Home Candidate नरेश भण्‍डारी

पार्टीकै विरासत फर्काउने प्रयासमा नरेश

जुम्ला - १ उम्मेदवार

नरेश भण्‍डारी

नेपाली कम्युनिस्ट पार्टी
पुरुष , ४७ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

२०३५ सालमा जुम्लाको गुठिचौर गाउँपालिका वडा नम्बर₋५, कुम्डि गाउँमा जन्मिएका नरेश भण्डारी संविधानसभा सदस्य हुन् । उनी २०६४ सालको पहिलो संविधानसभा सदस्यमा विजयी भएका थिए । त्यति बेला उनी जम्मा २९ वर्षका थिए ।

सोही कार्यकालमा उनले कर्णालीको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै २०६८ सालमा संविधानसभामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको गैरसरकारी विधेयक संविधान सभामा दर्ता गराएका थिए । यसकारण उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको जन्मदाता भनेर प्रचार हुने गर्दछ ।

२०७४ सालमा कर्णाली प्रदेशको मुख्यमन्त्रीको रूपमा अघि सारेर नेकपा माओवादी केन्द्रले उनलाई प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएको थियो । उनले चुनाव पनि जिते, तर मुख्यमन्त्री भने बन्न पाएनन् ।

बरु, माओवादीकै अर्का नेता महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीमा बाजी मारे । भण्डारी शाहीको क्याबिनेटमा अटाए । आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी लिए ।

भण्डारीकै पहलमा जुम्लामा पातारासीको चुकेनीखोलाबाट ९९८ किलोवाटको विद्युत उत्पादन भएको छ । उनको पहलमा अगाडि बढेको आठ हजार धाराको धौलीगाड योजना पनि कार्यान्वयनमा छ ।

सिजा बहुमुखी क्याम्पसको स्थापना, कर्णाली प्राविधिक शिक्षालयको स्तरोन्नति लगायतका कार्यमा समेत उनले भूमिका खेलेका थिए ।

हाल, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रहेका भण्डारीलाई पार्टीले २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । विगतमा गरेका काम र आगामी दिनका मार्गचित्रका आधारमा आफूले चुनाव जित्ने उनको दाबी छ ।

‘सिञ्जाको भाषा, सभ्यताको अध्ययन तथा सांस्कृतिक राजधानीको रूपमा विकास गर्न बनाइएको विधेयक यसअघि नै अगाडि बढाउने गरी संघीय सरकारले स्वीकृत गरिसकेको छ,’ उनी भन्छन्, ‘प्रतिनिधिसभा सदस्य भएर यसलाई थप अगाडि बढाउने छु ।’

सिञ्जा सभ्यता विकास विधेयक अगाडि बढाएर संसारलाई पुन: चिनाउने, तिला गाउँपालिकामा सर्भे सुरु भई काम भइरहेको ७२ मेघाबाटको जलविद्युतको काम पूरा गर्ने, नाग्म–गमगडी सडक, जुम्ला केन्द्र बनाउने आयोजना, बृहत् कृषि सिँचाइ आयोजनासहितका विभिन्न अधुरा काम अगाडि बढाउने लगायतका योजना लिएर चुनावी मैदानमा उत्रिएका छन् ।

राज्यलाई सधैं सानोतिनो बजेट माग गर्नुभन्दा नीति र कानुन बनाएर बजेटको निरन्तर सुनिश्चितता गर्ने कामको प्राथमिकता दिनुपर्ने उनको मत छ । भूगोल, जनसंख्या, मानवसूचांक र पूर्वाधार विकासको आधारमा कानुनी व्यवस्थागरी बजेट विनियोजन गर्नुपर्नेमा उनको जोड छ ।

नेपाली भाषाको उद्गमस्थल जुम्ला भएकाले यस क्षेत्रलाई सांस्कृतिक राजधानीको रूपमा विकास गर्न पहल गर्ने पनि उनको प्रतिवद्धता छ । यिनै प्रतिवद्धतासहित उनी २०६४ सालमा झै निर्वाचन जित्नेगरी चुनावी मैदानमा होमिएका छन् ।

अनुकूलता :

संविधान सभा सदस्य, प्रदेश सभा सदस्यको अनुभव छ । जुम्लालाई तत्कालीन माओवादीको गढको रूपमा लिइन्छ । उनी माओवादीका प्रभावशाली नेतामा पर्छन् । यसअघि जनप्रतिनिधि हुँदा स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललगायत, दीर्घकालीन महत्वका अन्य विकास परियोजनाहरू सञ्चालनमा खेलेको भूमिका उनका सवल पक्ष छन् । स्थानीयस्तरमा परिचत नेता हुनुको लाभ पनि देखिन्छ ।

प्रतिकूलता :

विगतमा एउटै पार्टीमा काम गरेका साथी विभाजित भई अर्कै पार्टीबाट उम्मेदवार बन्नु, नयाँ शक्तिहरूको लहर तथा यसअघि राप्रपाबाट ठूलो मतान्तरले विजयी भएका ज्ञानेन्द्रबहादुर शाही पुन: उम्मेदवार रहनु उनका लागि चुनौतीपूर्ण देखिन्छ ।

व्यक्तिगत विवरण

नाम: नरेश भण्डारी

जन्म : वि.सं २०३५ साल,

जन्मस्थान : जुम्ला

स्थायी ठेगाना : गुठिचौर गाउँपालिका वडा नम्बर₋५, कुम्डी गाउँ, जुम्ला

संसदीय अनुभव:

२०६४ : संविधान सभा सदस्य निर्वाचित

२०७४ : प्रदेश सभा सदस्य निर्वाचित

२०८२ : प्रतिनिधिसभा सदस्य उम्मेदवार

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

नरेश भण्‍डारी को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित