Home Candidate धनबहादुर घले

संविधानसभाको अनुभव पुनरागमनको अपेक्षा

धादिङ - २ उम्मेदवार

धनबहादुर घले

नेकपा एमाले
पुरुष , ५१ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

संविधानसभा सदस्यको अनुभव बोकेका धनबहादुर घले एमालेबाट धादिङ-२ मा पुनः विश्वास जित्ने चुनौतीसहित चुनावी मैदानमा छन् ।

०००

नेकपा एमालेले धादिङ निर्वाचन क्षेत्र नम्बर २ बाट धनबहादुर घलेलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ ।

पूर्व संविधानसभा सदस्यसमेत रहेका घलेको जन्म २०३१ साल कात्तिक २२ गते गंगाजमुना गाउँपालिका-६ मा भएको हो ।

उनका बुबा चन्द्रबहादुर घले र आमा सनमाया घले हुन् । परिवारमा चार दाजुभाइ र तीन दिदीबहिनीमध्ये उनी कान्छा छोरा हुन्। उनका दुई छोरा र एक छोरी छन् । प्रमाणपत्र तहसम्मको शिक्षा हासिल गरेका घलेले बद्री विशाल माध्यमिक विद्यालय, बुढाथुमबाट प्रारम्भिक शिक्षा लिएका थिए ।

पेसागत रूपमा २०५२ सालमा आरुबोटे प्राथमिक विद्यालयमा शिक्षकका रूपमा नियुक्त भएका घले २०६२ सालसम्म अध्यापनमा संलग्न रहे । त्यसपछि शिक्षकबाट राजीनामा दिँदै २०६२/०६३ को जनआन्दोलनसँगै पूर्ण रूपमा राजनीतिमा सक्रिय भएका थिए ।

घलेको राजनीतिक यात्रा २०४८ सालबाट सुरु भएको हो । सोही वर्ष बद्री विशाल माध्यमिक विद्यालय, बुढाथुममा अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्षको जिम्मेवारी सम्हालेका उनी २०४८ मै राष्ट्रिय युवा संघ नेपाल धादिङको जिल्ला कमिटी सदस्य बने ।

२०६३ सालमा साविक बसेरी गाविसको गाउँ पार्टी कमिटी अध्यक्ष भएका घले २०६७ सालमा राष्ट्रिय युवा संघ नेपाल धादिङको जिल्ला कमिटी उपाध्यक्ष चयन भए । २०६८ सालमा नेकपा एमाले क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटी अध्यक्ष बनेका उनी २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा सदस्य निर्वाचित भएका थिए ।

तत्कालीन धादिङ क्षेत्र नम्बर १ बाट एमाले उम्मेदवार बनेका घलेले ८ हजार ६६३ मत प्राप्त गरी विजयी भएका थिए भने नेपाली कांग्रेसका तिलक रुवाली ७ हजार ६५६ मतसहित दोस्रो भएका थिए ।

हाल घले नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यका रूपमा सक्रिय छन् । २०७९ सालको प्रदेशसभा निर्वाचनमा पनि उनी एमालेबाट प्रत्यासी बनेका थिए । पार्टीबाट टिकट पाएर उम्मेदवारी दर्ता गराए पनि एमाले धादिङले राप्रपासँग तालमेल गरेपछि उनको इच्छाविपरीत उम्मेदवारी फिर्ता लिइयो । त्यसपछि उनले पार्टी छाडेको घोषणा गर्दै केही समय निष्क्रिय रहे ।

एक वर्षपछि पुनः पार्टी जिम्मेवारीमा फर्किएका घलेलाई यस पटक एमालेले धादिङ-२ बाट उम्मेदवार बनाएको छ । पार्टी छोडेर पुनः फर्किएको पृष्ठभूमिका कारण आफ्नै पार्टी भित्र विश्वास पुनः स्थापित गर्नु उनको प्रमुख चुनौतीका रूपमा देखिन्छ ।

 

अनुकूलता

  • संविधानसभा सदस्यको अनुभव र संसदीय प्रक्रियाको ज्ञान
  • शिक्षक पृष्ठभूमि र स्थानीय तहमा लामो संगठनात्मक अनुभव
  • युवा संघ हुँदै पार्टी नेतृत्वमा पुगेको निरन्तर राजनीतिक यात्रा

प्रतिकूलता

  • पार्टी छाडेर पुनः फर्किएको घटनाले आन्तरिक अविश्वास
  • अघिल्लो निर्वाचनमा उम्मेदवारी फिर्ता गरिनुबाट बनेको मनोवैज्ञानिक असर
  • धादिङ-२ मा बलिया प्रतिस्पर्धी उम्मेदवारसँग कडा भिडन्त
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

धनबहादुर घले को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित