मधेश आन्दोलनका घाइते प्रतिनिधिसभाको यात्रामा
आन्दोलनको त्याग र आफ्नो उच्च शैक्षिक तथा प्राविधिक योग्यतालाई राष्ट्र निर्माणमा जोड्न चाहेको यादवले बताएका छन् ।
०००
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट महोत्तरी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार हुन् लक्ष्मणकुमार यादव ।
२०३८ साल भदौ १० गते महोत्तरी जिल्लामा जन्मिएका यादव हाल महोत्तरीकै भँगाहा नगरपालिका, संग्रामपुरका स्थायी बासिन्दा हुन् ।
यादवले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् । उनको प्राविधिक र प्रशासनिक अनुभव पनि निकै विस्तृत छ ।
उनले सिभिल इन्जिनियरिङ क्षेत्रका विभिन्न निर्माण कार्यहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । विशेषगरी पुलको लोड परीक्षण, पाइल लोड परीक्षण जस्ता जटिल प्राविधिक कार्यहरूमा उनको अनुभव रहेको छ ।
यसका साथै उनले समाजशास्त्र कार्यालयसँग सम्बन्धित निर्माण कार्य र सिभिल ल्याब परीक्षणमा समेत आफ्नो दक्षता प्रदर्शन गरिसकेका छन् ।
यादव २०६५ सालको मधेश आन्दोलनमा घाइते भएका थिए । आन्दोलनको त्यो त्याग र आफ्नो उच्च शैक्षिक तथा प्राविधिक योग्यतालाई अब राष्ट्र निर्माणमा जोड्न चाहेको उनले बताएका छन् ।
उनी प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भएर आफ्नो निर्वाचन क्षेत्र महोत्तरी-२ को चौतर्फी विकासका साथै समग्र देशको समुन्नतिका लागि क्षमता र अनुभव प्रयोग गर्ने दृढ संकल्पका साथ चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।
अनुकूलता
- उच्च शैक्षिक तथा प्राविधिक क्षमता
- स्थानीयता र जनसम्बन्ध
- राजनीतिक त्याग र आन्दोलनको इतिहास
प्रतिकूलता
- प्राविधिक पृष्ठभूमि र राजनीतिक अनुभवको सन्तुलन
- कडा राजनीतिक प्रतिस्पर्धा
- अपेक्षा व्यवस्थापनको दबाब
लक्ष्मणकुमार यादव को उम्मेदवारि कस्तो लागयो ?


