क्याम्पस हाँकेका कृपासिन्धुको सांसद बन्ने धोको
बौद्धिक एवं प्रभावशाली छविका चौधरीले गोरखपुर विश्वविद्यालयबाट पीएचडी गरे, चौधरी राष्ट्रिय योजना आयोगका सदस्य बने । अहिले जसपा नेपालका उम्मेदवार बनेका छन् ।
०००
पर्सा जिराभवानी गाउँपालिका जीतपुरका स्थायी बासिन्दा कृपासिन्धु प्रसाद चौधरीलाई जसपा नेपालले पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।
५८ वर्षीय चौधरीले भारत यूपीमा रहेको गोरखपुर विश्वविद्यालयबाट पीएचडी गरेका छन् । चौधरी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन् । सहप्राध्यापक समेत रहेका चौधरी वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख हुन् ।
बौद्धिक एवं प्रभावशाली छविका चौधरीले नेपाली कांग्रेसमा रहेरसमेत राजनीति गरे । तर कांग्रेस भित्र असन्तुष्टि चुलिएपछि केही महिनाअघि मात्रै उनी जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरे । जसपा नेपाल प्रवेश गरेसँगै उनलाई पार्टीले पर्सा-४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।
बौद्धिक एवं प्रभावशाली छवि भएका चौधरी यस क्षेत्रमा मात्रै होइन मधेशमै राम्रो सामाजिक व्यक्तित्वको रूपमा परिचित छन् ।
कृपासिन्धु उम्मेदवार रहेको यस क्षेत्रमा निकै पुराना राजनीतिक हस्तीहरू चुनावी मैदानमा छन् । नेपाली कांग्रेसबाट आठौं पटक संसदीय चुनावी मैदानमा रमेश रिजाल छन् भने दोस्रो पटक नेकपा एमालेबाट जालिम मियाँ मन्सुरी छन् ।
यो क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जयप्रकाश थारूलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने युवा नेता टेकबहादुर शाक्यलाई अघि सारेको छ ।
यसैगरी यो क्षेत्रमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट विष्णु लोप्चन चुनावी मैदानमा छन् ।
अनुकूलता
- बौद्धिक र प्रशासकीय छवि
- मधेशमा राम्रो सामाजिक पहिचान
- नयाँ दलबाट नयाँ सन्देश
प्रतिकूलता
- दल परिवर्तनप्रतिको अविश्वास
- बलिया र पुराना प्रतिस्पर्धी
- जसपाको संगठनात्मक कमजोरी
कृपासिन्धु प्रसाद को उम्मेदवारि कस्तो लागयो ?



