विद्यार्थी आन्दोलनबाट संसद् यात्राको प्रयास
इन्द्र भुसाल नेपाली कम्युनिस्ट पार्टीका युवा नेता हुन्। उनले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन-४ बाट उम्मेदवारी दर्ता गराएका छन्।
लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेका भुसालले त्रिभुवन विश्वविद्यालयअन्तर्गत पशुपति क्याम्पसबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । उनी काठमाडौं–४ क्षेत्रमा समाजसेवी नेताका रूपमा परिचित छन्, यद्यपि उनको स्थायी ठेगाना शंखुवासभा चैनपुर नगरपालिका हो।
उच्च शिक्षा अध्ययनका लागि २०७५ सालमा काठमाडौं आएका भुसाल २०७८ मा पशुपति क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सहसचिव र २०७९ मा उपसभापति निर्वाचित भएका थिए।
उपत्यकाका विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा थालेका भुसाल अखिल (क्रान्तिकारी) को केन्द्रीय सदस्य, सचिव तथा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।
पछिल्लो समय उनी नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रदेश उपाध्यक्षका रूपमा सक्रिय छन् । उम्मेदवारी दर्ता गरेपछि उनले आफू जनताको सेवक बन्न चुनावी मैदानमा उत्रिएको बताएका छन्।
'सम्बन्धित निकायसँग समन्वय गरेर यहाँका जनताका आधारभूत समस्याको समाधान गर्नु मेरो पहिलो प्राथमिकता हो,' उनले भने।
जनताका दैनिक समस्या नै आफ्नो मुख्य एजेन्डा भएको भुसालको भनाइ छ। 'जनताका मुख्य समस्या नै मेरो एजेन्डा हुन्। यस क्षेत्रमा खोलाको दुर्गन्धको समस्या छ, त्यसलाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्छ,' उनले बताए।
राजनीतिसँगै भुसाल भूकम्प, कोभिड–१९ महामारी तथा बाढी–पहिरो जस्ता विपद्का बेला काठमाडौंसहित देशका विभिन्न स्थानमा राहत र समाजसेवामा निरन्तर सक्रिय रहँदै आएका छन्।
विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा थालेका भुसालले अखिल (क्रान्तिकारी) को केन्द्रीय सदस्य, सचिव तथा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। पछिल्लो समय उनी नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रदेश उपाध्यक्षका रूपमा सक्रिय छन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–४ बाट नेपाली कांग्रेसका गगन थापाले २१,३१२ मत प्राप्त गरी विजय हासिल गरेका थिए भने नेकपा (एमाले) का डा. राजन भट्टराईले १३,४५५ मतसहित दोस्रो स्थान हासिल गरेका थिए।
यसपटक सोही क्षेत्रमा नेपाली कांग्रेसबाट सचिन तिमल्सेना, नेकपा (एमाले) बाट डा. राजन भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बमलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।
काठमाडौं–४ मा यसपटक २४ जना उम्मेदवार चुनावी मैदानमा छन्। यस क्षेत्रमा कूल ७८ हजार १४१ मतदाता रहेका छन्।
अनुकूलता
- विद्यार्थी आन्दोलनको राजनीतिक अनुभव
- स्थानीय समस्यामा केन्द्रित एजेन्डा
- विपद् र समाजसेवामा सक्रिय भूमिका
प्रतिकूलता
- स्थानीय स्थायी बसोबासको प्रश्न
- प्रमुख दलका बलिया उम्मेदवारसँग प्रतिस्पर्धा
- संसदीय र प्रशासनिक अनुभवको अभाव
इन्द्र कुमार भुसाल को उम्मेदवारि कस्तो लागयो ?


