Home Candidate गणेश पौडेल

सहकारीका अध्यक्षलाई संसद् छिर्ने अवसर

रौतहट - ४ उम्मेदवार

गणेश पौडेल

राष्ट्रिय स्वतन्त्र पार्टी
पुरुष , ४३ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

सहकारी क्षेत्रमा सक्रिय पौडेल शिक्षण पेसामा समेत आवद्ध भएर स्थानीय स्तरमा काम गरेका छन् । उनी संकल्प बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् ।

०००

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट क्षेत्र नम्बर ४ मा युवा उम्मेदवार खडा गरेको छ । ११ माघ २०३९ मा जन्मिएका गणेश पौडेल प्रतिनिधिसभा उम्मेदवार बनेका छन् ।

स्नातकोत्तर शैक्षिक योग्यता भएका पौडेल रौतहट चन्द्रपुर नगरपालिका दुर्गा चोकका स्थानीयवासी हुन् । सहकारी क्षेत्रमा सक्रिय पौडेल शिक्षण पेसामा समेत आवद्ध भएर स्थानीय स्तरमा काम गरेका व्यक्ति हुन् । उनी संकल्प बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लागि नयाँ इतिहास रच्ने मौका छ । हेभिवेट र चर्चित उम्मेदवार उठेको क्षेत्रमा अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ रास्वपाले उल्लेख्य छाप छाड्न सकेको थिएन ।

कांग्रेसका देवप्रसाद तिमिल्सिनाले जितेको सो वर्ष घण्टी चुनाव चिह्नबाट राजनारायण साहले १ हजार ८७६ मत मात्र प्राप्त गरेका थिए । तिमिल्सिनाले भने ३४ हजार १६१ मत ल्याएका थिए ।

यस क्षेत्रमा समानुपातिकतर्फ भने रास्वपाको मत ५ हजार ७०७ रहेको थियो । सो वर्षको तुलनामा अहिले रास्वपाले युवा र सक्रिय उम्मेदवार मैदान उतारेको छ । जसले ठूला दललाई चुनौती दिने पक्का छ ।

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • युवा र शिक्षित छवि
  • स्थानीय स्तरमा काम गरेको अनुभव र सामाजिक पहुँच
  • असन्तुष्ट मतदातालाई आकर्षित गर्ने सम्भावना

प्रतिकूलता

  • प्रत्यक्ष तर्फ अघिल्लो निर्वाचनमा कमजोर प्रदर्शन
  • हेभिवेट प्रतिस्पर्धीको दबाब
  • सीमित स्थानीय राजनीतिक नेटवर्क
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

गणेश पौडेल को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित