प्रदेशसभाको अनुभव बोकेर संघीय संसद्तर्फको यात्रा
४६ वर्षीय कुशवाह अहिले एमालेबाट रौतहट–३ मा उम्मेदवार छन् । रौतहटको कटहरिया नगरपालिका–टोलापुरका स्थायी बासिन्दा कुशवाह एसएलसीसम्म अध्ययन गरेका नेता हुन्।
०००
तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य निर्वाचित कुन्दनप्रसाद कुशवाहको राजनीतिक यात्रा स्थिर छैन । माओवादी छाडेर प्रभु साह नेतृत्वको आम जनता पार्टीमा पुगेका उनी त्यहाँ उपमहासचिवसमेत बने। तर त्यो पार्टी पनि छाड्दै उनी पुनः नेकपा एमाले प्रवेश गरे ।
४६ वर्षीय कुशवाह अहिले एमालेबाट रौतहट–३ मा उम्मेदवार छन् । रौतहटको कटहरिया नगरपालिका–टोलापुरका स्थायी बासिन्दा कुशवाह एसएलसीसम्म अध्ययन गरेका नेता हुन्। यसपटक एमालेको टिकट पाएपछि उनी संसदीय चुनावमा होमिएका छन् ।
उनको राजनीतिक विगत उतारचढावपूर्ण रहँदै आएको छ। तत्कालीन माओवादीबाट प्रदेशसभा सदस्य निर्वाचित उनी पार्टी परिवर्तन गर्दै आम जनता पार्टी पुगेका थिए। त्यहाँ उपमहासचिवको जिम्मेवारी सम्हालेका कुशवाहपछि पुनः एमाले फर्किएका हुन्।
गत निर्वाचनमा उनी रौतहट–३ (ख) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका थिए। उक्त चुनावमा उनी दोस्रो स्थानमा सीमित भए । कांग्रेसका सुनिलकुमार यादव विजयी भए। प्रभु साहको पार्टी छाडेर एमाले फर्किएका कुशवाहलाई एमालेले यसपटक प्रतिनिधिसभाको टिकट दिएको हो। हाल उनी नेकपा एमालेका केन्द्रीय सदस्यसमेत छन्।
अनुकूलता
- लामो समयदेखि राजनीतिक तथा सामाजिक गतिविधिमा संलग्न
- प्रदेशसभा सदस्यदेखि विभिन्न दलमा जिम्मेवारी सम्हालेको अनुभव
- एमालेको संगठनात्मक साथ
प्रतिकूलता
- बारम्बार पार्टी परिवर्तन
- अघिल्लो चुनावी हार
- मतदातामा विश्वासको चुनौती
कुन्दन प्रसाद कुशवाहा को उम्मेदवारि कस्तो लागयो ?


