Home Party उज्यालो नेपाल पार्टी
उज्यालो नेपाल पार्टी
उज्यालो नेपाल पार्टी
स्थापना:२०८२

उज्यालो नेपाल पार्टी

संस्थापक: कुलमान घिसिङ, अनुपकुमार उपाध्याय
Party Profile Leadership History & timeline Electoral Performance Candidates
Party Profile Leadership History & timeline Electoral Performance Candidates

जेनजी आन्दोलनपछि नयाँ राजनीतिक दलहरूको खोल्ने लहरकाबीच उज्यालो नेपाल पार्टी गठन भएको  हो । लोडसेडिङ हटाउनका लागि कुलमान घिसिङले विद्युत प्राधिकरणमा खेलेको व्यवस्थापकीय भूमिकाको छविको जगमा यो पार्टी निर्माण भएको हो । घिसिङको छवि र युवा पुस्ताको समर्थनलाई यो पार्टीले आफ्नो मुख्य आधार बनाएको छ।

सुरुवातमा पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष बनाएर यो पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको थियो। कुलमान घिसिङ तत्कालीन समयमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री पदमा रहेकाले सुरुमा नेतृत्व गरेनन् ।

पार्टी चुनावमा जाने भएपछि उनले मन्त्रीबाट राजीनामा दिएर अध्यक्ष पद सम्हालेका हुन् । यो पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरी चुनावमा सँगै जाने सुरुमा प्रतिबद्धता गरेको थियो । तर यो एकता १२ दिन पनि टिकेन । वैचारिक र पदीय मतभेदका कारण एकता भंग भएको थियो ।

यो पार्टीले पार्टीले विशेष गरी सुशासन, विकास र युवा सहभागितालाई जोड दिएको छ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था हुनुपर्ने एजेण्डा अघि सारेको छ ।

संघीयता र पहिचानलाई यसले मजबुत बनाउनुपर्ने अडान राख्दै आएको छ । सुशासन, भ्रष्टाचार निवारण, पारदर्शी प्रशासन र क्षमताका आधारमा नियुक्ति दिनुपर्ने यो पार्टीको धारणा छ । समाजवाद उन्मुख अर्थतन्त्र, जसमा उत्पादन र स्वदेशी स्रोतको अधिकतम प्रयोग गर्नुपर्ने पार्टीको धारणा छ ।

नयाँ पार्टी भएकाले यो दलको संगठन मजबुत बनिसकेको छैन  । पुराना र स्थापित दलहरूसँग प्रतिस्पर्धा गर्न देशभर संगठन बलियो बनाउनु यसको मुख्य चुनौती छ । नयाँ वैकल्पिक शक्तिहरूबीचको ध्रुवीकरण र एकता प्रयासहरूमा देखिएको अस्थिरताले यो पार्टीप्रति केही प्रश्न पनि गरेका छन् । यी प्रश्नहरूलाई चिर्दै उज्यालो नेपाल पार्टी चुनावी अभियानमा छ ।

उज्यालो नेपालका मुख्य राजनीतिक  मान्यता यसप्रकार छन् : 

  • नयाँ युगको प्रारम्भ गर्ने संकल्प र योजना सहित जन्मिएको उज्यालो नेपाल पार्टीले दलको पहिचान अनुरूपको व्यवहार प्रदर्शन गरी परिणाममुखी राजनीतिक अभ्यास गर्नेछ।
  • नेपालको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र नागरिक सर्वोच्चता उज्यालो नेपाल पार्टीको मूल राजनीतिक आदर्श हो।
  • उज्यालो नेपाल पार्टीले नेपाली समाजको बहुलतालाई सम्मान, संरक्षण र सम्वर्द्धन गर्दै, सामाजिक न्यायमा आधारित सहभागितामूलक, समावेशी र लोककल्याणकारी राज्य प्रणालीमार्फत जनताको सामूहिक हितको रक्षा गर्ने विश्वास राख्दछ ।
  • नागरिक स्वतन्त्रता, विधिको शासन, आवधिक निर्वाचन, बालिग मताधिकार, स्वतन्त्र न्यायपालिका, मानव अधिकार र प्रेस स्वतन्त्रता जस्ता लोकतन्त्रका आधारभूत मूल्य मान्यताहरू स्वीकार गरी, उत्कृष्टता, पारदर्शिता र जवाफदेहीतामा आधारित प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्नेछ।
  • परिणाममुखी सक्रियता, अनुशासित व्यवहार र पारदर्शी जीवनशैलीमार्फत पार्टीले नेपाली समाजमा असल राजनीतिक संस्कारको अभ्यास गरी राष्ट्रिय जीवनमा विश्वसनीय एवं उज्यालो मूल्यप्रणाली स्थापित गर्नेछ।
  • उज्यालो नेपाल पार्टी र उत्कृष्टता पर्यायवाची हुनेछन् र योग्य तथा उपयुक्त व्यक्तिलाई सही भूमिकामा स्थापित गरिनेछ।
  • नेपालको संविधानको मूल व्यवस्थालाई आत्मसात गर्दै, लोककल्याणकारी राज्य र उदारवादी अर्थव्यवस्थामा आधारित आफ्नो राजनीतिक र आर्थिक मार्गदर्शन कायम राख्नेछ।
  • राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धन गर्दै, सुशासन र सामाजिक न्यायको आधारमा प्रत्येक नागरिकको जीवनलाई समृद्ध बनाउनु पार्टीको प्राथमिक लक्ष्य हुनेछ।
  • परराष्ट्र नीति तथा अन्तरराष्ट्रिय सम्बन्ध : नेपालले आफ्नो सार्वभौमता, भौगोलिक अखण्डता र राजनीतिक स्वायत्तता सुनिश्चित गर्दै छिमेकी देशहरूसँग संवेदनशीलता र विश्वासको आधारमा सम्बन्ध मजबुत बनाउनेछ। साथै, विश्वका सबै मित्र राष्ट्रसँग साझा हितका क्षेत्रमा सहकार्य गर्दै, निर्माणाधीन नयाँ विश्व व्यवस्थालाई राष्ट्रिय सुरक्षा र आर्थिक विकासको लागि अनुकूल बनाइनेछ।
  • गैरआवासीय नेपालीका सम्बन्धमा : गैरआवासीय नेपालीलाई नेपालमा फर्किन र नेपालमा लगानी गर्न प्रोत्साहित गरिनेछ । एक पटकको नेपाली सधैंको नेपाली भन्ने अवधारणालाई आत्मसात गरिनेछ ।
  • राज्य सञ्चालन : राज्य सञ्चालनमा शक्तिपृथकीकरण र शक्ति सन्तुलनको वास्तविक अभ्यास गरिनेछ । उत्कृष्टताको आधारमा राजकीय जिम्मेवारी प्राप्त गर्ने प्रणाली स्थापना गरिनेछ ।

 

Expand Reading..
Current Seats (HoR)

Electoral Base

Votes secured in 2022 Election

Govt. Participation

Total years in leadership or coalitionn

पार्टी विवरण

Name
उज्यालो नेपाल पार्टी (उनेपा)
Established
२०८२
Ideology
समावेशी लोकतन्त्र, संघीयता
Symbol
चिम
Headquaters
त्रिपुरेश्वर, काठमाडौं
Founders
कुलमान घिसिङ, अनुपकुमार उपाध्याय
Vice President
General Secretary
Joint General Secretary

नेतृत्व इतिहास

राजनीतिक टाइमलाइन

२०८२ मंसिर ५
पार्टी दर्ता
कुलमान घिसिङ मन्त्री रहेका कारण पूर्वउर्जा सचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा पार्टी गठन
२०८२ पुस १४
रास्वपासँग एकता
वैकल्पिक राजनीतिक शक्तिहरू एक ठाउँमा उभिने भन्दै रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङको एकता
२०८२ पुस २६
रास्वपासँग एकता भंग, कुलमान अध्यक्ष
वैचारिक र संगठनात्मक शक्ति सन्तुलनमा असहमति भएपछि १२ दिनमै एकता भंग ।

Election Performance Over the years

प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु

S.N. उम्मेदवार क्षेत्र  
1. बारा - १ ६७७ ३९,९९८
2. नुवाकोट - १ २,०६३ २२,६०९
3. महोत्तरी - ४ १७२ ३०,१३२
4. धादिङ - २ ८८६ २६,१४५
5. उदयपुर - १ ५६४ ३०,५९०
6. रूपन्देही - १ १७६ ५४,८४५
7. रौतहट - १ ५८ २८,९४६
8. गुल्मी - २ १२३ १६,९६७
9. जाजरकोट - १ ६७ २०,१४२
10. ओखलढुंगा - १ ९६५ १३,९५३