अनुभवी राजनीतिज्ञ पुनः परीक्षामा
जनता समाजवादी पार्टी (जसपा) नेपालले रौतहट क्षेत्र नं ३ बाट पार्टीका पूर्वकेन्द्रीय उपाध्यक्ष गोविन्द चौधरीलाई उम्मेदवार बनाएको छ । लामो समयदेखि मधेश केन्द्रित राजनीतिमा सक्रिय चौधरी यसपटक पुनः जनमतको परीक्षामा उत्रिएका छन्।
चौधरी पहिलो संविधानसभासमेत गरी दुईपटक सांसद भइसकेका अनुभवी नेता हुन् । उनी एकपटक मन्त्रीसमेत बनेका थिए । संघीय शासन प्रणाली, राज्य पुनर्संरचना र संविधान निर्माणका प्रक्रियासँग प्रत्यक्ष रूपमा जोडिएर काम गरिसकेका कारण उनलाई अनुभवी राजनीतिज्ञका रूपमा लिइन्छ।
दलित, मुस्लिम, अल्पसंख्यक, महिला र युवाका अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएको उनको राजनीतिक इतिहासले मधेशवादी मतदातामाझ उनलाई विश्वसनीय नेता बनाएको देखिन्छ।
रौतहट–३ थारूबहुल क्षेत्र भएकाले चौधरीको उम्मेदवारीले यस क्षेत्रका बलियो उम्मेदवार मानिएका प्रभु साह लगायत प्रतिस्पर्धीलाई चुनौती दिन सक्ने आकलन गरिएको छ। जातीय र पहिचानको राजनीतिमा उनको आधार रहेको मानिन्छ ।
चौधरी लामो समयदेखि मधेश आन्दोलन, संघीयता, समावेशिता र सामाजिक न्यायका मुद्दामा निरन्तर सक्रिय रहँदै आएका छन्। विगतमा उनी तराई मधेश लोकतान्त्रिक पार्टीमा रहेर राजनीति गर्दै आएका थिए, जुन पार्टीपछि जसपा नेपालसँग एकीकरण भएको हो । दलित, मुस्लिम, अल्पसंख्यक, महिला र युवाका अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएको उनको राजनीतिक इतिहासले मधेशवादी मतदातामाझ उनलाई विश्वसनीय नेता बनाएको देखिन्छ।
अनुकूलता
- दुईपटक सांसद र एकपटक मन्त्री भइसकेको अनुभवी नेतृत्व
- मधेश आन्दोलनसँग गहिरो सम्बन्ध
- थारूबहुल क्षेत्रमा प्रभाव
प्रतिकूलता
- बलिया र युवा प्रतिस्पर्धी
- समान राजनीतिक एजेन्डा भएका उम्मेदवार धेरै हुनु
- पुरानो पुस्ताको छवि
गोविन्द चौधरी को उम्मेदवारि कस्तो लागयो ?





