Home Candidate कुमार लुइँटेल

एमाले कलहको लाभ उठाउने मौका

ओखलढुंगा - १ उम्मेदवार

कुमार लुइँटेल

नेपाली कांग्रेस
पुरुष , ५२ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

नेपाली कांग्रेसको बलियो इतिहास बोकेको ओखलढुंगाले यसपटक नयाँ अनुहारलाई अगाडि सारेको छ । ठूला राजनीतिक परिवर्तनहरूका योद्धा बलबहादुर राई र उनको लिगेसी सहित ओखलढुंगाबाट चुनाव लड्दै आएका रामहरि खतिवडा यसपटक उम्मेदवार छैनन् । उनको साटो नेतृत्व फेरिएको कांग्रेसले ओखलढुंगाबाट कुमार लुइँटेललाई उम्मेदवार बनाएको छ ।

२०३० साल असोजमा ओखलढुंगाको बलखुमा जन्मिएका कुमार विद्यार्थी संघबाट राजनीतिमा आएका नेता हुन् । २०४५ सालमा पद्मोदय हाइस्कूल नेवि संघको इकाइ समिति सचिवबाट उनको राजनीति सुरु भएको थियो।

विज्ञान तथा द्वन्द्व शान्ति र विकास अध्ययनमा स्नातकोत्तर लुइँटेल २०४७ देखि २०५१ सालसम्म नेविसंघको इकाइ सदस्य र उपसभापति रहे । केन्द्रीय समिति अन्तर्गत विभिन्न उपसमितिमा काम गरेका उनी २०५३ सालमा नेविसंघ ओखलढुंगाको कोषाध्यक्ष र २०६३ मा केन्द्रीय सदस्य भए । दोस्रो जनआन्दोलनमा उनको महत्त्वपूर्ण भूमिका छ ।

जनआन्दोलन परिचालन समितिको जिल्लाको सचिव भएर काम गरेका उनी २०६४ सालमा कांग्रेस ओखलढुंगाको जिल्ला सदस्य र २०६५ मा सहसचिव भए । उनी केन्द्रीय सभापति गगन थापा निकट हुन् । २०६८ यता निरन्तर महाधिवेशन प्रनितिधि र महासमिति सदस्य छन् ।

गगन थापा स्वास्थ्यमन्त्री हुँदा सल्लाहकार रहेका उनी पहिलो पटक संसदीय निर्वाचन लड्दैछन् । अरू दलका उम्मेदवार भन्दा उनी अध्ययन र पार्टी राजनीतिका हिसाबले अनुभवी मानिन्छन् ।

गगन थापाको निकट भएकै कारण रामहरि खतिवडालाई पछि पार्दै टिकट हात पारेका उनी नेकपाका अम्बिरबाबु गुरुङ, एमालेकी अस्मिता थापा र रास्वपाका विश्वराज पोखरेलसँग प्रतिस्पर्धा गरेर जित निकाल्ने दाउमा छन् ।

प्रमुख प्रतिस्पर्धी दल एमालेका पदाधिकारीहरू नेकपामा गएपछि एमालेका उम्मेदवार थापासँग उनलाई प्रतिस्पर्धा केही सहज हुने अनुमान गरिएको छ ।

उनको प्रतिकूलता भनेको पार्टीभित्रै एकता कायम गर्न सक्नु हो। किनकि खतिवडा ओखलढुंगामा बलियो प्रभाव राख्ने नेता हुन् र यसपटक उनले टिकट पाएनन् ।

अनुकूलता 

  • नेविसंघदेखि कांग्रेसको विभिन्न तहमा काम गरेको अनुभव ।
  • पार्टी सभापति गगन थापा निकट भएकाले पार्टीको सहयोग र पहुँच पाउने सम्भावना ।
  • एमालेका धेरै पदाधिकारी नेकपामा गएपछि एमाले उम्मेदवारसँग प्रतिस्पर्धा तुलनात्मक रूपमा सहज हुने अनुमान ।

प्रतिकूलता

  • पहिलो पटक संसदीय निर्वाचन लड्दै गर्नु । उनीसँग प्रत्यक्ष निर्वाचनमा प्रतिश्पर्धा गरेको अनुभव छैन ।
  • प्रभावशाली नेता रामहरि खतिवडाले टिकट नपाएकाले कांग्रेसभित्र असन्तुष्टि रहन सक्ने सम्भावना छ।
  • नेकपा, एमाले र रास्वपाजस्ता दलका उम्मेदवारहरूसँग कडा प्रतिस्पर्धा गर्नु पर्ने अवस्था छ ।
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

कुमार लुइँटेल को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित