Home Candidate गुलावजंग शाह

संघमा पहिलो जितको खोजीमा गुलावजंग

सल्यान - १ उम्मेदवार

गुलावजंग शाह

नेकपा एमाले
पुरुष , ६० बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

६० वर्षीय गुलावजंग शाह नेकपा एमालेको तर्फबाट सल्यानमा प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फका उम्मेदवार छन् । एमाले कर्णाली प्रदेश कमिटी अध्यक्षसमेत रहेका शाह चौथोपटक संसदीय चुनावमा होमिएका हुन् ।

२०७० सालको संविधान सभा निर्वाचनमा उम्मेदवार रहेका गुलावजंग पराजित छ । संघीयता कार्यान्वयन पछि २०७४ को निर्वाचनमा एमालेले उनलाई कर्णाली प्रदेश अन्तर्गतको सल्यान प्रदेश सभा निर्वाचन क्षेत्र (१) बाट उम्मेदवार बनायो । यसपटक भने उनले जित निकाले र कर्णाली प्रदेश सभामा एमाले संसदीय दलको मुख्य सचेतक बने । 

त्यसपछि २०७९ को निर्वाचनमा एमालेले गुलावजंगलाई पुन: कर्णाली प्रदेश सभा सदस्यमा उठायो । यसपटक निर्वाचन क्षेत्र फेरिएको थियो । यसपटक उनी सल्यान प्रदेश सभा (२) बाट उम्मेदवार बनेका थिए । तर, जित निकाल्न सकेनन् ।

जेनजी आन्दोलनपछि फेरिएको परिस्थितिमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले तिनै गुलावजंगलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ । उनी यसपटक जित निकाल्दे पहिलोपटक संघीय संसद् पुग्ने अभियानमा छन् ।

शाह २०४१ सालमा अनेरास्ववियू पाचौंबाट राजनीतिमा प्रवेश गरेका नेता हुन् । त्यसपछि युवा संघको केन्द्रीय सचिवालय सदस्य, पार्टीको सल्यान जिल्ला सचिव, अञ्चल कमिटी सदस्य, प्रतिनिधि परिषद् सदस्य हुँदै केन्द्रीय सदस्य बनेका थिए । उनी एमालेको नवौं महाधिवेशनमा राप्ती अञ्चलबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । 

उनी २०८० अगाडिसम्म एमालेको पोलिटब्युरो सदस्य र सल्यान जिल्ला इञ्चार्ज थिए । पोलिटब्युरो सदस्य भएका शाह २०८० असोजमा प्रदेश झरेर एमाले कर्णाली प्रदेश कमिटी अध्यक्षमा निर्वाचित भए । हाल उनी एमाले कर्णाली प्रदेश अध्यक्ष छन् । 

विद्यार्थी आन्दोलनपछि उनले सल्यान जिल्लामा पार्टी संगठन विस्तारमा सक्रिय भूमिका निभाएका थिए । जिल्लास्तरको नेतृत्व र संगठनात्मक योगदानका कारण उनी क्रमश: नेकपा एमाले केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यसम्म बनेका नेता हुन् ।

अनुकूलता :

विद्यार्थी आन्दोलनबाट राजनीतिमा संलग्न भएका नेता हुन् । प्रदेश सभा सदस्यका रूपमा संसदीय राजनीतिको पनि अनुभव हासिल गरेका छन् । जिल्ला पार्टीमा संगठनात्मक योगदान र जनसम्पर्क बलियो देखिन्छ ।

प्रतिकूलता :

एकै व्यक्तिले पटक–पटक अवसर लिएको लगायतका प्रश्नको बारम्बार जवाफ दिइरहनुपरेको छ । नयाँ पुस्ताको आन्दोलनलाई हेर्ने दृष्टिकोणमाथि पनि प्रश्न छ ।

व्यक्तिगत विवरण

नाम : गुलावजंग शाह

उमेर : ६० वर्ष

जन्मस्थान : सल्यान

स्थायी ठेगाना : वनगाड कुपिण्डे नगरपालिका संग्रही, सल्यान

संसदीय अनुभव:

२०७० : संविधान सभा सदस्यको उम्मेदवार

२०७४ : सल्यान प्रदेश सभा (१) बाट निर्वाचित

२०७९ : सल्यान प्रदेश सभा (२) बाट उम्मेदवार

२०८२ : प्रतिनिधिसभा सदस्य उम्मेदवार

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

गुलावजंग शाह को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित