Home Candidate मीन बहादुर कुँवर

भूमिगत संघर्षबाट पहिलोपटक चुनावी मैदानमा

बझाङ - १ उम्मेदवार

मीन बहादुर कुँवर

नेपाली कम्युनिस्ट पार्टी
पुरुष , ४७ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

मीनबहादुर कुँवर पार्टीपंक्तिमा ‘विश्वास’ उपनामले परिचित छन् । उनी नेपाली वाम राजनीतिमा लामो समयदेखि क्रियाशील र संघर्षबाट खारिएका नेताको रुपमा पनि चिनिन्छन् ।

२०३४ साल चैत २६ गते जन्मिएका कुँवरको राजनीतिक यात्रा विद्यार्थी जीवनमै सुरु भएको हो । २०४८ सालमा अनेरास्ववियुको साधारण सदस्यका रूपमा राजनीतिमा प्रवेश गरेका उनी क्रमशः सशस्त्र संघर्ष, संगठन निर्माण र पार्टी नेतृत्वका विभिन्न तह हुँदै अघि बढे ।

२०५६ सालदेखि उनी तत्कालीन नेकपा (माओवादी) का पूर्वकालीन सदस्यका रूपमा सक्रिय भए । माओवादीको प्रवास संगठनमा रहेर काम गरेका कुँवर २०६१ सालमा माओवादी जनमुक्ति सेनाको कम्पनी कमाण्डर बने ।

बटालियन तहसम्मको नेतृत्व सम्हाल्दै उनले सशस्त्र युद्धमा प्रत्यक्ष सहभागिता जनाए । युद्धकालीन अनुभवले उनलाई केवल संगठनकर्ता मात्र होइन, जोखिम मोलेर निर्णय लिन सक्ने कमाण्डरको रूपमा पनि चिनायो।

शान्ति प्रक्रियापछि उनी पार्टी संगठन निर्माणमा सक्रिय रहे । २०६४ सालमा डडेल्धुरा जिल्ला कमिटीमा रहेर काम गरेका कुँवर २०६६ सालमा सुदूरपश्चिम प्रदेश कमिटीअन्तर्गत योङ कम्युनिष्ट लिग (वाईसीएल) को इन्चार्ज बने । युवालाई संगठनमा जोड्ने र अनुशासित कार्यकर्ताको पंक्ति विस्तार गर्ने जिम्मेवारी उनले यही अवधिमा सम्हाले।

मीनबहादुर कुँवर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला इन्चार्जको जिम्मेवारी सम्हालिरहेका छन्। लामो समय भूमिगत जीवन, संगठन विस्तार र पार्टी काममा बिताएका कुँवर यसपटक भने जनताबाट प्रत्यक्ष अनुमोदन लिने यात्रामा छन् ।

२०७२ सालदेखि सुदूरपश्चिम प्रदेश कमिटी कार्यालय सचिवको रूपमा काम गरेका कुँवर संगठन सञ्चालन र व्यवस्थापनमा खारिँदै गए ।

माओवादी केन्द्र र नेकपा एमाले एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उनी २०७५ सालमा बझाङ जिल्ला संयोजकको जिम्मेवारीमा पुगे । पार्टी विभाजनपछि भने उनी पुनः माओवादी केन्द्रमै फर्किए र पार्टीले उनलाई केन्द्रीय सदस्यमा मनोनित गर्‍यो।

हाल मीनबहादुर कुँवर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला इन्चार्जको जिम्मेवारी सम्हालिरहेका छन्। लामो समय भूमिगत जीवन, संगठन विस्तार र पार्टी काममा बिताएका कुँवर यसपटक भने जनताबाट प्रत्यक्ष अनुमोदन लिने यात्रामा छन् ।
आफ्नो विचारमा स्पष्ट र धारिलो रूपमा प्रस्तुत हुने नेताका रूपमा चिनिने कुँवरका लागि यो निर्वाचन पहिलो संसदीय परीक्षा हो । २०७९ सालको निर्वाचनमा तत्कालीन माओवादी, कांग्रेस र नेकपा एकीकृत समाजवादीबीचको गठबन्धनबाट भानुभक्त जोशी विजयी भएका थिए ।

एमालेका ऐन महर पराजित भएका थिए। यसपटक भने कुँवरको प्रतिस्पर्धा एमालेका ऐन महर र नेपाली कांग्रेसका प्रकाश रसाइली ‘स्नेही’ सँग हुँदैछ।
अनुकूलता
• विद्यार्थी राजनीतिदेखि सशस्त्र संघर्ष र संगठन नेतृत्वसम्मको लामो अनुभव
• भूमिगत जीवन र युद्धकालीन नेतृत्वबाट खारिएका व्यक्ति
• विचारमा स्पष्ट र संगठनभित्र परिचित, भरोसायोग्य नेताको पहिचान

प्रतिकूलता
• संसदीय निर्वाचनमा पहिलो पटक प्रतिस्पर्धा
• एमाले र कांग्रेसका स्थापित उम्मेदवारसँग प्रत्यक्ष भिडन्त
• नयाँ मतदातालाई आकर्षित गर्नुपर्ने चुनौती

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

मीन बहादुर कुँवर को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित