मत बढाउने चुनौती
२०७९ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चितवन–३ मा जित्दा क्षेत्र नम्बर २ मा एक हजार पाँच सय मत पनि ल्याउन सकेन । यो क्षेत्रमा राप्रपाले जगदिश्वर अधिकारीलाई उम्मेदवार बनाएको छ । हिन्दू राष्ट्र कायम हुनुपर्ने मागसहित चुनावी मैदानमा होमिएका अधिकारी २०२५ सालमा चितवनको भरतपुर–११, भोजाडमा जन्मिएका हुन् ।
अधिकारी राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन चितवनमा आवद्ध भएर विद्यार्थी राजनीति सुरु गरेका थिए । उनले स्नातक तहसम्मको अध्ययन गरेका छन् । उनी सो संगठनको संस्थापक जिल्ला अध्यक्ष हुन् ।
२०५१ सालमा भरतपुरको वीरेन्द्र क्याम्पसको स्ववियु सभापतिमा लडेका अधिकारी २०६३ सालमा राप्रपा भरतपुर–११ को वडाध्यक्ष बने । राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनको केन्द्रीय उपाध्यक्ष रहेका उनी राप्रपाको क्षेत्रीय अध्यक्ष हुन् ।
यो क्षेत्रमा उनले रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसकी मीना खरेल, नेकपा एमालेका अस्मिन घिमिरे, नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङ लगायतसँग प्रतिस्पर्धा गर्दैछन् ।
जगदिश्वर अधिकारी को उम्मेदवारि कस्तो लागयो ?



