - १ उम्मेदवार

ज्ञानबहादुर शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी
पुरुष , ३४ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

अभिव्यक्तिकै कारण चर्चामा आइरहने नेता हुन् ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही । जुम्लाको सिञ्जा गाउँपालिकाको पिगीमा २०४८ सालमा जन्मिएका उनलाई राजनीतिमा कतिपयले भाइरल व्यक्तिको रूपमा चिन्दछन् ।

भ्रष्टाचार विरोधी अभियान भनेर गर्ने गतिविधिबाट पाएको समर्थन देखाउँदै उनी २०७९ मा जुम्लाबाट प्रत्यक्ष चुनाव लडे र जिते । सामाजिक सञ्जालबाट प्रभाव जमाउँदै राजनीतिमा स्थापित हुन सकेका ज्ञानेन्द्र शाही फेरि चुनाव जित्नेमा विश्वस्त छन् ।

‘वाइडबडी’ घोटालाजस्ता ठूला मुद्दाका विषयमा सामाजिक सञ्जालबाट आवाज उठाउँदै गर्दा उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरे । त्यसपछि पार्टीको प्रवक्ता समेत बने । २०७९ सालको प्रतिनिधिसभा सदस्यको चुनाव राप्रपाबाटै जिते ।

विजय भइसकेपछि उनले कर्णालीका स्थानीयसँगको सम्बन्ध अझ बलियो बनाउने प्रयास गरिराखे । संसद्मा आफूलाई देखिने र सुनिने गरी प्रस्तुत गरे । कर्णालीका समस्या उठाए । कर्णालीको स्याउलाई काठमाडौंमा ब्रान्डिङ गर्ने प्रयास गरे । यसलाई उनले आगामी निर्वाचन जित्ने प्रमुख आधार मानेका छन् ।

२०७९ को निर्वाचनमा शाही जुम्लाबाट २२ हजार ८१९ मत ल्याएर विजय भएका थिए । गोमा गौतम कुँवरलाई १० हजार ८६० मतान्तरले पराजित गर्दै शाही विजयी भएका थिए । त्यही नतिजा फेरि निकाल्ने प्रयासमा उनी छन् ।

तथापि, जुम्लामा चुनावी प्रतिस्प्रर्धा रोचक हुने आंकलन छ । किनभने, तत्कालीन माओवादीको गढ मानिने जुम्लामा कांग्रेसको प्रभाव उत्तिकै बलियो छ । नेकपा एमाले पनि चुनावी प्रतिस्पर्धामा रणनीतिसहित उत्रिएको छ ।

अनुकूलता :

२०७९ मा प्रत्यक्ष चुनाव जितेका र संसद्मा आफूलाई देखिने र सुनिने गरी प्रस्तुत गर्न सफल भएका उम्मेदवार हुन् ज्ञानेन्द्र शाही । उनले पार्टी संसदीय दलको प्रमुख सचेतक भएर काम गरे, पार्टीमा प्रवक्ताको भूमिका मार्फत पनि आफूलाई स्थापित गराउने अवसर पाए । कर्णालीको स्याउलाई काठमाडौंमा ब्रान्डिङ गर्ने प्रयास गरे ।

प्रतिकूलता :

चुनाव अघिका अधिकांश बाचा पूरा भएनन् भन्ने गुनासो सुनिन्छ । चुनाव जितेपछि जिल्लामा कम समय दिएको गुनासो पनि छ । विभिन्न समयमा अभिव्यक्तिका कारण विवादमा पर्ने गरेका छन् । तत्कालीन माओवादीको गढ मानिने जुम्लामा कांग्रेसको प्रभाव पनि बलियो छ । 

व्यक्तिगत विवरण

नाम : ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)

जन्म : २०४८

जन्मस्थान : जुम्ला

स्थायी ठेगाना : सिञ्जा गाउँपालिकाको पिगी, जुम्ला

राजनीतिक टाइमलाइन 

२०७९ : अभियन्ता हुँदै राप्रपा प्रवेश

२०७९ : राप्रपामा प्रवक्ताको जिम्मेवारी

२०७९ : प्रतिनिधिसभा सदस्य निर्वाचित

२०७९ : राप्रपा संसदीय दलको प्रमुख सचेतक

२०८२ : प्रतिनिधिसभा सदस्य उम्मेदवार 

 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

ज्ञानबहादुर शाही को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित